लिटिल स्टार स्कुलका चार विद्यार्थी एमबिबिएसमा नाम निकाल्न सफल, विद्यालयद्वारा सम्मानित

  • कार्तिक २६, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । लिटिल स्टार सेकेन्डरी स्कुल लहानका चार जना विद्यार्थी एमबिबिएस अध्ययनका लागि नाम निकाल्न सफल भएपछि विद्यालयले उनीहरूलाई विशेष सम्मान गरेको छ। विद्यालयका अध्यक्ष पम्मी साह र फाउन्डर प्रिन्सिपल जय प्रकाश चौधरीको उपस्थितिमा आयोजित एक समारोहका बीच विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

सम्‍मानित हुने विद्यार्थीहरूमा रन्जित राम, अविनाश यादव, विवेक यादव र निराजन यादव रहेका छन्। यी विद्यार्थीहरू एमबिबिएस प्रवेश परीक्षामा फुल स्कलरशिपमा उत्कृष्ट नतिजा ल्याएर चिकित्सा शिक्षा अध्ययनको अवसर प्राप्त गर्न सफल भएका हुन्।

Screenshot_20251112_115204_Gallery

कार्यक्रममा बोल्दै फाउन्डर प्रिन्सिपल चौधरीले विद्यार्थीहरूको यो उपलब्धि विद्यालय, शिक्षक, अभिभावक तथा स्वयं विद्यार्थीहरूको मेहनत र समर्पणको परिणाम भएको बताए। उनले विद्यालयले सदैव गुणस्तरीय शिक्षा र विद्यार्थीको उज्ज्वल भविष्यलाई प्राथमिकता दिने पनि उल्लेख गरे।

सम्‍मानित विद्यार्थीहरूले विद्यालयको प्रेरणा, शिक्षकहरूको सहयोग र परिवारको साथका कारण आफूहरू लक्ष्यमा सफल भएको बताएका छन्। कार्यक्रममा शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Screenshot_20251112_114636_Gallery 20251112_104950 1 20251112_104357

  20251112_102632 20251112_104105

इभी हाइस गाडीमा आगजन ...

फिरोज सिद्दिकी लहान । लहान नगरपालिका–२ निवासी ने ...

कम्प्युटर एसोसिएसन न ...

फिरोज सिद्दिकी सिराहा । कम्प्युटर एसोसिएसन नेपाल महासं ...

नेपाल प्रिमियर लिगमा ...

काठमाडौं। देशभरका लाखौँ घरमा इन्टरनेट सेवा पुर्‍याइ ...

नेकपा (एमाले) लाहानद ...

फिरोज सिद्दिकी लहान, सिरहा। नेकपा (एमाले) लहान नगर कमि ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A