कम्प्युटर एसोसिएसन नेपाल महासंघ सिरहाको १६औं वार्षिक साधारण सभा सम्पन्न

  • मंसिर ६, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिराहा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाले आफ्नो १६औं वार्षिक साधारण सभा लहानस्थित होटल सम्राट इनमा सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि एभरेष्ट कलेजका संस्थापक धरनिधर अधिकारी रहेका थिए।

शाखा अध्यक्ष नन्द किशोर गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि धनञ्जय महतो, केन्द्रिय भु.पु. सचिव तथा संस्थापक अध्यक्ष दिपेन्द्र राज सिंघ, मधेश प्रदेश सचिव संजय कुमार ठाकुर, मधेश प्रदेश सदस्य अरुण कुमार महतो, जिल्ला उद्योग वाणिज्य संघका सचिव प्रदिप गुप्ता, शंकर प्रसाद गुप्ता लगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए।

जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन उपाध्यक्ष दिपेन्द्र कुमार महतोले गरेका थिए। कार्यक्रममा सह सचिवले सचिवीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सुनैना कुमारी कुसवाहा महतोले कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गर्नुभयो।

साधारण सभामा वर्षभरको शाखा गतिविधि, परियोजना, तालिम र वित्तीय अवस्थाको विस्तृत विवरण प्रस्तुत गरिएको थियो। सहभागीहरूले आगामी वर्षका लागि नयाँ योजना र कार्यक्रमहरूको प्रस्ताव पनि साझा गरेका थिए।

कार्यक्रमले स्थानीय कम्प्युटर शिक्षा, तालिम, सदस्य सहभागिता र प्रविधि क्षेत्रमा हुने विकासका उपायहरूको समीक्षा गर्न अवसर प्रदान गरेको आयोजकले जानकारी दिएको छ।

CAN3 CAN4 CAN5 CAN6

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A