जीवछ उदासी
लहान,पुस १ गते
सिरहा क्षेत्र नम्बर १ बाट जनता समसवादी पार्टी नेपालले प्रत्यक्षतर्फ सत्य नारायण यादवको एकल नाम सिफारिस गरेको छ ।क्षेत्रीय कमिटिको बैठक लहान १ स्थित गोपाल सेवा समितिमा बसेको बैठकले उहाँको एकल नाम सिफारिस गरेको छ ।
यसैगरी समानुपातिकतर्फ पूर्व बिना विभागीय मन्त्री राजलाल यादव,खडग नारायण चौधरी,जितेन्द्र प्रकाश महतो,भोला प्रसाद चौधरी र ललिता यादवको नाम सिफारिस गरिएको छ ।

प्रत्यक्ष तर्फ सिफारिस हुनु भएको यादव मधेश आन्दोलनको समयमा नेकपा एमाले छाडेर तत्कालिन मधेशी जनअधिकार फोरम,पछि फोरम छाडेर नेकपा एकिकृत समाजवादी र केहि महिना अघि जनता समाजवादी पार्टीमा प्रवेश गर्नु भएको थियो । यसैगरी नेकपा माओवादी केन्द्र छाडेर जसपा नेपाल प्रवेश गर्नु भएको खडग नारायण चौधरीको नाम समानुपातिकमा सिफारिस गरिएको छ ।
यता नेपाली काँग्रेस सिरहा १ बाट पद्म नारायण चौधरी राम सुन्दर चौधरीको नाम सिफारिस गरेको छ । सिरहा १ बाट नेकपा एमालेबाट राम शङकर यादव गङ्गा प्रसाद यादव र मुनि साह मध्ये एकजनाको नाम सिफारिस हुने चर्चा छ । नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व मन्त्री राम चन्द्र यादवको चर्चा छ । जेन्जीहरुको तर्फबाट नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदबारी दिइने चर्चा रहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A