काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक तथा जेनजी अगुवा सुदन गुरुङ गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रने भएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार बनेका हुन्।
गुरुङ भोलि मंगलबार बिहान गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको जनाएको छ। बिहान ९ बजे गोरखकाली मन्दिरमा विशेष पूजा–अर्चना गर्ने र त्यसपछि ११ बजे मनोनयन दर्ता गर्ने तयारी गरिएको छ। विगतदेखि सामाजिक सेवामा सक्रिय गुरुङलाई स्थानीयस्तरमा युवामैत्री नेतृत्वका रूपमा हेरिएको छ। उम्मेदवारी घोषणा संगै गोरखा–१ को चुनावी माहोल थप चहलपहल भएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A