काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्।
केन्द्रीय सदस्य महेन्द्र लावतीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा समर्थकसहित भेला भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जाने कार्यक्रम तय गरेका छन्।
मन्त्री पदबाट राजीनामा दिएका घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रिया भाँडिएपछि आफ्नै दलमार्फत आगामी निर्वाचनमा भाग लिन लागेका हुन्। उज्यालो नेपाल पार्टीले काठमाडौं–३ सहित देशभर उम्मेदवार उठाउने तयारी अघि बढाएको जानकारी पनि पार्टीले दिएको छ।
घिसिङको उम्मेदवारीसँगै पार्टीले मुख्य शहरका निर्वाचन क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीति बनाएको बताइएको छ। आगामी निर्वाचनमा घिसिङले पेश गरेको राजनीतिक अनुभव र नेतृत्व क्षमतालाई केन्द्रित गर्दै मतदातासँग संवाद गर्दै जनसरोकारका विषय उठाउने अपेक्षा गरिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A