बालेन्द्र साह र बब्लु गुप्ता लहानमा सहिद स्मारकमा माल्यार्पण कार्यक्रममा सहभागी

  • माघ ६, २०८२
  • समृद्धिपथ
alt

लहान । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित सोमबार बिहान सिराहाको लहान आएका छन्। उनीहरूले लहान १ तरकारी बजारस्थित मधेश आन्दोलनका सहिद स्मारकमा मधेश आन्दोलनका सहिदहरूको सालिकमा माल्यार्पण गरेका हुन्। उपस्थित शुभचिन्तक र समर्थकले साहको स्वागत गर्दै ‘बालेन’ नारा लगाएका थिए।

२०६३ साल माघ ५ गते लहानबाट सुरु भएको मधेश आन्दोलनमा विद्यार्थी रमेशकुमार महतो, बेचन यादव, विजय सहनी, प्रमोद सदाय र मोहम्मद अनिस अन्सारीले ज्यान उत्सर्ग गरेका थिए। सहादतको १९ वर्षपछि पनि सहिद परिवारप्रति स्थानीय सरकारको पर्याप्त चासो नदेखिएको सहिद परिवारले गुनासो गरेका छन्। बेचन यादवकी पत्नी रामपरी देवी यादवले भन्नुभयो, “सहिद परिवारलाई जीवनयापनका लागि कुनै रोजगारी दिइएको छैन। बालेन साह प्रधानमन्त्री भएपछि केही गर्नुहुनेछ भन्ने आशमा हामी यहाँ आएका छौँ।”

bln

अत्यधिक भीडका कारण साहले सम्बोधन नगरी करिब २० मिनेटपछि जनकपुरतर्फ प्रस्थान गर्नुभयो। पहिलोपटक लहान आएका साहलाई हेर्न बिहानैदेखि सहिद पार्कमा युवा, महिला र विभिन्न उमेर समूहका मानिसहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीय राजनीतिक विश्लेषकहरूले साहको लहान आगमनले मधेश आन्दोलनको स्मृतिलाई सम्मान दिने मात्र नभई आगामी राजनीतिक गतिविधिमा उनको उपस्थितिलाई बल प्रदान गर्ने बताए। सहिद स्मारकमा माल्यार्पण कार्यक्रमले स्थानीयवासीमा राष्ट्रिय स्वतन्त्र पार्टी र साहप्रतिको सकारात्मक प्रभाव बढाएको देखिएको छ।

त्यस्तै, बलिदानी दिवसको अवसरमा मधेश र सङ्घीयताको पक्षधर जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलका शीर्ष नेताहरू पनि लहान पुगेका थिए। सहिद स्मारकमा माल्यार्पण, सहिद परिवारको सम्मान र महत्वपूर्ण घोषणासहितको कार्यक्रमका कारण स्थानीयवासीले यो दिनलाई ‘सहिद दिवस’ भनेर चिन्ने गरेका छन्।

raju

जनता समाजवादी पार्टी नेपालका तर्फबाट मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री राजकुमार गुप्ता र श्रम तथा यातायात मन्त्री मनिष कुमार सुमन सहभागी थिए भने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लहानमा युवा भेला तथा स्वयंसेवक गठन कार्यक्रम संचालन गरेका थिए।

ck raut

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A