लहानका व्यापारीद्वारा मेयरको कार्यशैलीप्रति सार्वजनिक आलोचना

  • माघ १५, २०८२
  • समृद्धिपथ
alt

लहान । लहानका प्रतिष्ठित व्यापारी निरज गुप्ताले लहान नगरपालिकाका मेयरको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मेयर महेश प्रसाद चौधरीले लहानका आम नागरिकका वास्तविक समस्या बुझ्न नसकेको आरोप लगाएका हुन्।

गुप्ताले आफ्नो फेसबुक स्टाटसमा लेख्दै मेयरले गरिरहेका गतिविधि जनहितभन्दा पनि आफ्नो भविष्यको भोटर बैंक लक्षित देखिएको टिप्पणी गरेका छन्। उनले लहान नगरपालिकामा दीर्घकालीन विकाससँग जोडिएका महत्वपूर्ण विषयहरू बेवास्ता गरिएको उल्लेख गरेका छन्।

विशेषगरी टाउन प्लानिङ, गाउँ ब्लक तथा बाल बिटोरी जस्ता आवश्यक कामहरूमा नगर प्रमुखको ध्यान नपुगेको उनको आरोप छ। 'टाउन प्लानिङ गाउँ ब्लक र बाल बिटोरीको काम त केही गरेकै छैन,' भन्दै उनले विकासको प्राथमिकता गलत दिशातर्फ गएको संकेत गरेका छन्।

स्थानीय व्यापारी तथा सर्वसाधारणले लामो समयदेखि उठाउँदै आएका आधारभूत पूर्वाधार, व्यवस्थित शहरी विकास र योजनाबद्ध बसोबासका सवालहरूमा नगर नेतृत्व गम्भीर नदेखिएको भन्दै गुप्ताको टिप्पणीलाई सामाजिक सञ्जालमा धेरैले समर्थन गरेका छन्।

यस विषयमा लहान नगरपालिकाका मेयर वा नगर कार्यपालिकाको आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म आएको छैन। तर स्थानीय तहका जिम्मेवार पदाधिकारीप्रति खुलेआम सामाजिक सञ्जालमार्फत प्रश्न उठ्न थालेपछि लहानको विकास प्राथमिकता र जनप्रतिनिधिको भूमिकाबारे बहस चर्किँदै गएको छ।

सिरहा एमालेभित्र विद ...

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर अ ...

‘नेपाली काँग्रेस नया ...

जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

सहिद पत्नीको माग : प ...

जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A