जीवछ उदासी
लहान, माघ २२ गते
जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा सप्ताहव्यापी रुपमा खेलकुद सुरु भएको छ । खेलकुदको उद्घाटन लहान नगरपालिकामा प्रमुख एवं जेएस मुरारका बहुमुखी क्याम्पस लहानका सञ्चालक समिति अध्यक्ष महेश प्रसाद चौधरीले उदघाटन गर्नुभयो । उहाँले भन्नुभयो,"खेलकुदमा अवल भएर राष्ट्रियको पहिचान बनाउन सकिने भएकोले यसतर्फ पनि यस क्याम्पसले लगानी गरिरहेको छ ।"

दसवटा खेलकुदमा म्युजिकल चेयर,स्लो साइकल रेस,लिङग जम्प,१०० मिटर दौड,चेस,फुटबल,क्रिकेट,कवडी,भलिबल खेल रहेको अतिरिक्त क्रियाकलाप संयोजक राम प्रकाश महतोले बताउनुभयो ।म्युजिकल चेयर खेलको उद्घाटन जेएस माध्यमिक विद्यालयको अध्यक्ष जीवछ उदासीले गर्दै खेलकुदमा लगाएको लगानीले सुनौलो विहानी ल्याउनुपर्ने तर्क गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A