गणेश नेपालीको आत्मदाहपछि उठ्यो राजनीतिक र सामाजिक बहस, संसददेखि सडकसम्म न्यायको माग

  • असार २७, २०८३
  • समृद्धिपथ
alt

काठमाडौं । आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको घटनाले देशभर राजनीतिक, सामाजिक र मनोवैज्ञानिक बहसलाई तीव्र बनाएको छ। संसददेखि सडकसम्म न्यायको माग उठिरहेका बेला सरकारको भूमिकामाथि प्रश्नसमेत उठ्न थालेका छन्।

प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति उद्धृत गर्दै बिहीबार भएको घटनाप्रति सरकारको आधिकारिक धारणा स्पष्ट पार्न माग गरे। उनले विगतमा राज्यका कारण नागरिक आत्मदाह गर्न बाध्य भएको विषयमा प्रधानमन्त्रीले व्यक्त गरेका धारणा स्मरण गराउँदै अहिलेको घटनामा सरकारको जवाफदेहिता कहाँ छ भन्ने प्रश्न उठाए।

यता, काठमाडौंको माइतीघर मण्डलामा गणेश नेपालीको मृत्युको न्यायको माग गर्दै आफन्त, समर्थक तथा विभिन्न अभियानमा आबद्ध नागरिकहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रदर्शन केहीबेर तनावग्रस्त बने पनि पछि अवस्था सामान्य बनेको थियो।

यस घटनालाई नगरप्रहरीसँगको विवादमा मात्र सीमित गरेर हेर्न नहुने मनोचिकित्सकहरूको भनाइ छ। उनीहरूका अनुसार आत्मदाहजस्तो निर्णय प्रायः लामो समयदेखि सञ्चित मानसिक पीडा, निराशा, कुण्ठा, असहायपन र भरोसा गुम्दै गएको अवस्थाको परिणाम हुने गर्दछ।

मानसिक अस्पताल ललितपुरका पूर्वकार्यकारी निर्देशक तथा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीका अनुसार राजनीतिक वा सामाजिक असन्तुष्टि मात्रै आत्महानीको प्रत्यक्ष कारण बन्न सक्दैन। तर, बारम्बारको निराशा, भविष्यप्रतिको आशा समाप्त हुनु र आफूले विश्वास गरेको प्रणालीबाट समेत अपेक्षित परिवर्तन अनुभूति गर्न नसक्दा मानसिक दबाब चरम अवस्थामा पुग्न सक्छ।

जानकारीअनुसार गणेश नेपाली जेनजी आन्दोलनमा सक्रिय सहभागी थिए। आन्दोलनपछि देशमा सकारात्मक परिवर्तन आउने विश्वास राखेका उनी पछिल्ला महिनाहरूमा भने निराश बन्दै गएको बताइन्छ। गाउँको जग्गा धितो राखेर मोटरसाइकल खरिद गरी पठाओ सेवा सञ्चालन गरिरहेका उनी जीविकोपार्जनका क्रममा भोग्नुपरेका कठिनाइ र सरकारी नीतिप्रति असन्तुष्ट रहेको आफन्तहरूको भनाइ छ।

सार्वजनिक भएका केही सन्देशहरूमा उनले काठमाडौं महानगरपालिकाको नगरप्रहरीबाट पटक–पटक दुःख पाएको गुनासो गरेका थिए। आफूले परिवर्तनको आशा राखेर समर्थन गरेको नेतृत्वबाट समेत अपेक्षित व्यवहार नपाएको अनुभूतिले उनको मानसिक अवस्था झन् कमजोर बनेको हुनसक्ने मनोविद्हरूको विश्लेषण छ।

गणेश नेपालीको मृत्युले व्यक्तिगत पीडाभन्दा बाहिर गएर राज्य, समाज र नेतृत्वप्रतिको नागरिकको विश्वास, मानसिक स्वास्थ्य सेवा तथा रोजगारीसँग जोडिएका चुनौतीहरूलाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। घटनाको निष्पक्ष छानबिन, जिम्मेवारी निर्धारण र यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत सुधारको माग विभिन्न क्षेत्रबाट उठिरहेको छ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A