जीवछ उदासी
लहान,असार २८ गते ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ७ चोहर्वामा एउटै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु भएको छ ।
चोहर्वा पशु हाटबजार परिसरमा पशुलाई पानी खाने प्रयोजनको लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक सूचना अधिकारी रमेश बहादुर पालका अनुसार रौतहट जिल्ला परोहा नगरपालिका २ का स्थायीवासी मोहबद अवास गोलबजार नगरपालिका ७ चोहर्वा डेरा गरी बस्दै आइरहेका मोहम्मद अवासका १३ वर्षिया छोरी सबनम खातुन १० वर्षिया रुविना खातुन र ८ वर्षिय छोरा सैइफु शेख २ बजेतिर खेल्न निस्केको समयमा खेलेर खाल्डोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो । गोलबजार स्थित लिङग लाईफ र रोजी मेडिकलमा उपचारको क्रममा आज ५ बजेतिर मृतक घोषणा गरिएको सूचना अधिकारी पालले बताउनुभयो ।
यसलाई घटना होइन दुर्घटनाको रुपमा लिनुपर्ने स्थानीय पत्रकार अर्जुन थपलियाले भन्दै यसको छानविन हुनुपर्ने माग गर्नुभयो । उहाँको अनुसार गोलबजार नगरपालिकाको लापरवाहीले तीनजना बालबालिकाको मृत्यु भएको हो
।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A