जीवछ उदासी
लहान असोज २ गते
लहान नगरपालिकामा रहेका ५९ वटा सामुदायिक विद्यालयहरुमा प्रकोप र विपत्बाट जोगिन विद्यालय स्तरीय सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
नेपाल भुकम्पीय जोखिममा ११ औं स्थानमा, बाढी जोखिममा ३० औं स्थान र जलवायु परिवर्तनको चौथो स्थानमा जोखिममा रहेकोले पूर्व तयारीको लागि यस्तो सचेतना कार्यक्रम चलिरहेको विकन परियोजना अन्तर्गतका विद्यालय सहजकर्ता नम्रता भट्टले जानकारी गराउनुभयो ।
उहाँको अनुसार २०७२ सालमा गएको विनाशकारी भूकम्प यहि भदौ १० गते रसुवा नुवाकोट र धादिङग जिल्लामा आएको विपतिमा भएको क्षतिले पूर्व तयारी र सचेतना आवश्यक छ । लहान नगरपालिकाको खुटी नदीको किनारमा रहेको श्री जनता माध्यमिक विद्यालय बैरियाँ गुदीगाँउका विधार्थीहरु आउन सक्ने बाढी भुकम्प, विद्यालयमा रहेको विद्युतीय मोटर, खाजा घरमा रहेको ग्यास चुल्हो हावाहुरीमा जस्तापाता उडेर निम्ताउन सक्ने खतराबाट कसरी जोगिने यसबारे सचेतना गराएको उहाँले प्रष्टयाउनुभयो ।

लहान नगरपालिकाका ३६ वटा विद्यालयका एक जना शिक्षकलाई फोकल शिक्षक तोकेर तालिम दिइसकेको र दोस्रो चरणमा विद्यालय स्तरमा यस कार्यक्रमलाई जोडिएको सहजकर्ता भट्टले बताउनुभयो । प्रकोप र विपत् व्यवस्थापन कार्यक्रमले विद्यालयमा सिकेका ज्ञान र सीपलाई समाजमा आफ्ना अभिभावकहरुसँग समेत प्रचार गरेर आउने विपत्को न्युनिकरणमा दलित समुदायमा सचेतना हुने त्यस विद्यालयका प्रधानाध्यापक देवनलाल ठाकुरले बताउनुभयो ।
प्रकोप र विपत् वयवस्थापनसागै विद्यालयमा स्वच्छता सरसफाइ, पहुँचयुक्त सुविधासम्पन्न शौचालय र खानेपानीको प्रवन्ध समेत गरि दिएको खानेपानी अन्तर्गतको विकन परियोजनालाई विद्यालय ववयस्थापन समितिका अध्यक्ष निभा पासवानले धन्यवाद ज्ञापन गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A