लहान, असोज ३ गते । नेकपा (एमाले) लहान नगर कमिटीले १२औँ संविधान दिवसको अवसरमा शनिबार लहानस्थित घण्टाघर अगाडि दीप प्रज्वलन कार्यक्रम गरेको छ।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ता, स्थानीय नागरिकलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले नेपालको संविधानको महत्व, संवैधानिक व्यवस्था र राष्ट्रिय एकताको भावनालाई स्मरण गर्दै दीप प्रज्वलन गरेका थिए।

कार्यक्रममा वक्ताहरूले संविधानले सुनिश्चित गरेका नागरिकका अधिकार, लोकतान्त्रिक मूल्य मान्यता र संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।
संविधान दिवसका अवसरमा देशका विभिन्न स्थानमा पनि दीप प्रज्वलन, प्रभातफेरी, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।
एमाले लहान नगर कमिटीले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रम राष्ट्रिय एकता, संविधानप्रतिको सम्मान र लोकतान्त्रिक मूल्यको संरक्षणप्रति प्रतिबद्धता व्यक्त गर्ने उद्देश्यसहित सम्पन्न गरिएको लाहान नगर कमिटीका अध्यक्ष राजकुमार साहले जनाएको छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A