फिरोज सिद्दिकी लहान । एलएमसी सेकेन्ड्री स्कूल लहानमा दोस्रो ‘एलएमसी एक्सपो’ कार्यक्रम हुने भएको छ । विद्यालयको २६औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यालयले एसएमसी एक्सपोको आयोजना गर्ने भएको हो । विद्यार्थीहरुले कसरी आफूलाई सिकाइमा सहभागी गराइरहनुभएको छ भन्नेबारे जानकारी आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष पाण्डव हमालले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । यहि फागुन ४ गते शुक्रबारदेखि सुरु हुने एक्सपो दुई दिनसम्म चल्ने बताउदै कार्यक्रममा कला, संस्कृति र पिहिचान झल्काउने गरी विविध प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुने जानकारी दिनु
काठमाडौं । चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन नेपाल सरकारलाई आग्रह गरेको छ । कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाउँदै नेपाल सरकारलाई पत्र पठाएको हो । आफ्ना प्रतिवद्धतासहित सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पठाइएको पत्रमा नेपालीले टिकटकलाई
काठमाडौं, २९ माघ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको बताएका हुन् । कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए ।
बर्दिया । समलिङ्गी (लेस्बियन) महिला-महिलाबीच नेपालको इतिहासमा नै पहिलो पटक विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार बर्दियाको बढैयाताल गाउँपालिका-२ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो । पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल-२ का अन्जुदेवी श्रेष्ठ (दीप्ती) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानूनी मान्यता पाएको हो । स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताए । उनले भने, ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्
जीवछ उदासीलहान,माघ २९ गते । लहान नगरपालिका शिक्षा शाखासँग समन्वय गरेर अनुगमन समितिको संयोजक नगरपालिका उपप्रमुख राम चलितर महतोले सामुदायिक विद्यालयको सुधारको लागि सघन अनुगमन गर्ने कार्यलाई निरन्तता दिनु भएको छ । सुरु सुरुमा छडके अनुगमन गरिएको उपप्रमुख महतोले भन्दै अहिले शिक्षास्वास्थ्य र वातावरण क्षेत्रमा काम गर्ने विशेषज्ञलाई समेत लिएर विद्यालयको शैक्षिक भौतिक कक्षा व्वयस्थापन लगायत देखिएका सबै समस्याहरुलाई समाधान गर्न विद्यालयका सरोकारवालाहरुलाई समेत राखेर दिएको समय सीमाभित्र विद्यालयको सुधार हुने गरी अनुगमन कार्यलाइ निरन्तरता दिएको बताउनुभयो ।उहाँले भन्नुभयो,‘नगरप्रमुख स्वयम शिक्षा स
जीवछ उदासी माघ २८ गते । मिर्चैया नगरपालिकाको कार्यालयमा आइतवार दिनको १२ वजे कार्यालयमा प्रवेश गरी जथाभावी एकासी ढुङ्गामुढा प्रहार गरेर लाखौको क्षति पुरयाउने समूहरुमाथि मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवले कानुनी कारबाहीको माग गर्नु भएको छ । मिर्चैया नगरपालिका -३ का वडाध्यक्ष पवित्री देवी यादवको पति खगेश्वर गोहिवार यादवको अगुवाइमा ३० जनाको समूहमा १२ बजे आतङककारीको शैलीमा ३० कार्यालयमा प्रवेश गरेपछि केहि बेरमै जथाभावी ढुङगामुढा प्रहार गर्न थालेको नगरप्रमुख यादवले प्रकाशित गरेको प्रेविज्ञप्तिमा उल्लेख छ । नगरप्रमुख यादवको अनुसार कार्यालयका कर्मचारी सेवाग्राहीहरु आ
फिरोज सिद्दिकी सिरहा । लहान सिरहाका भौतिकशास्त्रमा पीएचडी गरेका ३३ वर्षीय अमरप्रसाद गुप्ताले खल्तीमा बोक्न सकिने र विकिरण तथा रासायनिक खतराहरूबाट मुक्त एक्स-रे बनाउन सफल भएका छन्। छ महिनाको निरन्तर प्रयास पछि, डा. गुप्ताले मानव हात भन्दा सानो एक्स-रे प्रणाली सफलतापूर्वक विकास गरेका हुन्। जो केवल ८६ ग्राम तौल, खल्तीमा सजिलैसँग फिट गर्न सकिने र केवल दुई एएए ब्याट्रीहरूद्वारा संचालित हुने जनाइएको छ। डा. गुप्ताले गत डिसेम्बर २०२३ मा शिकागोमा आयोजित वार्षिक रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिका बैठकमा यस विचारको बारेमा आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए र एक भौतिक प्रशिक्षार्थीद्वारा आरएसएनएमा उत
काठमाडौं, २८ माघ । कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आइतबारबाट सुरु भएको छ । विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो । यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् । १८ कात्तिक
जीवछ उदासी लहान माघ २४ गते । प्राय कोबी सेतो रङ्गको हुने गरेको छ । किसानले यहि रङगको उत्पादन गर्ने गरिन्छ । तर, लहान-२४ झुटकीको किसान रतन साहले बैजनी र पहेलो रङ्गको महँगोमा बिक्री हुने कोबी फलाएर राम्रो आम्दानी हुने भएपछि आउने वर्षदेखि उत्पादनको दायरा बढाएर राम्रो आम्दानी गर्ने भनेर हौसिनु भएको छ । रतन साह भन्नुहुन्छ,'विदेशमा रहेको बेला फेसबुकमा यस्ता रङगका कोभी देखेर स्वदेश फर्केपछि उत्पादन गर्ने प्रण गरेका थिए । भारतबाट विउ ल्याएर यसवर्ष बैजनी र पहेलो रङगका कोबी फलाउन सफल भए । बजारमा प्रतिकिलो दुई सयको दरले बिक्री भयो । अर्को वर्षदेखि आठ कोठामा कोबी उत्पादन गर्ने
जीवछ उदासी माघ २१ गते । देशैभरीमा सात पटक वडा सदस्यमा निर्वाचित भएकाहरुको संख्या थोरै होला । त्यसमध्ये लहान वडा नम्बर -२ को वडा सदस्यमा सात पटक निर्वाचित हुने ६७ वर्षिय लाल मोहम्मद हुनुहुन्छ । चारपटक पञ्चायत व्यवस्थामा तीन पटक प्रजातन्त्र वहाली भएपछि वडा सदस्य हुनु भएको लाल मोहम्मद भन्नुहुन्छ,'तीन दशकभन्दा बढी वडा सदस्य भए । लहान नगरपालिकाको हाल २४ वटै वडाहरुमध्ये सानो वडा रहेको यस वडाको शिक्षा सरसफाई सामाजिक जागरणको काम पुरा हुन नसकेकोमा थोरै पीडा महसुस भइरहेको छ ।' पञ्चायतकालमा गणपति महतोसँग तीनपटक राजा ज्ञानेन्द्रले गराएको स्थानीय चुनावमा आमोला महतोसँग एक
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A