जीवछ उदासी लहान,माघ ११ गते ।मिर्चैया नगरपालिकाको ग्रामीण भेगका स्थानीयहरुलाई शहरी क्षेत्रसँग आवत जावत गर्न जिवा खोलामा पूल निर्माण भएपछि खुसी भएका छन् । स्थानीयहरुको अनुसार जिवा खोलामा पूल नहुँदा थप तीन किलोमिटर घुमेर मिर्चैया बजारको कामले र नगरपालिकाको कामले जानुपर्दथ्यो । वर्षातको समयमा रजैया सडक पुरै बन्द रहन्थ्यो । पूल निर्माण भएपछि तीन किलोमिटर बाटो छोटियो । ग्रामीण भेगबाट जाने पूर्व पश्चिम पूर्वमा चोहर्वा सिरहा खण्डका नरहा र विषणुपुर गाँउपालिका देखि बडहरामाल हुँदै कमालासम्म बीस किलोमिटर सडकमा मिर्चैया नगरपालिकाले जीवा खोलामा पूल निर्माण गरि दिएपछि एउटा समस्या टरेको स्थानीय हेम कुमार याद
काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले “बाइ वान गिफ्ट वान फ्री’’ अर्थात एक किन्दा एक उपहार इन्टरनेट योजना सार्बजनिक गरेको छ। नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्था भायानेटले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यो योजना सार्वजनिक गरेको हो । यस योजना अतर्गत भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना नजिकका प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्ने र बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यो योजनामा योग्य हुनको लागि भायानेटका ग
जीवछ उदासी माघ ५ गते । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री समेत हुनु भएको विमलेन्द्र निधिले वर्तमान गठबन्धको सरकार पुरा अबधि पाँच वर्षसम्म नै चल्ने बताउनु भएको छ । लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा पब्लिक क्याम्पस संघको मधेश प्रदेशको अधिवेशन उद्घाटन आउनु भएको नेता निधि अधिवेशनको उद्घाटन गर्न लहान आउनु भएको थियो । उद्य्घाटन कार्य सम्पन्न भएपछि बेलुका जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको सभा हलमा नेपाली काँग्रेसका अगुवा नेता कार्यकर्ताहरुले यो सरकारको भविष्य कहिलेसम्म रहेको प्रश्नको जवाफमा उहाँले यस्तो बताउनु भएको हो । २०८४ कोचुनाव र १५ औं महाधिवेशन
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट हुँदा एक जना घाइते भएको छ। सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ। पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो। छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जा
जीवछ उदासी लहान माघ ४ गते । माघ २ गते लहान –१ नयाँ वसपार्कमा आयोजित सभामा मर्यादा विपरित दिएको अभिव्यक्त दुर्र्गा प्रसाइले नसच्चाए बैंक लघुवित्त र सहकारीको अत्याचार विरुद्धको रिन पीडित संघर्ष समिति सिरहाको सल्लाहकार समतिबाट राजीनमा दिइने जिल्ला उद्योग वाणिज्यसंघ लहान सिरहाका अध्यक्ष विकास शारडाले बताउनु भएको छ ।विहिबार वाणिज्य संघको सभा हल लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । संचारकर्मीहरुसँग पत्रकार सम्मेलनमा अध्यक्ष शारडाले भन्नुभयो,‘आफू व्यापारीहरु तथा व्यवसायीहरुको हकहितमा सदा समर्पित भएर काम गरिरहेको छु । हरेक निर्णय संघको अधिकारिक निर्णयबाट अघि बढ्न
मुकेश कुमार यादव सिरहा ४ माघ । सिरहाको मिर्चैया नगरपालिकाले नगरवासीलाई राहदानी लिनकोलागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ। नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेपछि नगरवासीलाई राहदानी लिनकै लागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । पालिकाबाटै राहदानी पाउन थालेपछी स्थानीयसेवाग्राहीहरु खुशी भएका छ्न् । नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेपछि स्थानीय सेवाग्राहीहरु खुशी भएका हुन् । मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले आज पहिलो दिन मिर्चैया नगरपालिका ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको स
काठमाडौं, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली समाज अनुशासनहीन बन्दै गएको बताएका छन । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाजका मुख्य समस्या नै अनुशासन र आत्मानुशासन हराउँदै गएको बताएका हुन । ‘अहिलेको नेपाली समाजको एउटा गम्भीर समस्या भनेको अनुशासनको समस्या हो, मानिसहरू अनुशासित हुन मन पराउने, मनलाग्दि गर्न मन पराउने’, ओलीले भने । पैसाले मात्र समाज उन्नत नहुने बताउँदै ओलीले आत्मानुशासनले मात्र उन्नत समाज निर्माण हुने बताए । आत्मनियन्त्रणको स्तरले समाजको स्तर निर्धारण गर्ने ओलीले प्रष्ट
बागलुङ, ४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल ब्यावसायी प्रसाई कार्यक्रमस्थलमा हातपात भएको हो । प्रसाई माथी हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए । उनी माथी किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुदैन । किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ । रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ । मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ । टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर
लहान । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जिल्ला उद्योग वाणिज्य संघ सिरहाको अध्यक्ष विकास सारडामाथि कटाक्ष गरेका छन् । सिरहाको लहानमा बैंक र वित्तिय संस्था कर्जा पिडितहरुले आयोजना गरेको कार्यक्रममा प्रसाईंले वाणिज्य संघका अध्यक्ष सारडालाई कालो मुसो दलेर सबक सिखाउनु पर्ने बताएका हुन् । प्रसाईँले भने, ‘लहानको उद्योग वाणिज्य संघका अध्यक्षले व्यापारीहरुको कुरा नउठाएकोले उनलाई समातेर कालो मुसो दल्दै घोप्टो पारेर लातले दिनुस।’ कार्यक्रममा व्यापारीहरुलाई ऋण नतिर्न उस्काउदै, सरकरले २० लाख भन्दा मुनिको ऋण मिनहा गर्नु पर्ने धारणा राखेका थिए । प्रसाईले विगत केही महिनादेखि ऋण मिनाहा गराएर ऋण
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A