फिरोज सिद्दिकी लहान । ‘महिनावारी मैत्री विश्व’ भन्ने मुल नाराका साथ आज लहानमा पनि विश्व महिनावरी स्वच्छता दिवसको अवसरमा मेला कार्यक्रम मनाएका छन् । मे २८ अर्थात जेठ १५ गते यो दिवस मनाउने गरिए पनि यस वर्ष गणतन्त्र दिवसका कारण जेठ १६ गते अर्थात आज बुधबार लहानमा मेलाको आयोजना गरी मनाएका हुन् । कार्यक्रममा प्रमुख अतिथि लहान नगरपाकिका नगरप्रमुख महेश प्रसाद चौधरीले महिनावारी बिभेद र छुवाछुत जस्ता हानीकारक प्रथा परम्पराजन्य अभ्यासलाई कानुनले नै दण्डणिय बनाइसकेको अबस्थामा पनि हाम्रो समुदायमा महिनावारी सम्बन्धि गलत धारणा र त्यसबाट सीर्जित बिभेदकारी अभ्यास ब्याप्त रहेको बताउनु भयो । यो कु
जीवछ उदास लहान, जेठ १५ गते । लहान नगरपालिकाले शहरी क्षेत्रका वेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटिपार्लरको तालिम सुरु गरेको छ । लहान नगरपालिका वडा नम्बर-६ ले रोजगारीको अवसर सृजना गर्न मागको आधारमा दुई महिने एडभान्स तालिम दिइएको हो । ब्युटिपार्लर सञ्चालन गरेर महिनाको पचास हजारसम्म कमाई गर्न सकिने उद्देश्यले यो तालिम सञ्चालनमा ल्याएको वडा नम्बर-६ का वडाध्यक्ष रमेश गौतमले बताउनुभयो । लहान नगरपालिकाको शहरी क्षेत्रमा रहेको यस वडाका महिलाहरुलाई आत्मनिर्भर हुन वर्षेनी तालिम दिइने र रोजगारी सृजना गर्ने लिएको लक्ष्य अनुसार कार्यक्रम गरिरहेको वडाध्यक्ष गौतमले प्रष्टयाउनुभयो । तलिमका स्थानीय प्
जीवछ उदासलहान,जेठ १५ गते । लहान नगरपालिकाको शहरी क्षेत्रका वेरोजगार महिलाहरु आत्मनिर्भर हुनको लागि ब्युटिपार्लरको तालिम सुरु गरेको छ । लहान नगरपालिका वडा नम्बर–६ ले रोजगारीको अवसर सृजना गर्न मागको आधारमा दुई महिने एडभान्स तालिम दिइएको हो । ब्युटिपार्लर सञ्चालन गरेर महिनाको पचास हजारसम्म कमाई गर्न सकिने उद्येश्यले यो तालिम सञ्चालनमा ल्याएको वडा नम्बर–६ का वडाध्यक्ष रमेश गौतमले बताउनुभयो । लहान नगरपालिकाको शहरी क्षेत्रमा रहेको यस वडाका महिलाहरुलाई आत्मनिर्भर हुन वर्षेनी तालिम दिइने र रोजगारी सृजना गर्ने लिएको लक्ष्य अनुसार कार्यक्रम गरिरहेको वडाध्यक्ष गौतमले प्रष्टयाउनुभयो । तलिमक
फिरोज सिद्दिकी लहान । नेपालको संविधानमा छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाएको भए पनि समाजमा अझै पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जातिय विभेद तथा छुवाछुत हुने गरेको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन्। सिरहाको गोलबजारमा दलित महिला केन्द्र नेपालले आयोजना गरेको जातिय विभेद तथा छुवाछुत उन्मुलनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागती अगुवाहरुले यस्तो गुनासो गरेका हुन्। दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामाले जातीय विभेदले दलित समुदाय निकै अन्यायमा परेको गुनासो गर्दै उहाँले भन्नु भयो- ‘प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शहरी तथा ग्रामीण क्षेत्र
जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरेपछि विधार्थीहरुको संख्या हवातै बढेको छ । अभिभावकहरुको चाहना अनुसार लहान नगरपालिका शिक्षा शाखाले लहान–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा सुरु गरेको छ । गत वर्षदेखि लहान –३ स्थित लक्ष्मण ललित कुशवाहा माध्यमिक विद्यालमा गत वर्षदेखि नमूना विद्यालय बनाउने उद्येश्यले अंग्रेजी माध्यममा पढमई सुरुगरेपछि गत वर्ष २३९ विधार्थी भर्ना भएको थियो भने यस वर्ष ५५० जना विधार्थीहरु भर्ना भएका छन् । लहान नगरपालिकामा रहेको ५९ वटै सामुदायिक विद्यालयहरुमा विधार्थी संख्या सन्तोषजनक भर्ना
२०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा सुतली बम पड्काएर चार वटा घरमा लुटपाट भएको छ । सोमबार राति १२ बजे अपरिचित समूहले लहान १७ हरिपुरमा सुतली बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा प्रहरीले जानकारी दिएको छ । लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले हरिचोकमा तर्साउनको लागि बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा एसपी रमेश पण्डितले बताए । उनका अनुसार अनुसार चार घरबाट करिब ४ लाख रुपैयाँ लुटपाट गरिएको छ । प्रहरीका अनुसार स्थानीय रामनारायण ठाकुर, रामप्रसाद यादव, महावीर साह र हरि यादवको घरबाट लुटपाट भएको हो । अपरिचित लुटेरा समूहले चार वटै घरबाट नगद र सुनचाँदीका गरगहना र
फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । जागरण नेपाल सिरहाको सहकार्य तथा मधेश प्रज्ञा प्रतिष्ठानको आयोजामा शनिवार सिरहाको लहान स्थित होटल विशालको सभाहलमा उक्त अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकला गरी छ विधाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि प्रतिष्ठानले कार्य अगाडि बढाएको जानकारी दिदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यकता रहेको धरणा राख्नु भयो
जीवछ उदासी लहान,बैशाख २८ गते । लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक विकासलाई आगाडि बढाउनुपर्नेमा जोड दिएको छ । क्याम्पसको सञ्चालक समितिको सचिवालयमा आज शुक्रबार वसेको बैठकमा यस्तो छलफल भइ निष्कर्षमा पुगेको हो । बैठक सञ्चालक समितिका अध्यक्ष तथा लहान नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकमा दाता परिवारका मन्नार्थ अध्यक्ष मुरारीलाल मुरारको उपस्थिति रहेको थियो । बैठकमा थप नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइशन कनेक्टिभिटी प्रविधि सम्बन्धी दुई प्रस्ताव सर्वसम्मतिबाट पास गरिएको थियो । बैठकमा दाता परिवारका मुरारकाले समयको माग अनु
फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यवसाय संघका कार्य समिति सदस्य तथा रिंकू ज्वेलर्सका प्रोप्राईटर दिनेश कुमार साहको घरमा केही अज्ञात समुहको झुण्डले लुटपाट गरिएको घटनाप्रति लहान सुनचाँदी व्यवसाय संघले ध्यानाकर्षण भएको जनाएको छ । गत बैशाख ६ गते बिहीबार घरमा कोही नभएको बेला डाका सैलीमा घर भित्र रहेका गर गहना तथा सर समान लटपाट गरेको लहान सुनचाँदी व्यवसाय संघले बिहीवार प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो । लहान सुनचाँदी व्यवसाय संघका अध्यक्ष नन्दकिशोर गुप्ताद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ- यस्ता निन्दनीय कार्यको घोर भर्तसना गर्दै दोसीलाई अविलम्ब कानूनको दा
जीवछ उदासी लहान,१८ गते । सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको विकास तीनै तहको सरकारको प्राथमिकतामा पर्नुपर्ने आवाज सरोकारवालाहरुले उठाएका छन् ।लहान–११ स्थित सृजना सामुदायिक पुस्तकालयले आयोजना गरेको सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको मधेश प्रदेश स्तरीय पहिलो सम्मेलनमा सरोकारवाला अगुवाहरुले यस्तो आवाज उठाएका हुन् । जेएस मुरारका बहुमुखी क्याप्सका प्रध्यापक जितेन्द्र कुमार चौधरीले पठन संस्कृतिको विकासको लागि सामुदायिक पुस्तकालयहरुको विकास आवश्यक रहेको बताउनुभयो । विकृतिको दलदलमा फस्दै गइरहेको युवाहरुलाई शिक्षा चेतना र स्वास्थ्यको लागि सामुदायिक विद्यालयप्रति चासो जगाउन व्यस्
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A