शिक्षा

    Showing ३१-४० of १५१ items.
  • पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह

    ३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छन् । सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने उनको भनाइ छ । मन्त्रीको सचिवालयका अनुसार कतिपय सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे मन्त्रीले बुझाउने कार्यक्रम तय भएको जनाइएको छ । रासस

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • ५४० पटक पढिएको
    • समृद्धिपथ
  • विभिन्न बहानामा मनपरी शुल्क असुल्दै लहानका सामुदायिक विद्यालय

    फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि लहानको नमुना मानिएको विद्यालयले भने संविधान विपरीत विभिन्न बहानामा विद्यार्थीसँग मनपरी शुल्क असुल्ने गरेको पाइएको छ । सिरहाको लहान नगरपालिका-३, रघुनाथपुर स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमको नाममा मनमपरी शुल्क असुलदै आएको खुलासा भएको हो । संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो रहेको छ । विद्यालयले माध्यमिक शिक्षा परीक्षाको रजिष्ट्रेसन शुल्क, प्रमाणपत्र शुल्क र इन्टरार्स शुल्क बोर्डले तोकेभन्दा बढी अविभा

    • प्रकाशित मितिः वैशाख २९, २०८१
    • ६४८ पटक पढिएको
    • समृद्धिपथ
  • जेएस मुरारका क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता

        जीवछ उदासी  लहान,बैशाख २८ गते ।  लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक विकासलाई आगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।  क्याम्पसको सञ्चालक समितिको सचिवालयमा आज शुक्रबार वसेको बैठकमा यस्तो छलफल भइ निष्कर्षमा पुगेको हो । बैठक सञ्चालक समितिका अध्यक्ष तथा लहान नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकमा दाता परिवारका मन्नार्थ अध्यक्ष मुरारीलाल मुरारको उपस्थिति रहेको थियो ।   बैठकमा थप नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइशन कनेक्टिभिटी प्रविधि सम्बन्धी दुई प्रस्ताव सर्वसम्मतिबाट पास गरिएको थियो ।  बैठकमा दाता परिवारका मुरारकाले समयको माग अनु

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • ८१९ पटक पढिएको
    • समृद्धिपथ
  • पुस्तकालयको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने माग

    जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको विकास तीनै तहको सरकारको प्राथमिकतामा पर्नुपर्ने आवाज सरोकारवालाहरुले उठाएका छन् ।लहान–११ स्थित सृजना सामुदायिक पुस्तकालयले आयोजना गरेको सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको मधेश प्रदेश स्तरीय पहिलो सम्मेलनमा सरोकारवाला अगुवाहरुले यस्तो आवाज उठाएका हुन् । जेएस मुरारका बहुमुखी क्याप्सका प्रध्यापक जितेन्द्र कुमार चौधरीले पठन संस्कृतिको विकासको लागि सामुदायिक पुस्तकालयहरुको विकास आवश्यक रहेको बताउनुभयो । विकृतिको दलदलमा फस्दै गइरहेको युवाहरुलाई शिक्षा चेतना र स्वास्थ्यको लागि सामुदायिक विद्यालयप्रति चासो जगाउन व्यस्

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • ६१३ पटक पढिएको
    • समृद्धिपथ
  • राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै कारबाही गर्न निर्देशन दिएको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले वैशाख ४ मा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको पाइएमा कारबाही गर्ने निर्णय गरेकी थिइन् । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि केन्द्रलाई पत्राचार गरेको थियो । केन्द्रले इकाइमा गरेको पत्राचारमा भनिएको छ, ‘सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले व

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • ३६५ पटक पढिएको
    • समृद्धिपथ
  • अल अमीन नेशनल एकेडेमीमा पुरस्कार वितरण

    फिरोज सिद्दिकी लहान । सिरहाको लहान-५ स्थित रहेको अल अमीन नेशनल एकेडेमीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकसत्र २०७९/०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन गर्दै कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई शनिबार विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा साईकल र शैक्षिक सामग्रीद्वारा पुरस्कृत गरिएको हो । उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई एकेडेमीका संस्थापकद्वय मौलाना मुफ्ती अहमद रजा सकाफी र मो. सद्दाम हुसैनले साईकल तथा शैक्षिक सामग्री वितरण गरेको छ । त्यसैगरी विद्यार्थीको अतिरिक्त क्रियाकला तथा शिक्षण सिकाईमा राम्रो अंक ल्याउ

    • प्रकाशित मितिः चैत २४, २०८०
    • ९१३ पटक पढिएको
    • समृद्धिपथ
  • अनुगमनको नाउमा पटक पटक एसइई परीक्षा केन्द्रमा नजान राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

    सिरहा, चैत्र १६ गते । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परीक्षा (एसइई) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु भएको यो वर्षको एसइई परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक-पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परिक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै संख्यामा मानिसहरू नजान निर्देशन गरेको हो । बिहीबार र शुक्रबार भएको अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा पटक पटक धेरै संख्यामा मानिसहरू अनुगमन र निरीक्षणको नाममा परीक्षा हल र केन्द्रमा जाँदा विद्यार्थीलाई ले

    • प्रकाशित मितिः चैत १६, २०८०
    • ५७८ पटक पढिएको
    • समृद्धिपथ
  • रोजगारी सृजना गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल

    जीवछ उदासी  लहान, चैत ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले रोजगारी सृजना गर्ने शिक्षा आवश्यक रहेको बताउनु भएको छ । शनिबार लहान-७ स्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । 'देशलाई रोजगारी सृजना गर्ने शिक्षाको लागि प्राविधिक र समय सुहाउँदो शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।प्राविधिकसँगै सांसकार र संस्कृतिलाई समेत ध्यानमा राखेर समय सुहाउँदो शिक्षा दिन आवश्यक छ',राष्ट्रपति पौडेलले भन्नुभयो । लहान जुम्लाहा दाजुभाई सहिद राम लक्ष्मणको भूमि, राजनीतिक चिन्तक प्रदिप गिरी जन्मेको जमस्थल लहान समृद्धि र विकासक

    • प्रकाशित मितिः चैत ४, २०८०
    • ५८० पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रपति पौडेल शनिबार लहान आउनुहुने

      जीवछ उदासी  लहान,चैत २ गते ।  लहान स्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेल आउनुहुने भएको छ ।  शुक्रबार समारोहको तयारीवारे आयोजित पत्रकार सम्मेलनमा पुर्व उद्योग राज्यमन्त्री समेत रहनु भएको दाता परिवारका पद्म नारायण चौधरी विद्यालयका प्रधानाध्यापक डा महेन्द्र प्रसाद चौधरी र विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र प्रसाद चौधरीले हिरक जयन्ती समारोहको पूर्ण तयारी पुरा भएको बताउनुभयो । २०५५ सालमा यस विद्यालयले स्वर्ण जयन्तीमा तत्कालिन प्रधानम्नत्री गिरिजा प्रसाद कोइराला आउनु भएको थियो । ७५ वर्षको अवसरमा मनाउ

    • प्रकाशित मितिः चैत २, २०८०
    • ९२९ पटक पढिएको
    • समृद्धिपथ
  • 'खेलकुदमा जोडेर लागुऔषधको लतबाट जोगाउनुपर्छ'

      जीवछ उदासी  लहान,फागुन १६ गते ।  लहान नगरप्रमुख महेश प्रसाद चौधरीले खेलकुदमा युवाहरुलाई जोडिए लागु औषधको लतबाट बचाउन सकिने बताउनु भएको छ । नगरस्यरी अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितालाई लहान स्थित पशुपति माविको खेल मैदानमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'६ करोड बजेट विनियोजन गरेर एक कक्षा एक शिक्षा एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम अघि बढाएको छ । लागु औषधको लतमा लागेको युवाहरुलाई खेलकुदमा जोडने उद्येश्यले नगर स्तरीय अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतिय

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • ७८६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A