पुस १० , काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा सत्ता समीकरणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई वार्तामा बसेका छन्। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नदिएर धोका दिएको भन्दै बालुवाटारबाट निस्किएका प्रचण्ड खुमलटारमा केहीबेर आराम गरेपछि बालकोट सत्तामा समीकरणका लागि वार्तामा बसेका हुन्। २०७७ फागुनमा तत्कालीन नेकपा विभाजन भएपछि पहिलो पटक ओलीसँग वार्ताका लागि प्रचण्ड बालकोट पुगेक
लहान । लहान नगरपालिकाले लहान-३ स्थित बालन खोला छेउमा रहेको सन्यासी सामुदायिक वनमा निर्माण गर्न लागेको फोहोर व्यवस्थापन तथा मानव लेदो संकलन तथा मल उद्योग निर्माण परियोजनालाई स्थानीयबासीले रोक लगाएको छ । आइतवार लहान ३ स्थित रहेको बस पार्कमा स्थानीयहरुको बैठकबाट डम्पिङ्गसाईट तथा फोहरमैला प्रशोधन केन्द्र परियोजना सन्यासी सामुदायिक वनमा निर्माण हुन नदिने सर्वसम्मतीले निणर्य गरेको हो । लहानको वडा नम्बर २, ३ र १९ मा बसोवासगर्ने नागरीकहरुको जग्गा, किसानको कार्य, मुल आयश्रोत समेत यही क्षेत्रमा रहेकोले निर्माण हुन लागेको परियोजनाबाट विभिन्न किसिमका वेक्टेरीया उत्पन्न भई मानव स्वास्थ्यमा असर गर्ने तथा
पुस ४ , काठमाडौँ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन्। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो। निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेप
पुस ३ , काठमाडौँ । विश्वकप फुटबलको उपाधिका लागि आज साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। राति पौने ९ बजे दोहाको लुसेल स्टेडियममा दुई टोली आमनेसाने हुँदा दुवै तेस्रो उपाधिको खोजीमा हुनेछन्। यसअघि फ्रान्स र अर्जेन्टिनाले समान २ पटक उपाधि जितेका छन्। मोरक्कोलाई सेमिफाइनलमा २-० ले हराउँदै फ्रान्स लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो। अर्जेन्टिनालाई क्रोएसियालाई ३-० ले हराउँदै ८ वर्षपछि फाइनलमा पुगेको हो। शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ ले हराउँदै तेस्रो स्थान पक्का गरेको छ। १९९८ मा पहिलोपटक ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्सले गएको वि
फिरोज सिद्दिकी, लहान । नेपाल पत्रकार महासंघ सिरहा शाखाको १३ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । लहान स्थित रहेको धार्मिक पर्यटकिय स्थल सलहेश फुलवारीको सभाहलमा भएको साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह र लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका लहान नगर प्रमुख चौधरीले सुशासनलाई प्रभावकारी बनाउन, विकास निर्माणको कामलाई सहयोग पुग्नेगरी समाचार लेख्न आग्रह गर्नु भयो । उहाँले नेपाल पत्रकार महासंघ सिरहा शाखाका लागि लहानमा आफ्नै भवन निर्माण गर्न १० घुर जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्न
सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका-३, राजपुरबाट एकथान कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाबाट प्रहरी नायव निरिक्षक गोबिन्द कुमार खत्रीको कमाण्डमा खटिएको गस्ती टोलिले बुधबार राति उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विष्णुपुर-३, राजपुर बस्ने २२ वर्षीय विन्दे भन्ने शावनकुमार दासलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताएका छन्। यस घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सरोज यादव र निज विन्देले मोट
लहान । जंगलमा घाँस काट्न गएकी महिलालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनिया टोल बस्ने २० वर्षीय राजकुमार महतो कोईरी र सोही नगरपालिका -१ बस्ने २० वर्षीय नितेश कुमार रजक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मंगलबार करिब ३ बजे कर्जन्हा नगरपालिका-१० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया २ मल्हनिया पिडारी टोल बस्ने २६ वर्षीया लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो। लक्ष्मिनीया श्रीमान् वैदेशिक रोजगारको क्रममा कतारमा हुँदा लक्ष्मिनीया र पक्राउ परेका राजकुम
काठमाडौं, २४ मंसिर । राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा, बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो । केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो । राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश सभातर्फ प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदे
काठमाडौं, मंसिर २४। नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाउनु भएको हो। १४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। आदिवासी महिला दुर्गा राई मिना तामाङ उर्मिला माझी पौडेल छिरिङ ल्यामु लामा तामाङ खस आर्य हितराज पाण्डे (पुरुष) महिला ज्ञानु बस्नेत सुवेदी विमला सुवेदी नारायणी शर्मा रुपासोसी चौधरी (थारु) दलित रणेन्द्र बराली सुशीला श्रीपाली ठकुरी मधेशी मिना यादव उमरावती देवी यादव पिछडिएको क्षेत्र कल्पना मियाँ
मंसिर २४ , काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उमरावती यादवलाई समानुपातिक सांसद चयन गरेको छ। त्यस्तै, सो पार्टीले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यमा राजु नेपालीको नाम छनोट गरेको छ। केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। नेसपाले माओवादी केन्द्रकै हसियाँहथौडा चुनाव चिह्नमा चुनाव लडेको थियो। त्यसैले यादवको नाम माओवादीले सिफारिस गरेको समानुपातिक सूचीमा समावेश छ। दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सो पार्टीले चुनावी समीक्षा पनि भएको जनाएको छ। साथै, पुस १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय भएको सो पार्टीले जनाएको छ। नेसपाबाट सर्लाही २ मा मह
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A