काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले निर्वाचन कार्यक्रम रोक्न निर्वाचन आयोगलाई गरेको आग्रह अस्वीकार गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, सांसद रामनारायण बिडारी, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, लिलामणी पोखरेल निर्वाचन आयोगमा पुगेर आग्रह गरेका थिए। निर्वाचन आयोगमा उनीहरुले दुईवटा पत्र मार्फत निर्वाचनका कार्यक्रम रोक्न र पार्टीको कागजातको नक्कल माग गरेको निर्वाचन आयोगका सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिए। आयोगले भने नेकपा नामकै विवाद भएकाले आफूसँग भएका कागजातको नक्कल उपलब्ध गराउने र बाँकी सर्वोच्चबाट लिन जवाफ दिएको छ। ‘नेकपा नामकै पनि ब
जिवछ उदासी लहान,पुस २५ गते । गाँउ गाँउमा सहकारी घर घरमा रोजगारीको नारालाई आधार बनाएर साना किसान सहकारीले कृषिमा आत्मनिर्भर हुन र रोजगारी सृजन गर्न सक्रियता बढाए लहान नगरपालिकाबाट हरेक सहयोग गर्न तयार रहेको नगरप्रमुख मुनि साहले दृढता वयक्त गर्नु भएको छ । साना किसान कृषि सहकारी संस्था लहान १३ बस्तीपुरको १४ औ साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने लहान ९,१०,१५,१६,१७,१८ नम्बर वडाका कृषकहरुलाई आत्मनिर्भर बनाउन आँपखेति, तरकारी खेति, बाख्रा पालन र पशुपालनको लागि कृषि सहकारीको माध्यमबाट अगाडि बढाउन ठोस योजनाको साथ अगाडि आए लहान नगरपालिकाले हरेक किसिमको
जिवछ उदासी लहान, पुस २५ गते । पूर्व प्रधानमन्त्री समेत रहनु भएको नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टको झण्डा झुकन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ३१ औ जय गोब्न्दि साहको समृति सभामा प्रमुख अतिथिको रुपमा बोल्दै यस्तो बताउनु भएको हो । अन्याय अतयाचारको विरोधमा संघर्ष गरेर प्रतिष्ठाको जीवन जिउनु नै कम्युनिष्ट भएको भन्दै कम्युनिष्ट पार्टीको झण्डा झुक्न नदिन नेकपा सचेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘मनमोहन अधिकारी ,निर्मल लामा र मदन भण्डारीले देखाउनु भएको पथमा हिडेर कम्युनिष्ट आचरण व्यवहारमा देखाएर जनताको मन जित्ने काम गर्नुपर्छ । जय गोविन्द साहको सपनाल
टीकापुर । कैलालीको टीकापुर–५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त हुनुहुन्छ । उहाँ माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जंगल धाउन थाल्नुभएको छ । “तीन दिन भयो जङ्गलबाट दाउरा काटेर ल्याएँ । अब पात टिप्न थालेकी छु दुनाटपरी लगाउनुछ”, उहाँले भन्नुभयो, “माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ । अब फुर्सद हुन्न ।”टीकापुर–१ वनगाउँका सन्देश थारु पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त हुनुहुन्छ । “माघी हाम्रो प्रमुख पर
सप्तरी । चार वर्षअघि कुटपिट अंगभंग घटनामा संलग्न भई फरार रहेकी एक महिलासहित विभिन्न अभियोगका तीन जना प्रतिवादीलाई पक्राउ पश्चात् जिल्ला अदालत सप्तरीले कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०७३ फागुन ८ गते कुटपिट अंगभंग मुद्दामा अदालतबाट चार वर्ष कैद र एक लाख ५० हजार जरिवाना तोकिएपछि फरार भएकी सप्तरीको महदेवा गाउँपालिका १ पकरीकी ३९ वर्षिया सरातुल खातुन कारागार चलान भएकी हुन् । घरमै लुकिबसेको अवस्थामा बुधबार पक्राउ परेकी उनलाई अदालतमा उपस्थित गराउँदा अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको डिएसपी भुवनेशवर साहले जानकारी दिए । गाउँकै मो। मुर्तुजा म
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले अहिले पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउनु भएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उहाँले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गर्नुभयो । आफू विभिन्न कारणले विरोधी जस्तो भएर बस्नुपरेको गुनासो पनि उहाँले राख्नुभयो । हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट पार्दै उहाँँले भन्नुभयो– ‘तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपथ्र्यो ? पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन
जिवछ उदासी नेपाल सरकारका उपप्रधानमन्त्री तथा सचिवालय सदस्य इश्वर पोखरेलले नेकपाको ७४ वटा बैठक बस्दा प्रचण्ड –माधव समूहले झमेला गर्ने प्रस्ताव ल्याएर सरकार र पार्टीलाई अल्झाउने गरेको खुलासा गर्नु भएको छ । नेकपा सिरहाले आयोजना गरेको अगुवा नेता कार्यकर्ताको भेलालाई सोमबार चोहर्वामा सम्बोधन गर्दै यस्तो खुलासा गर्नु भएको हो । जनताले दुई तिहाइको मत दिएर नेकपाको सरकार पाँच वर्षको लागि चलाउन दिएको थियो । तीन वर्षमै सरकार अर्को चुनावमा जानुपर्ने अवस्था आँउदा निरास हुनु स्वभाविकै हो । तर सरकारसँग संसद विघट्न गरेर चुनावमा जानुको विकल्प नभएर लोकतन्त्र र संविधानको रक्षाको लागि चुनावको घोषणा गर्नु प
जिवछ उदासी लहान,पुस १९ गते । लहान नगरपालिका–१५ बेतहा खोला पुस १८ गते दुर्गमबाट सुगममा परिणत भएको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । शनिबार बेतहा खोलामा सिमलटोकी देखि बेतहासम्मको ट्रायक खुलेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । २०७५ मंसिर महिनामा बेतहा खोलाको अनुगमन निरिक्षण गर्न पुगेको वेला जसरीपनि दुर्गमलाई सुगम बनाउन ट्रायक खोल्ने प्रतिवद्धता स्थानीयहरुसँग प्रमुख साहले गर्नुभएको थियो । ट्रायक खोल्ने प्रतिवद्धतालाई दुई वर्ष अघि स्थानीयहरुले हल्का रुपमा लिएपनि आफू गम्भीर भएर ट्रायक खोल्न लागेर संभव गरेको नगरप्रमुख साहले कार्यक्रममा भन्दै बेतहाख
जिवछ उदासीलहान,पुस १७ गते । ‘हाम्रो लहान समृद्ध लहान’को नारा हरेक सार्वजनिक मञ्चहरुमा जनप्रतिनिधिहरुबाट अभिव्यक्त भइरहेका छन् । यस नारालाई सफल बनाउन विभिन्न क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता भएपनि स्वास्थ्य सेवालाई सहज बनाउन सकेमात्रै नारा कार्यान्वयन हुने लहान नगरप्रमुख मुनि साहले जोड दिनु भएको छ । अन्तराष्ट्रिय वर्ष २०२१ के पहिलो दिन विहानै लहान नगरपालिका–५ खुटि किनारमा रहेको सार्वजानिक जग्गामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण कार्यलाई शिलान्यास गर्दै यस्तो बताउनु भएको हो । चुनावको समयमा नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा हुनै लागेको नगरप्रमुख साहले भन्दै
काठमाडौं । मन्त्रालय सार हुनुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीले पदबहाली गर्नुभएको छ । शुक्रबार साँझ नै शितल निवास पुगी पद तथा गोपनीयताको सपथ खानु भएका स्वास्थ्यमन्त्रीले आईतबार मन्त्रालय पुगी पदभार सम्हाल्नुभएको छ । मन्त्री त्रिपाठी यसअघि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हुनुहुन्थ्यो । उहाँलाई प्रधानमन्त्री ओलीले शुक्रवार मन्त्रालय परिवर्तन गरि स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनुका साथै सोही सपथ समेत गराउनुभएको थियो । यसअघि स्वास्थ्यमन्त्री रहनुभएका भानुभक्त ढकाललाई पर्यटन मन्त्री बनाईएको छ । ढकालले यस अघि कानून मन्त्रालय समेत सम्हाली सक्नुभएको छ । न्युज अफ नेपाल
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A