समाचार

    Showing ५८१-५९० of १,२६८ items.
  • एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई त्रिवि शिक्षण अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेतासमेत हुन् । नेम्वाङ विसं. २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए ।

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • ४९४ पटक पढिएको
    • समृद्धिपथ
  • कोचिङग कक्षाले शैक्षिक सुधार हुँदै ग्रामीण भेगममा

    जीवछ उदासीलहान, भदौ २५ गते । सिरहा जिल्लाको दक्षिणी भारतको सीमाक्षेत्र र हुलाकी मार्गसँग जोडिएको औरही गाँउपालिका वडा नम्बर–४ इटाटारमा एक वर्षदेखि वडा कार्यालयले कक्षा एकदेखि दससम्म सञ्चालन गरेको कोचिङग कक्षाले सामुदायिक विद्यालयमा पढने विद्यार्थीहरुमा शैक्षिक सुधार देखिएको छ । वडाअध्यक्ष सुरेन्द्र कुमार यादवको अनुसार स्थानीय तहको चुनावमा सामुदायिक विद्यालयको सुधारको लागि निःशुल्क कोचिङग कक्षा सञ्चालन गर्ने प्रतिवद्धता अनुसार विगत एक वर्षदेखि कक्षा एकदेखि दशसम्मको विद्यार्थीहरुको लागि कक्षा सञ्चालनको लागि दसजना शिक्षक भर्नागरी विहान ५ः३० बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन हुँदै आइरहेको छ

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • ९८४ पटक पढिएको
    • समृद्धिपथ
  • विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित

    लहान । सिरहाको स्थानीय तहका कर्मचारीहरुले आफूहरुलाई विभेद गरेको भन्दै निजामती सेवा दिवसको दिन हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रस्तावित निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई निजामती नभनेको भन्दै उनीहरुले विरोध जनाएका हुन्। उनीहरुले कर्मचारीहरुको सेवा सुविधा, वृत्ति विकासको सुनिश्चित गर्नुपर्ने र प्रस्तावित संघिय निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामतीमा समेट्नुपर्ने माग गरेका छन्। त्यसैगरी आन्दोलित कर्मचारीहरुले संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • ३३३ पटक पढिएको
    • समृद्धिपथ
  • सिराहाको अम्बासमा एमाले सचिवालय बैठक सुरु (तस्बिरमा हेर्नुस् )

    सिराहा । मधेस प्रदेशको सिराहा जिल्लास्थित अम्बासमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । गत भदौ ९ गतेलाई तय भएको सचिवालय बैठक लगातारको वर्षापछि आएको बाढीका कारण स्थगित भएसँगै बैठक आज बुधवार बसेको हो । बैठकका लागि नेताहरू बुधवार बिहान काठमाडौँ र विराटनगरबाट सिराहा पुगेका थिए । बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेको तयारी छ । अम्बासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो । भूमिगत कालमा भएको चौथो महाधिवेशनले भण्डारीलाई महासचिव चयन गरेका कारण पनि सो स्थान एमालेका लागि ऐतिहासिक मानिन्छ । सचिव भट्टरा

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • ५३१ पटक पढिएको
    • समृद्धिपथ
  • सिराहाको अम्वासमा हुने एमाले सचिवालय बैठक स्थगित

    सिराहा । सिराहामा हुने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । सिराहाको धनगडीमाइ नगरपालिका अम्वासमा भदौ नौ गते तय भएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित गरिएको एमालेका पोलिट ब्युरो सद्स्य तथा पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए । सबै तयारी पुरा भएपनि बैठक स्थल डुबानमा परेकाले लगातारको वर्षा र बाढीका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए । भदौ ९ गते गर्ने भनिएको सचिवालय बैठक भदौ १३ गते हुने श्रेष्ठले जनाए। एमालेले २०४६ सालमा भूमिगत रुपमा चौथो महाधिवेशन गरेको उक्त स्थानमा यसपटक सोही दिन पारेर सचिवालय बैठक राखेको थियो ।

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • ५६१ पटक पढिएको
    • समृद्धिपथ
  • नापी कार्यालय लहानमा अख्तियारको छापा, एक जना पक्राउ

    लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लहानको नापी कार्यालयमा छापामारी गरि अमिनलाइ घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले नापी कार्यालयका अमिन दिपरन्जन यादवलाई १० हजार घुसको रकम सहित पक्राउ गरेको हो । बर्दिवासबाट आएका अख्तियारका टोलीले लहान १ मटियर्वास्थित नापी कार्यालय लहान अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो । अमिन यादवले साविक गा.वि.स.तरेगना गोविन्दपुरको गाउँब्लकका जग्गा कित्ता काट गर्न सेवाग्राही सग १० हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । पक्राउ परेका

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १,०१२ पटक पढिएको
    • समृद्धिपथ
  • प्रदेशिक अस्पताल लहानमा बढ्यो विरामीको चाप

      जीवछ उदासी  लहान,साउन ८ गते । लहान-३ स्थित प्रदेशिक अस्पताल लहानमा उपचार गराउन आउने विरामीहरुको चाप ह्वातै बढेका छन् ।  प्रादेशिक अस्पताल नामाकरण भएपछि चिकित्सक उपकरण र कर्मचारीहरुको संख्यामा वृद्धि भएपछि विरामीका चाप बढेका हुन् ।  अस्पतालको मेडिकल सुपरीडेन्टेड सुनिल कुमार कुशवाहाका अनुसार ओपिडीमा प्रत्येकदिन डेढ सयदेखि दुइसयसम्म विरामीहरुको उपचार हुनेगर्दछ । ओपिडीमा आठजना चिकित्सक दर्जनौ प्रकारका जाँच सुविधासम्पन्न प्रयोगशाला आधुनिक एक्सरे भिडियो एक्सरे र थाइरेडको समेत जाँच हुने यस अस्पतालमा अहिले चिकित्सकहरुको सन्तुलित टिमले उपचार गराउन आउने विरामीहरु उपचार पाएर खु

    • प्रकाशित मितिः साउन ८, २०८०
    • ७३४ पटक पढिएको
    • समृद्धिपथ
  • विपिलाई सम्झिँदै वृक्षारोपण

      जीवछ उदासी  लहान साउन ६ गते ।  नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक समाजवादका सिद्धान्तकार विपी कोइरालाको ४१ औ स्मृति दिवसको अवसरमा नेपली काँग्रेस लहान नगरकमिटि र विधार्थी संघले वृक्षारोपण गरेको छ ।  लहान नगर समितिको कार्यवाहक सभापति शितल प्रसाद चौधरीको नेतृत्वमा प्रदेशिक अस्पताल लहानमा र नेपाल विधार्थी संघको नेता सरोज कुमार यादवको अगुवाइमा लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसको प्राङगनमा बृक्षारोपण गरिएको हो ।  वृक्षा रोपण गर्दै युवा नेताहरुले नेपाली काँग्रेस विपिको आदर्श विचार र प्रजातान्त्रिक समाजवादकोबाटो विर्सन नहुने र पार्टीको उच्च नेतृत्वलाई

    • प्रकाशित मितिः साउन ६, २०८०
    • ५१६ पटक पढिएको
    • समृद्धिपथ
  • गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको मसाल जुलुस

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उसको भनाइ छ । मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

    • प्रकाशित मितिः साउन ५, २०८०
    • ५१९ पटक पढिएको
    • समृद्धिपथ
  • आफ्नै घरको शौचालयमा एक महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप

    सिराहा । सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् । सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । सुधनसँग करिब ५ वर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तिसँग २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ । यद

    • प्रकाशित मितिः साउन ५, २०८०
    • ७४१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A