स्वास्थ्य

    Showing ४१-५० of १२६ items.
  • कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने

    मुकेशकुमार यादव सिरहा, २३ मंंसिर । कर्जन्हा नगरपालिका र फूलकुमारी  महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको निःशुल्क शल्यक्रिया सहितको उपचार उपलब्ध गराउने भएको हो । कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकतम २६ र ७ हजार दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए । निशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, उपचार, औषधि खानाको सुविधा र ऐम्बुलेन्स सेवा निशुल्क हुने

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • ६१८ पटक पढिएको
    • समृद्धिपथ
  • बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाईंदै

    सिरहा । आजबाट बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अनुसार बुधवार र बिहीवार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइन्छ । ‘भिटामिन ‘ए’ क्याप्सुल खुवाऔं, बालबालिकालाई स्वास्थ बनाऔं’ भन्ने मूल नाराका साथ शुरु गरिएको सो कार्यक्रम बिहान ८ बजेबाट बेलुका ४ बजेसम्म सञ्चालन हुदैछ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुले ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई सो क्याप्सुल खुवाईरहेका छन् । - न्यूज एजेन्सी नेपाल

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • ७०३ पटक पढिएको
    • समृद्धिपथ
  • डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग

    फिरोज सिद्दिकी / लहान लहान र धनगढीमाई नगरपालिकाका नागरिक अगुवाहरुले आउनै लागेको चाडपर्वलाई मध्यनजर गर्दै डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग गरेका छन् । बुधबार शान्ति र धार्मिक भाईचाराका लागि: हातेमालो अन्तर धार्मिक समिति लहानले लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी, धनगढीमाई नगरपाकिलाका नगरप्रमुख शिवशंकर महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख कुमार प्रसाद मैनालीलाई डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग गर्दै ज्ञापन-पत्र बुझाएका हुन् । हातेमालो अन्तर धार्मिक समिति लहानका संयोजक सुशिलचन्द्र अधिक

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १,३९४ पटक पढिएको
    • समृद्धिपथ
  • साउने सोमबारको महत्व र धार्मिक आस्था

    सिरहा । पवित्र महिना साउन र त्यसमा पनि सोमबार छुट्टै विशेषता रहन्छ । साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ। साउने सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालिएको पाइन्छ । व्रत नबस्ने महिलाहरु पनि हरियो, पहेलो चुरा र मेहन्दी लगाउछन् । देशभरका शिवालयमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा

    • प्रकाशित मितिः साउन २, २०७९
    • ९०१ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको भगवानपुर स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा शुभारम्भ

    फिरोज सिद्दिकी, लहान । सिरहाको भगवानपुर स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा शुभारम्भ भएको छ । भगवानपुर वडा नं १ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट इमरजेन्सी सेवा शुभारम्भ भएको हो । एक कार्यक्रमकाबीच भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव लगायत प्रमुखत अतिथि, अतिथिहरुले पानशमा बत्ती बालेर इमर्जेन्सी सेवा शुभारम्भ गरेको हो । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रामशंकर यादव रहेका थिए । प्रमुख अतिथि यादवले बोल्दै स्वास्थ्य एकदमै महत्वपूणर् विषय रहेको बताउनु भयो । प्राथमिक स्वास्थ्य क

    • प्रकाशित मितिः साउन १, २०७९
    • १,५२५ पटक पढिएको
    • समृद्धिपथ
  • ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर अत्याधुनिक र सुविधा सम्पन्न नयाँ भवनमा संचालन

    फिरोज सिद्दीकी, लहान । सिरहाको लहानमा विगत पाँच वर्षदेखि संचालित ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर छैठो वर्ष प्रवेशको अवसरमा अत्याधुनिक र सुविधा सम्पन्न भवनमा सरेको छ । सबै प्रकारका रोगको विशेषज्ञ डाक्टरबाट सेवा दिने गरी हालै ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर नयाँ भवनमा सञ्चालनमा आएको हो । आइतबार पोलिक्लिनिकका संस्थापक अध्यक्ष देव नारायण चौधरीले रीबन काटेर पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टरको नयाँ भवन उद्घाटन गर्नु भएको थियो । विभिन्न किसिमको स्वास्थ्य परिक्षणको लागि धरान, विराटनगरलगायतका ठाउँमा धाउन पर्ने समस्यलाई मध्यनजर गर्दै अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक डा. ओ

    • प्रकाशित मितिः माघ २३, २०७८
    • २,२१० पटक पढिएको
    • समृद्धिपथ
  • प्रत्येक स्थानीय तहमा योग शिविर भवन निर्माण हुने : सामाजिक विकास मन्त्री साह

    जिवछ उदासीलहान,पुस २२ गते । प्रदेश –२ का सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रत्येक स्थानीय तहमा पतञ्जलि योग शिविरको लागि व्यस्थित भवन निर्माणको आवश्यक्ता रहेको बताउनु भएको छ । पतञ्जलि योग आश्रम लहान–४ को नव निर्मित भवनलाई बुधबार उदघाट्न गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो । ‘स्वस्थ्य नेपाल, समृद्ध नेपाल’को पवित्र नारा लिएर पतञ्जलि योग शिविर सञ्चालन गरेर प्रदेशलाई नै सहयोग सहयोग हुने कार्यक्रम रहेकोले प्रदेश –२ को सरकार प्रत्येक स्थानीय तहमा योग शिविर भवन निर्माणको कार्यक्रमलाई प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो । उहाँले भन्नुभयो,‘यत्रो ठूलो व

    • प्रकाशित मितिः पुस २२, २०७८
    • ९४८ पटक पढिएको
    • समृद्धिपथ
  • डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

    एलिना हिंगमाङ्ग चौधरी, लहान । सिरहाको लहानमा डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लहान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार लहान १ स्थित आधारभुत विद्यालय सिंगराही मटियार्वाको हलमा महिला स्वास्थ्य स्वयं सेविकाहरु वीच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लहान नगरपालिका स्वास्थ्य शाखाका चन्देश्वर यादवले डेंगु रोग नियन्त्रण गर्ने उपाय, डेंगु रोग बाट बच्ने उपाय, डेंगु रोग कसरी सर्छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्दै यादवले टायर तथा प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले लार्भा हुर्काउने बताउनुभयो । डेंगु रोगबाट बाच्नका

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ६४६ पटक पढिएको
    • समृद्धिपथ
  • सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्दै

    सप्तरी । बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ । केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ। यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भनाइ छ। मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप अहिले बढदै गएको म

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • ९७७ पटक पढिएको
    • समृद्धिपथ
  • न छोरा स्वस्थ्य भयो,न ज्यानलिन प्रयास गर्नेहरु पक्राउ परयो : रामनारायण ठाकुर

    जिवछ उदासी लक्ष्मीपुरपतारी सितापपुरका रामनारायण ठाकुर (बढही) ले छोरा जितेन्द्र ठाकुर न स्वास्थ्य हुन सकेको न बासको लठीले टाउको प्रहार गर्ने सियाराम यादव र प्रहार गर्न आदेश दिने लक्ष्मी यादव पक्रउ परेको पीडा पोख्नु भएको छ । असार २२ गते विहान –२५ वर्षिय छोरा जितेन्द्र खेतबाट आइरहेको विहान ७ बजे लक्ष्मी यादवले निर्देशन दिएपछि सियाराम यादवले टाउको प्रहार गरेपछि अचेत भएर लडेको थियो । अचेत अवस्थामा रहेको छोरालाई उपचारको लागि लहान स्थित राम कुमार उमा प्रसाद अस्पताल लगेपछि टाउकोमा अत्यधिक चोट लागेकोले यहा उपचार संभव नहुने अवस्थामा विराट नगर स्थित न्युरो अस्पतालमा भर्ना गराएको राम नारायण ठाकुरले

    • प्रकाशित मितिः असोज ५, २०७८
    • १,५६५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A