जिवछ उदासी लहान । कारोना माहामारीबाट जोगिन सामाजिक दुरीको पालना मास्कको प्रयोग गर्नुपर्छ जनहितमा जारी सूचनाहरु गुञ्जिरहेपनि लहानवासीलाई यसले कुनै प्रभाव पार्न सकेको छैन । पसल र हाट बजार क्षेत्रमा देखिएको भीडले कहि लहानमा कोरोना सङ्क्रमण बढने त होइन भने चिन्ता स्थानीयहरुमा बढेका छन् । लहान १ को मुख्य चोकमा लाग्ने तरकारी बजार र आँपको बजारमा विहान वेलुका देखिने भीडलाई केहि दिन यता प्रहरीहरुले पनि हेरेर नहेरेको जस्तो गरेर निस्क्रियता देखाउन थालेको शिक्षक गंगा प्रसाद यादव भन्नुहुन्छ, केहि दिन पहिले मोटरसाइकलको साँचो खोस्ने प्रहरी अहिले भीड हेरेर किन मुखदर्शक भएको होला ? यस्तो चिन्ता शिक्षक गंगा प
काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागमा समेटिनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा भएको बताउनु भएको छ । नक्सामा मात्रै राखेर गुमेको भूमि नपाइने भएकाले जमिन नै फिर्ता गर्न सभामुख मार्फत प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै नेता महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताउदै राष्ट्रियता जाति, धर्म विशेष र क्षेत्रले निर्धारण नहुने उल्लेख गर्दै नेता महतोले आजैबाट राष्ट्रघात र राष्ट्रवादको परिभाषा परिवर्तन गर्नुपर्ने बताउनु भयो । न
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएपछि पार्टीले उनलाई सो संशोधन फिर्ता लिन निर्देशन दिएको छ । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो । उनले आज विधेयक दर्ता गराएसँगै चौतर्फी आलोचना भएपछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो । उनले नेपालको संविधानको दोस्रो संशोधनमा संसदीय दलका निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि प
जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ। निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एक–एक र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब ‘सेटअप’ गर्ने एक गरी चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। समितिले परीक्षण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ। यसका साथै समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिए
काठमाडौं, जेठ २६ गते । कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी भूमिमा रोकिएका नेपालीका शव स्वदेश ल्याउने तयारी भएको छ । विदेशमा रहेका नेपाली नागरिकहरूको उद्धारसँगै शव पनि ल्याउने तयारी भएको हो । कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनै पर्ने अवस्थामा रहेका नेपालीलाई सहजीकरण गर्ने आदेश २०७७ मा जहाज चार्टड भएको बेला अलपत्र शव ल्याउने व्यवस्था परराष्ट्र र श्रम मन्त्रालयले मिलाउनुपर्ने उल्लेख गरिएको छ । ल्याइएका शव परिवारसम्म पु¥याउने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्नुपर्ने पनि उल्लेख गरिएको छ । नेपालमा लकडाउ
जिवछ उदासी लहान, जेठ २५ गते । आँपको राजधानीको रुपमा चिनिएको सिरहाको लहानमा कृषकहरुले उचित मूल्य पाउन सकेको छैन । स्थानीय कृषि सहकारीहरु सक्रिय नहुँदा कृषकहरु प्रत्येक वर्ष मारमा पर्ने गरेको छ । कोरोना भाइरसको महामारीले विश्व नै अक्रान्त रहेको वेला नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीले अझै कृषकहरु मारमा पर्ने हो कि चिन्ता सर्वत्र देखिएको छ । लहान नगरपालिकामा २१ वटा कृषि सहकारीहरु दर्ता भएपनि कृषकहरुको हकहितमा काम गर्न नसकिरहेको अवस्था रहेको लहान कृषि शाखाका प्रमुख प्रकाश साहले बताउनुभयो । उहाँको अनुसार एक वर्ष विराएर फल्ने आँप यस वर्ष निकै मज्जर लागेपनि वेलामा कृषकह
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण घोषणा भएको ४४ दिन बित्दासमेत कसको नेतृत्वमा पार्टी दर्ता गराउने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन । वैशाख १० गते एकीकरण घोषणा भए पनि त्यसयता एकीकरणका व्यवहारिक पक्षलाई टुंग्याउने दिशामा प्रभावकारी पहलकदमी हुन नसकेको हो । वैशाख ११ गते निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराइएको छ । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता गराउनुपर्ने प्रावधान छ । जसअनुसार आइतबार ४५ दिन पुग्दैछ । आयोगमा आइतबारसम्ममा पार्टी दर्ता गराइसक्नु पर्छ । दुई दलबीच विभिन्न विषयमा कुरा नमिलेको कारण आइतबार आयोथमा दल दर्ता हुने कि
काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ । उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् । यसैबीच कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको नियमित प्
जिवछ उदासी/फिरोज सिद्दिकी लहान, जेठ २४ गते । लहान नगरपालिका १५ ढोडनामा रहेको धार्मिक पर्यटकीय क्षेत्र पञ्चावती राजदेवी मन्दिर जाने पक्की सडकको निर्माण कार्य प्रारम्भ भएको छ । लहान नगरप्रमुख मुनि साहले खुटी पारी लहान १८ भदैयादेखि लहान १५ स्थित राजदेवी मन्दिरसम्मको साढे चार किलोमिटर पक्की सडक निर्माण कार्यको शिलान्यास गर्दै प्रारम्भ गरेको हो । शिलान्यास गर्दै प्रमुख साहले भन्नुभयो, ‘पक्क्ी सडक निर्माणले राजदेवी मन्दिरमा आउने जाने धार्मिक पर्यटकहरुको लागि मात्रै सहज नभएर उत्तरी भेगको विकासमा समेत कोसे ढुङगा सावित हुनेछ । ग्रामीण र शहरी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सबै योजनाहर
फिरोज सिद्दिकी / जिवछ उदासी लहान, जेठ २४ गते । सिरहा जिल्लाका विभिन्न सहरी क्षेत्रका पसलहरु अघोषित रुपमा खुल्न थालेका छन् । लामो बन्दाबन्दीले उकुसमुकुस भएका व्यापारीहरुले उद्योग वाणिज्य संघ सिरहा लहानको पहलमा पसलहरु खोल्न थालेका हुन् । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल आमात्यले व्यापारीहरुको बढ्दो गुनासोका कारण आलोपालो गरी पसल खोल्न पहल गरे लगतै पसलहरु खोल्न थालेका छन् । किराना पसलहरु पहिलेदेखि नै साझ विहान खुल्दै आएपनि कपडा, सुनचँदी, कस्मेटिक लगायतका पसलहरु समेत खुलेका छन् । लहान नगरप्रमुख मुनि साहले पसलहरु खुल्न थालेपछि भीड बढे ठूलो जोखिमता आउन सक्नेतर्फ समेत सचेत गरा
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A