सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा डुबेका दुई किशोरमध्ये एकजनाको शव फेला परेको छ भने अर्काको खोजी कार्य जारी छ। डुबेका मिर्चैया नगरपालिका–५ का १६ वर्षीय रोशन मण्डलको शव करिब तीन घण्टापछि नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो। उनीसँगै नुहाउन गएका कर्जन्हा नगरपालिका–५ का १५ वर्षीय लक्ष्मण कुमार साह भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। कात्तिके पूर्णिमाका अवसरमा नुहाउन गएका किशोरहरू नुहाउने क्रममा डुबेका थिए। प्रत्यक्षदर्शीहरूले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बन्दिपुर र सशस्त्र प्रहरी बल मिर्चै
सिराहा । सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। नगरपालिकाको प्रशासनिक भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहरसहित अदालतले यो निर्णय सुनाएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, दोषी ठहर हुनेमा पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादव छन्। विशेष अदालतका सदस्य खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार र बुधबार स
सिरहा । सिरहा जिल्लाको मिर्चैया बजारबाट १० किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रको फेदमा अवस्थित खोरिया बस्ती दलित, जनजाति, र सीमान्तकृत समुदायका २६ परिवारको बसोबास रहेको स्थान हो। यहाँका बासिन्दा साना झुपडी, बाँसका भाटाले बेरेका फुसका टहरामा जीवन यापन गर्छन्। मिर्चैया नगरपालिका–७ मा पर्ने यो गाउँमा अधिकांश किसानका लागि कोदोखेती नै मुख्य र निर्विकल्प स्रोत हो। स्थानीय किसान हर्कबहादुर परियारका अनुसार, सिँचाइको सुविधा नहुँदा र क्षेत्र सुक्खा भएका कारण यहाँ कोदोखेती गर्नुपर्ने बाध्यता छ। “बाउबाजेदेखि कोदो रोप्दै आएका छौँ। पिउने पानीसमेत छ महिनासम्म अभाव हुने ठाउँमा कोदो बाहेक अरू केही उब्
फिरोज सिद्दिकी लहान I लहान नगरपालिकामा नहर निर्माण सम्बन्धमा उत्पन्न विवाद समाधानका लागि वार्ता र संवाद गर्नुपर्नेसम्बन्धी विषयमा लहान नगरपालिकाका मेयर महेश चौधरीको रवैया अनैतिक र अलोकतान्त्रिक भएको भन्दै माओवादी केन्द्रका लहान नगर अध्यक्ष हेमन्त कुमार यादवले कडा विरोध जनाएका छन्। यादवले चौधरीले वार्ताका लागि आफूलाई औपचारिक पत्र नै नपठाएको आरोप लगाउँदै यो घटना मेयर चौधरीको भ्रष्ट र अलोकतान्त्रिक चरित्रको पराकाष्ठा भएको बताएका हुन्। यादवले चौधरीलाई जनतासँग प्रत्यक्ष संवाद गर्न डराउने र लोकतान्त्रिक प्रक्रियामा नै अवरोध खडा गर्ने ‘डरछेरुवा’ नेताको संज्ञा दिएका छन्। यादवले सा
फिरोज सिद्दिकी लहान । स्वतन्त्र पार्टी, लहान नगर समितिले लहान नगरपालिका द्वारा खुटीखोला सिँचाइ नहर र सो नहरमा निर्माणधिन योजनाको विषयमा आयोजित सर्वदलीय बैठकमा आमन्त्रण नगरिएकोप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ। आज जारी गरिएको प्रेस विज्ञप्तिमा नगर सभापति लव कुमार मण्डलले सर्वपक्षीय छलफलमा अन्य प्रमुख दलहरूलाई बोलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नसमेट्नु गम्भीर विषय भएको उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “देशको चौथो ठूलो शक्ति भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस किसिमको महत्वपूर्ण छलफलबाट बाहिर राख्नु निन्दनीय छ।” राष्ट्रिय स्वतन्त्र पार्टी, लहान नगर समि
फिरोज सिद्दिकी लाहान । लायन्स क्लब अफ लहान सिटि र पिडरबोनी फुटबल क्लबको संयुक्त आयोजनामा लाहान-११, पिडरबोनीमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार, समाजसेवा र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले स्थानीय बासिन्दा र युवाहरूलाई रक्तदानप्रति प्रेरित गरेको हो। रक्तदान कार्यक्रममा लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष उज्ज्वल साह, पूर्व अध्यक्ष चक्रपाणि दहाल, पिडरबोनी फुटबल क्लबका अध्यक्ष उकेश चौधरी, उपाध्यक्ष प्रभाकर ओर्ग्यान थारु, कोषाध्यक्ष शरण प्रसाद चौधरी लगायत ३६ जनाले रक्तदान गरेको जनाइएको छ। लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष साहले सम
जीवछ उदासी लहान,कातिक २२ गते । सामाजिक सदभाव र एकताको पर्व छठको सुर्य अस्ताउने बेलाको अर्घ दिन श्रद्धालु भक्तजनहरु पोखरी नदी ताल तलाउमा सुर्यको प्रार्थना गरिरहेका छन् । ३६ घण्टा उपवास बसेर मनाइने छठ पर्व मधेशको सांस्कृतिक पर्व सम्पन्न विपन्न सबैको एउटै छठको घाट हुने भएकोले यो पर्वले सामाजिक सदभाव र एकतालाई मजबुत बनाएको लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसका पुर्व क्यामपस प्रमुख डा अनिल कुमार झाले बताउनुभयो । छठ पर्वको महिमा विस्तार हुँदै गइरहेको लहान खुटीखोला छठ पुजा समितिको अध्यक्ष समाजसेवी नविन गुप्ताको बुझाइ छ । उहाँ भन्नुहुन्छ,'लहान नगरपालिकाले यस वर्ष सात
जीवछ उदासी लहान,कातिक २२ गते । सामाजिक सदभाव र एकताको पर्व छठको सुर्य अस्ताउने बेलाको अर्घ दिन श्रद्धालु भक्तजनहरु पोखरी नदी ताल तलाउमा सुर्यको प्रार्थना गरिरहेका छन् । ३६ घण्टा उपवास बसेर मनाइने छठ पर्व मधेशको सांस्कृतिक पर्व सम्पन्न विपन्न सबैको एउटै छठको घाट हुने भएकोले यो पर्वले सामाजिक सदभाव र एकतालाई मजबुत बनाएको लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसका पुर्व क्यामपस प्रमुख डा अनिल कुमार झाले बताउनुभयो । छठ पर्वको महिमा विस्तार हुँदै गइरहेको लहान खुटीखोला छठ पुजा समितिको अध्यक्ष समाजसेवी नविन गुप्ताको बुझाइ छ । उहाँ भन्नुहुन्छ,'लहान नगरपालिकाले यस वर्ष सात
समृद्धिपथ समाचारदाता लहान । तराई मधेशको प्रमुख पर्व छठ आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई श्रद्धाभावपूर्वक मनाइँदैछ। लहान, जनकपुर, वीरगञ्ज, बिराटनगर लगायत तराईका प्रमुख सहरहरूमा आज बिहानैदेखि छठको विशेष रौनक देखिएको छ। भक्तजनहरूले सूर्य भगवानको उपासना गर्दै पवित्र जलाशयहरूमा जलाशयमा प्रवेश गरी पूजा-अर्चना गर्ने गर्छन्। चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज, व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पूजा गर्ने परम्परा छ। साँझपख सूर्यको उपासना गर्दै व्रतालुहरू विशेषगरी महिलाहरू, नदी, तलाउ र पोखरीमा जम्मा भई सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। यो पर्वले विशेषगरी स्वास्थ्य, सुख-शान्ति र समृद्धिक
संजय साह, लहान तराई-मधेश क्षेत्रको सांस्कृतिक जीवनशैलीमा गहिरो नाता जोडिएको छठ पर्व एक अत्यन्त महत्वपूणर् लोकपर्व हो। यस पर्वको माध्यमबाट प्रकृति र जीवनको महत्वपूणर् अंशहरूको पूजा गरिन्छ जसले समाजका विभिन्न तहहरूलाई एकसाथ एकताको सूत्रमा बाँध्ने कार्य गर्दछ। यो पर्व विशेष गरी नेपालका तराई क्षेत्र र भारतका बिहार, उत्तर प्रदेश, झारखण्ड जस्ता राज्यमा मनाइन्छ र यसको पृष्ठभूमिमा असीम श्रद्धा र आस्थाको समागम रहेको छ। छठ पर्वमा सूर्य, जल, पृथ्वी, वायु, अग्नि र अन्य पञ्चतत्वको उपासना गर्ने परम्परा छ। यस लेखमा छठ पर्वको सांस्कृतिक महत्व, धार्मिक पृष्ठभूमि र समाजमा यसको योगदानलाई विश्लेषण गर्ने प्रयास ग
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A