जीवछ उदासीलहान, साउन २९ गते । तराई मधेशको जिल्लाहरुमा दाइजोप्रथा सनसनी रुपमा बढिरहेको छ । यसको अन्तय हुनेपर्ने चर्चापनि त्यतिकै भइरहेको छ । जातीय संघ संस्थाहरु आफ्नो मान सम्मान र पहिचानको लागि करौडौं चन्दा सङकलन गरेर भवन सदन निर्माण गरेपनि दाइजो हटाउन गम्भीर नभएको चर्चाले गति लिइरहेको छ । मधेश प्रदेशको ठूला शहरहरुमा दलित समुदाय बाहेक अरु समुदायहरुको भवन र सदन निर्माण भएको छ, यस्ता भवन निर्माणको लागि करोडौं खर्च भएको देखिन्छ । भवन निर्माणको लागि सुरुवाती हुँदा यसले जातीय विकृतिहरुलाई अन्तय गर्ने विश्वास समेत लिएको थियो तर जातीय र समाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा हटाउन कुनै पहल नै नभएको
एजेन्सी । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले विद्यार्थी आन्दोलन, हिंसा र सयौँको मृत्युका बिच पद र देश छाड्न बाध्य भए । सरकारी जागिरमा आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलनले अन्ततः हसिनाको सरकार पतन गरिदियो । यससँगै बंगलादेशमा शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको छ । हसिना नेतृत्वको अवामी लिग सन् २००९ देखि लगातार सत्तामा थियो । गत पुसको निर्वाचनबाट झन् शक्तिशाली प्रधानमन्त्रीको रुपमा उदाएकी शेख हसिनाको पतन हुनुमा उनको शासकीय कार्यशैली जिम्मेवार छ । देशै छाड्न बाध्य किन ? पछिल्लो आन्दोलन हसिनाले सत्ता ग्रहण गरेपछि सामना गर्नुपरेको सबैभन्दा गम्भीर संकट हो । सत्ता हातमा लिएपछि ह
सम्पादकीय * फिरोज सिद्दिकी लहानका जनप्रतिनिधिले हालै आफ्नो थाइल्याण्ड, सिङ्गापुर र मलेसिया भ्रमणका तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्तामा गहिरो असन्तुष्टि देखिएको छ । यस असन्तुष्टिको मुख्य कारण जनप्रतिनिधिले आफ्नो व्यक्तिगत मोजमस्ती र यात्रामा नागरिकले तिरेको करको दुरुपयोग नै हो । सामाजिक सञ्जालमा प्रश्न उठाउने नागरिकलाई जनप्रतिनिधिले जवाफ दिनुको सट्टा आ-आफ्नो फेसबुक पेजमार्फत आफूले रमाइलो गरेको जानकारी दिदै आएका छन् । यस्तो प्रवृत्तिले जनताको भावनाको अपमान मात्र गर्दैन, जनप्रतिनिधिलाई जनताका समस्या र प्रश्नको वास्ता नगरेको पनि देखाउँछ । अर्कोतर
जीवछ उदासी लहान साउन २० गते । नेपाली काँग्रेसको नेता बिमलेन्द्र निधिले वरिष्ट चर्चित शास्त्रीय संगीतका साधक गुरुदेव कामतको योगदानको कदर गर्दै राष्ट्रिय शोक मनाउनुपर्ने बताउनु भएको छ । शनिबार नेता निधि कामतको गृह गाउँ लक्मीपुरपतारी पोखरभिण्डा निज निवास पुगेर कामतका परिवारजनसँगै भेटेर यस्तो बताउनुभयो । नेता निधिले भन्नु यो,' श्रद्धाञ्जली दिन मात्रै होइन,क्षमा माग्न पनि आएको छु । कामतको स्वास्थ्य उपचार गराउने जिम्माेवारी सरकारले लिनु पर्दथ्यो । साताको वरिपरि हामी छौ तर समयमा जानकारी हुन नसक्दा यो जिम्मेबारीबाट चुकेका छौ । ' काठमाण्डौको नाँचघरमा एक
सम्पादकीय * फिरोज सिद्दिकी सिरहाको लहान नगरपालिकाका जनप्रतिनिधिहरुको एक समूह नै विदेश भ्रमणमा जानु गम्भीर विषय हो । एकातिर नगरपालिकाको विकास कार्य ठप्प छ भने अर्कोतर्फ जनप्रतिनिधिको विदेश भ्रमणको खर्च र त्यसको स्रोत पनि शंकाको घेरामा परेको छ । जनताको पैसाले निर्वाचित जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पन्छाएर विदेश जान लाग्नु अत्यन्तै निन्दनीय छ । यस कार्यले नगरपालिकाको कामकारबाहीमा असर पर्ने जनतामा आक्रोश हुनु स्वाभाविक पनि हो । विदेश भ्रमणको खर्च कहाँबाट आयो भन्ने प्रश्नको जवाफ जनताले पाउनुपर्छ । चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप र गैरसरकारी संस्था वाटर एडबाट आर्थिक सहयोगको दाबी भईरहेको
जीवछ उदासी लहान,साउन १३ गते । शौण्डिक चौरासी समाजको सम्पन्न चौथो महाधिवेशनबाट लहान नगरपालिकाको पूर्व नगरप्रमुख मुनि साह पुन: अध्यक्ष पदमा चयन हुनु भएको छ । १७ सदस्यीय केन्द्रिय समितिको उपाध्यक्षमा क्रमश: मनमोहन साह,राम जतन साह,किशोर कुमार साह,जय प्रकाश चौधरी सुरेश चन्द्र सुमन महासचिवमा सन्तोष साह,सचिवमा भरत कुमार साह, कोषाध्यक्षमा रामएकवाल साह,सह कोषाध्यक्षमा नागेश्वर चौधरी सदस्यहरुमा क्रमश: राम चन्द्र साह,कमल प्रसाद साह,पशुपति साह,महेन्द्र साह,रामएकवाल साह,राम विलास शरण र ओम प्रकाश साह रहेका छन् । साउन ११ र १२ गते लहानको मारवाडी सेवा सदनको सभा हलमा सम
फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान, पहिचान र सम्मानका लागि शौण्डिक चौरासी समाजको चौथो महाधिवेशन-२०८१ सुरु भएको छ । श्ुक्रबार सिरहाको लहान स्थित मारवाडी सेवा समितिको सभाहलमा समाजको केन्द्रिय महाधिवेशन सुरु भएको हो । समाजको चौथो महाधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले महाधिवेशनको उद्घाटन गर्दै स्वजातिय विकासको लागि एकताबद्ध हुनु पर्ने बताउनु भयो । उहाँले समाजको लागि सबै मिलेर अघि बढेमा आर्थिक, समाजिक, राजनीतिक र संस्कृति क्षेत्रको उजागर गर्नका लागि महत्वपूणर् भुमिका खेल्ने बताउनु भयो । नेपा
मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न चौतर्फी चुनौती पार गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । उसै त आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूत जस्ता समस्याले पेसा गर्न बाधा पु¥याएको उनीहरूको दाबी छ । दलित समुदायका व्यक्तिलाई पत्रकार नै नमान्ने गैरदलित चलनका कारण पनि यो पेसामा टिक्न गाह«ो भएको उनीहरूको भनाइ छ । युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र प
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने दिन नजिकिँदो छ । संविधानको धारा ७६ (२) अनुसार गत ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिँदै छन् । संविधानतः प्रधानमन्त्रीले पदमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि संघीय संसद सचिवालयमा पत्राचार गरिसकेका छन् । विश्वासको मत पाउन कति सहज ?२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई आफ्नो दल नेकपा (एमाले) र सत्ता साझेदार दल कांग्रेसका सांसदको मत नै सामान्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुनः जिम्मेवारीमा नआएको बताए । उनले भने,‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो । म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ । त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A