फिरोज सिद्दिकी, सिरहा । सिरहा जिल्लाका केही स्थानीय तहले करारमा रहेका कर्मचारीलाई धमाधम हटाउन थालेका छन् । ती स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० देखि करार सम्झौता नगर्ने जनाएका हुन् । लहान नगरपालिकाले करार कर्मचारीलाई हटाएको सूचना जारी गरेको केही दिनपछि गोलबजार नगरपालिका, नरहा गाउँपालिका, अर्नमा गाउँपालिका, विष्णुपुर गाउँपालिकालगायतका पालिकाहरुले पनि सूचना जारी गर्दै करारमा काम गरिरहेका कर्मचारीको म्याद थप नहुने जानकारी दिएको हो । लहान नगरपालिकाले एक सूचना जारी गरी असार ३१ गतेभित्र म्याद थप नभएका करारका कर्मचारीहरु साउन १ गतेबाट हाजिर नगर्न जानकारी गराएको छ । म्याद थप नभएका करारका कर्म
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन्। प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै सत्ता गठबन्धनबाट साँझा उम्मेदवार भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्। भुसाल नेपाली कांग्रेसको सचेतक थिइन्। भुसालले १४८ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्। १ मत तटस्थ रहेको थियो। उपसभामुखका लागि दुईटा उम्मेदवारी परेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनमा लगेका थिए। संविधानसभा सदस्यसमेत रहेकी भुसालले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी छन्। भुसाल कानुनविद् पनि हुन्। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्
सिरहा । साउदी अरेवियाको मक्का मदिना हजगर्न जाने नेपाली हजयात्रीका लागि सरकारले निर्धारण गरेको शुल्क अव्यावहारिक भएको भन्दै सिरहाका मुस्लिम समुदायको ध्यानाकर्षण भएको जनाएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र धार्मिक स्थल मक्कामदिनामा हज गर्न जाने नेपालीका लागि नेपाल हज कमिटीले तोकेको चर्को शुल्कप्रति आपत्ति जनाउँदै नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले तत्काल सच्याउन सरकारसँग माग गरेका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत गृह मन्त्रालयलाई पठाइएको ज्ञापन पत्रमा तोकिएको चर्को शुल्कसम्बन्धी निणर्यको घोर निन्दा एवं भर्तसना गर्दै विगतको भन्दा दोब्बर शुल्क ब
जीवछ उदासी लहान,जेठ १४ गते । सिरहा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएको केहि दिनपछि डा नविन यादव आफै झारु लिएर सरसफाईको लागि निस्कनु भएको छ । सुन्दर विकसित सिरहा नगरपालिका बनाउने प्रतिवद्धता गरेर मेयरमा सिरहा नगरवासीले जिताएकोले परिवर्तन र विकासको लागि सधैं अगुवाई गरिरहने उहाँले बताउनु भएको छ । मेयर नहुँदा सिरहा स्थित चन्द्र माध्यमिक विद्यालयलाई भौतिक र शैक्षिक परिवर्तनको लागि योगदान गरेकोले सिरहा नगरपालिकाको विकास र समृद्धिको लागि नगरवासीले सुम्पेको जिम्मेबारी पुरा गरि छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख यादवले भन्नुभयो,'शिक्षा स्वास्थ्य र कृष
लहान । सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात लहान नगरपालिकाका नव निर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले सार्वजानिक मञ्चहरुमा दिएको भ्रामक अभिव्यक्तिप्रति नेकपा एमाले लहान नगर कमिटिको ध्यान आकर्षण भएको प्रेस विज्ञप्ती मार्फत जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै नेकपा एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साहले जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्तालगायतका व्यक्तिगत घट्ना दर्तामा स्थानीय सञ्चालन ऐन २०७४ अनुसार पहिलेदेखि नै निःशुल्क रहेकोलाई नगरप्रमुख चौधरीले निःशुल्क घोषणा गर्नु सस्तो लोकप्रियताको लागि भ्रामक अभिव्यक्ति रहेको जनाएको छ । विज्ञप्तीमा भनिएको छ- ज्यालादारीमा काम गर्ने नगर
लहान । सिरहाको लहान नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर तथा जनता समाजवादी पार्टी नेपालका उपमेयर निर्वाचित भएका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा ९ वटा वडामात्र जितेका कांग्रेस यो निर्वाचनमा प्रमुखसहित बहुमत वडामा विजयी भएका हुन् । गत निर्वाचनमा ९ हजार १३८ मत ल्याएर दोस्रो स्थानमा रहेका कांग्रेस यस निर्वाचनमा महेश चौधरीले निवर्तमान प्रमुख मुनि साहलाई पराजित गरी नगर प्रमुख बनेका छन्। निवर्तमान नगर प्रमुख साहलाई ८ हजार १३९ मत अन्तरले पराजित गर्दै नगर प्रमुखमा चौधरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय लहानले जानकारी दिएको छ । नगर प्रमुखमा चौधरीले २० हजार १०५ मत ल्याए भने ए
सिरहा। सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एमालेका शिवशंकर महतो मेयर र नेपाली काँग्रेसका संगीता कुमारी चौधरी उपमेयरमा निर्वाचित भएका छन्। नेकपा एमालेका जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्। महतो नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धि यादवले ६ हजार ९ सय १ मत ल्याउँदा निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिनारायण चौधरीले ४ हजार ३ सय ६९ मत प्राप्त गरेका छन्। उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका न
जीवछ उदासी लहान जेठ ६ गते । सिरहाको भगवानपुरमा नेकपा एमालेले शानदार रुपमा जीत निकाल्न सफल भएको छ । जनता समाजवादी पार्टीलाई पछि पार्दै एमाले जितेको हो । एमालेका अध्यक्ष पदको उम्मेदबार उग्र नारायण यादव उपाध्यक्षमा रेखा कुमारी यादव जनता समाजवादी पार्टीका अध्यक्ष बेचन प्रसाद यादव र उपाध्यक्ष पदमा जीवछी यादवलाई पछि पार्दै जीत निकाल्नु भएको हो । भगवानपुर -१ ,२,३ र ५ नम्बरमा एमालेका मिरा देवी यादव,सुर्य नारायण यादव ,बिनोद कुमार यादव र अमरलाल यादव नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको हो । वडा नम्बर ४ मा राम कुमार यादव जित हासिल गर्नुभयो । २०७४ सालमा थोरै मत
सिरहा । सिरहा नगरपालिमा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले सार्वजनिक गरेको मत परिणाम अनुसार मेयरमा उनले ११ हजार एक सय ४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धिहरु नेपाली कांग्रेसका मधेश प्रदेश महामन्त्री उपेन्द्र कुमार यादवले ८ हजार ७ सय २० मत र जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवम् निवर्तमान मेयर अशेश्वर प्रसाद यादवले ७ हजार सात सय ३४ मत प्राप्त गरेका छन् । उपमेयरमा निर्वाचित साहले १० हजार १ सय २६ मत प्राप्त गरेका छन्। उनी एक हजार पाँच सय ३७ मत अन्तरले विजयी भएकी हुन्। उ
सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सत्यनारायण यादव निर्वाचित भएका छन् भने उपाध्यक्षमा जनता समाजवादी पार्टीका गीताकुमारी सिंह विजयी भएकी छिन्। सत्य नरायणले २ हजार १ सय ५८ मत प्राप्त गरेर विजयी हुँदा, उनका निकटतम प्रतिद्वन्द्विहरु निवर्तमान अध्यक्ष तथा जसपाका उम्मेदवार जागेश्वर यादवले २ हजार १ सय १७ मत र नेपाली काँग्रेसका उम्मेदवार कुशेश्वर यादवले १ जहार ९ सय ६० मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा जनता समाजवादीका सिंह २ हजार २ सय ७२ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्विहरु नेपाली काँग्रसकी चन्द्र कला कुमारी यादवले १ हजार ९ सय ६९ र नेकप
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A