अपराध

    Showing २१-३० of ५९ items.
  • लहानको गोधुली होटलबाट ठगी आरोपमा मलेसियन नागरिक सहित ३ जना पक्राउ

    फिरोज सिद्दिकी लहान । नेपाली नागरिकहरूलाई कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले एक मलेसियन नागरिक सहित तीन नेपालीलाई पक्राउ गरेको छ। शनिबार साँझ लहान नगरपालिका–४ स्थित गोधुली होटलबाट अवैध रूपमा अन्तर्वार्ता लिई रकम असुल गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमा मलेसियन नागरिक ५१ वर्षिय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, सिरहा लहान नगरपालिका–२३ का ४२ वर्षिय रामा शंकर यादव, २५ वर्षिय राम भरत यादव र ३९ वर्षका सुर्य नारायण यादव रहेका छन्। अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद थप

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ८१२ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा २९० किलोग्राम गाँजासहित एक व्यक्ति पक्राउ

    फिरोज सिद्दिकी सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ स्कुल टोलमा सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ सय ९० किलोग्राम गाँजा फेला पारेको हो। प्रहरी चौकी कर्जन्हाका प्रहरी सहायक निरीक्षक तेज प्रसाद अधिकारी र इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले शोभा कुमारी साहको घर पछाडिको बारीमा प्लास्टिकका १९ वटा पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ। घटनास्थलबाट ३७ वर्षीय प्रदीप मुखियालाई शंका लागी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रह

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ७२८ पटक पढिएको
    • समृद्धिपथ
  • बम पड्काएर लहानमा लुटपाट

      २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा सुतली बम पड्काएर चार वटा घरमा लुटपाट भएको छ । सोमबार राति १२ बजे अपरिचित समूहले लहान १७ हरिपुरमा सुतली बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा प्रहरीले जानकारी दिएको छ । लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले हरिचोकमा तर्साउनको लागि बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा एसपी रमेश पण्डितले बताए । उनका अनुसार अनुसार चार घरबाट करिब ४ लाख रुपैयाँ लुटपाट गरिएको छ । प्रहरीका अनुसार स्थानीय रामनारायण ठाकुर, रामप्रसाद यादव, महावीर साह र हरि यादवको घरबाट लुटपाट भएको हो । अपरिचित लुटेरा समूहले चार वटै घरबाट नगद र सुनचाँदीका गरगहना र

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ७७९ पटक पढिएको
    • समृद्धिपथ
  • कर्जन्हा नगरपालिकाका पूर्व मेयर गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन मेयर गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी बैजनाथ यादवमाथि बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरी तत्कालीन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै १ क

    • प्रकाशित मितिः चैत १४, २०८०
    • १,१४१ पटक पढिएको
    • समृद्धिपथ
  • प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिका बलात्कृत, एकजना पक्राउ

    मुकेश कुमार यादव सिरहा, ३ फागुन  । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका बलात्कारमा परेकाे घटना बाहिरिएको छ।  प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि बलात्कार गरेको घटना बाहिरिएको हो।  बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यकाे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा  बिहीबार बिहान घरब

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • ९९१ पटक पढिएको
    • समृद्धिपथ
  • अफताव आलमविरुद्ध मुद्दाको सुनुवाइ सुरु

    काठमाडौं, २८ माघ । कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आइतबारबाट सुरु भएको छ ।  विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो । यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् ।  १८ कात्तिक

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ७९७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा मिटरब्याज पीडित र साहुबीच कुटाकुट, एक जना घाइते

    सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट हुँदा एक जना घाइते भएको छ। सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ। पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ।  जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो।  छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जा

    • प्रकाशित मितिः माघ ५, २०८०
    • ७६० पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

    फिरोज सिद्दिकी, सिरहा । सिरहा प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेलामा हुने सक्ने घटनालाई ध्यानमा राखेर सिरहा प्रहरीले बाक्लो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको हो । चाडपर्वलाई लक्षित गरी ९ सय ४४ जना प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दशैं तिहार र छठ पर्वलाईलाई नै लक्षित गरेर ‘चाडपर्व लक्षित सुरक्षा योजना-२०८०’ तयार गरी थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरू हुन नदिन पाँच सय ६७ ज

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ८२१ पटक पढिएको
    • समृद्धिपथ
  • नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

    नवलपरासी पश्चिम, २५ असाेज । बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ७३१ पटक पढिएको
    • समृद्धिपथ
  • अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

    काठमाडौं, २५ असोज । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ।  विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई बिश्वास दिलाई बिभिन्न ब्यक्तिहरूको नाममा रहेका बैंक खाताहरुमा पटक-पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्र

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ५४३ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A