अपराध

    Showing २१-३० of ५५ items.
  • प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिका बलात्कृत, एकजना पक्राउ

    मुकेश कुमार यादव सिरहा, ३ फागुन  । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका बलात्कारमा परेकाे घटना बाहिरिएको छ।  प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि बलात्कार गरेको घटना बाहिरिएको हो।  बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यकाे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा  बिहीबार बिहान घरब

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • ८८६ पटक पढिएको
    • समृद्धिपथ
  • अफताव आलमविरुद्ध मुद्दाको सुनुवाइ सुरु

    काठमाडौं, २८ माघ । कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आइतबारबाट सुरु भएको छ ।  विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो । यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् ।  १८ कात्तिक

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ७०८ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा मिटरब्याज पीडित र साहुबीच कुटाकुट, एक जना घाइते

    सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट हुँदा एक जना घाइते भएको छ। सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ। पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ।  जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो।  छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जा

    • प्रकाशित मितिः माघ ५, २०८०
    • ६६१ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

    फिरोज सिद्दिकी, सिरहा । सिरहा प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेलामा हुने सक्ने घटनालाई ध्यानमा राखेर सिरहा प्रहरीले बाक्लो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको हो । चाडपर्वलाई लक्षित गरी ९ सय ४४ जना प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दशैं तिहार र छठ पर्वलाईलाई नै लक्षित गरेर ‘चाडपर्व लक्षित सुरक्षा योजना-२०८०’ तयार गरी थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरू हुन नदिन पाँच सय ६७ ज

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ७४० पटक पढिएको
    • समृद्धिपथ
  • नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

    नवलपरासी पश्चिम, २५ असाेज । बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ६०७ पटक पढिएको
    • समृद्धिपथ
  • अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

    काठमाडौं, २५ असोज । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ।  विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई बिश्वास दिलाई बिभिन्न ब्यक्तिहरूको नाममा रहेका बैंक खाताहरुमा पटक-पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्र

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ४८८ पटक पढिएको
    • समृद्धिपथ
  • पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

    लहान । जनआस्था साप्ताहिकका पत्रकार सन्तोष बराइलीमाथि समाचार संकलनका क्रममा भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाको ध्यानाकर्षण भएको जनाएको छ। गत असोज १३ गते साँझपख पत्रकार शम्भु यादवसँग ‘कान्छा होटल’ मा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्थानीय सर्वसाधारणसँग स्थापित सम्बन्ध र साधारण जीवनशैलीबारे कुराकानी भइरहँदा प्रेस युनियन नेपाल, सिरहाका अध्यक्ष भरत जर्घामगरले बराइलीमाथि दुर्व्यवहार गरेको महासंघ सिरहा शाखाले जनाएको हो । महासंघले स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारलाई कुटपिट र दुर्व्यहार गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्र

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ६७९ पटक पढिएको
    • समृद्धिपथ
  • नापी कार्यालय लहानमा अख्तियारको छापा, एक जना पक्राउ

    लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लहानको नापी कार्यालयमा छापामारी गरि अमिनलाइ घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले नापी कार्यालयका अमिन दिपरन्जन यादवलाई १० हजार घुसको रकम सहित पक्राउ गरेको हो । बर्दिवासबाट आएका अख्तियारका टोलीले लहान १ मटियर्वास्थित नापी कार्यालय लहान अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो । अमिन यादवले साविक गा.वि.स.तरेगना गोविन्दपुरको गाउँब्लकका जग्गा कित्ता काट गर्न सेवाग्राही सग १० हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । पक्राउ परेका

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ९५४ पटक पढिएको
    • समृद्धिपथ
  • आफ्नै घरको शौचालयमा एक महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप

    सिराहा । सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् । सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । सुधनसँग करिब ५ वर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तिसँग २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ । यद

    • प्रकाशित मितिः साउन ५, २०८०
    • ६९३ पटक पढिएको
    • समृद्धिपथ
  • विमानस्थलबाट सुन बरामद प्रकरणमा पक्राउ परेकाहरू यी हुन्

    काठमाडौँ । एक सय किलो सुन तस्करी काण्डमा राजस्व अनुसन्धान विभागले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्ट पनि छन् । सुन तस्करी प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । प्रहरीले पक्राउ परेकाको पहिचान खुलाएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुईजनालाई पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । सुन हङकङबाट ल्याइएको खुलेको छ । एकै प

    • प्रकाशित मितिः साउन ४, २०८०
    • ५०६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A