भोली देखि इटहरी बजार खुल्ला गर्ने निर्णय

  • जेठ २१, २०७७
  • समृद्धिपथ
alt

इटहरी/ इटहरी उपमहानगरपालिकाले इटहरी नगरक्षेत्रका बजार १० बजे सम्म खुल्ला गर्ने निर्णय गरेको छ । आज इटहरीका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विहान ७ बजे देखि १० बजे सम्म इटहरी बजार खुल्ला गर्ने निर्णय गरेको हो ।

यस अघि अत्यावश्यक पसलहरु मात्र इटहरीमा खुल्ला गरिदै आएकोमा शैक्षिक संस्था,होटल,मठमन्दिर,गुम्बा,सिनेमाहल,पार्टी प्यालेस,ब्यूर्टि पार्लर,खेलकुद,सार्वजनिक सवारी वाहेक अन्य पसलहरु भोलीबाट खोल्न पाईने इटहरी उपमहानगरपालिकाकी उपमयेर लक्ष्मी गौतमले बताईन ।

उद्योग बाणिज्य संघ इटहरी,इलाका प्रहरी कार्यलय इटहरी र इटहरी उपमहानगरपालिका बीच सहमती भएको हो । आफ्नो पसल अगाडि साबुन पानी राखेर,सेनेटाइजरको ब्याबस्था सहित सुरक्षा साबधानि अपनाउन उपमहानगरपालिकाले आग्रह गरेको छ । दैनिक विहान १० बजे सम्म अन्य पसलहरु भने सञ्चालनमा ल्याईने इटहरी उपमहानगरपालिकाले जनाएको छ । 

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A