जिवछ उदासी लहान,जेठ १३ गते । लहान नगरपालिका –३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा राम नारायण मेहता चयन भएपछि त्यस विद्यालयको भौतिक विकासले गति लिन थालेको छ । भौतिक विकासको लागि अध्यक्ष मेहताले लहान नगरपालिका र विद्यालयलाई सहयोग गर्न सक्ने समाजसेवी दाताहरुलाई आकर्षित गराउन पहल थाल्नु भएको हो । लहान–३ का स्थानीय तथा भूतपूर्व त्यस वडाका वडाधयक्ष बद्रीलाल महतोको पुत्र चन्द्र नारायण कुशवाहाले आमा पानो देवी महतोको स्मृति दिवसको अवसरमा खानेपानीको लागि समर्सियल बोरिङग जडान गर्न एक लाख साठी हजारको चेक विहिबार एक औपचारिक कार्यक्रमकोबीच हस्तान्
जिवछ उदासी लहान नगरपालिकाभित्र केहि महिना यता चलेको डकैतीको शृङखलाको कारण लहान नगरको केहि वडामा भय त्रास नै छाएको थियो । आधा दर्जन भन्दा बढी घट्नाहरु घटेपनि संलगन लुटेराहरु समातिन सकेको थिएन । केहि दिन पहिले सिरहा प्रहरी प्रमुख डिएसपी हिरा वाहादुर पाण्डे आएपछि बढाउन थालेको प्रहरी गस्ती र सक्रियतामा इन्द्रदेव ठाकुरको घरमा डकैतीमा संलग्न हुन सक्ने शंकास्पद तीन जना युवालाई पक्राउ गरेको छ । डकैती गर्न आएका सवै २० देखि ३५ वर्ष भित्रकै नवयुवकहरु रहेको ठाकुरले प्रहरीलाई हुलियाबारे जानकारी गराउनु भएको थियो । सिरहामा हाजिरी हुने वित्तिकै एसपी पाण्डेले अपराधीहरु पतालमा लुकेपनि खोजेर पक्रिने जिल्लावासील
जिवछ उदासी लहान सिटी जेसिस २०२१ का अधयक्ष अजय कुमार जयसवाल र निवर्तमान अध्यक्ष बसन्त साहको पहलमा तीन जना युवा डाक्टरहरुले हेलो डाक्टर कार्यक्रम अन्तर्गत निःशुल्क सेवा परामर्श सुरु गरेका छन् । यो सेवा वेलुका तीन बजेदेखि साँझ सात बजेसम्म सुचारु रहने जनाएको छ । बढ्दो कोरोना सङक्रमणको वेला समान्य स्वास्थ्य समस्या हुँदा कहा जाने के गर्ने भन्ने समस्या सामाधानको लागि लहान सिटी जेसिसको पहलमा घरै बसी फोनबाट निःशुल्क परामर्शको लागि ‘हेलो डाक्टर’ कार्यक्रम सुरु गरिएको अध्यक्ष जयसवालले जानकारी दिनुभयो । दिउँसो तीन बजेदेखि साँझ सात बजेसम्म चल्ने हेलो डाक्टर कार्यक्रममा नवजात शिशु तथा बालरोग व
सप्तरी । नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएका खुसीयालीमा आज साँझ यहाँ मैनबत्ती प्रज्वलन गरिएको छ । संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएका खुसीयालीमा राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ । गजेन्द्रनारायण सिंहको सालिक रहेको राजविराजस्थित गजेन्द्र चोक र शहीद दशनचोकमा जनता समाजवादी पार्टी नेपालका नेताहरुले मैनबत्ती प्रज्वलन गरेका छन् । कार्यक्रममा महन्थ ठाकुर र राजेन्द्र महतो समर्थित जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवसहित जिल्लाका नेताको सहभागिता थियो । जसपाको मूल मागका रूपमा रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी भएको ख
जिवछ उदासी लहान, प्रधानमन्त्री केपी शर्मा ओलीले कि त वैकल्पिक सरकार बनाउ कि त यहि सरकारलाई समर्थन गर्न सबै संसदमा भएका सबै राजनीति दलहरुसँग आग्रह गर्नु भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । प्रधानमन्त्रीको फेसबुक लाइभको आधारमा यो सामाचार तयार गरिएको छ । अन्यौलता आराजकता र दिग्भ्रमित गरेर न त लोकतन्त्रको रक्षा हुने न त संविधान नै गतिशील रहने भन्दै कोभिड महामारीको वेलामा सहमति संवाद र एकताकै माध्यमबाट अघि वढ्न यहि दुई वाटा भरपर्दो विकल्प रहँदा रहँदै पनि आज ५ बजेसम्म कुनै विकल्पमा पुग्न नसके मुलुक चुानवमा जा
हेटौडा, जेठ ६ गते । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा। खिमलाल देवकोटा ५०८८ मतभारले विजयी हुनुभएको छ । उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मतभार प्राप्त गर्नुभएको छ । यस्तै अर्का उम्मेदवार कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको छ ।
काठमाडौं, जेठ ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतप्राप्त वैकल्पिक सरकार गठनका लागि पुनः आव्हान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नलिने प्रष्ट पार्नुभएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार निर्माणको आज विहिबार आव्हान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वास
मौसम परिवर्तनसँगै रुघा-खोकी देखापर्छ । यस रोगबाट प्रायजसो सबैजना परिचित नै छन् । रुघा खोकी लागे सगैँ घाटी सकसकाउने, घाटी बस्ने दुख्ने गर्दछ । यदि यी कुराहरुलाई ध्यान नदिने हो भने यो सामान्य रोगले पछि ठुलो रोगमा परिणत हुन सक्छ । सामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस (पिनास) जस्ता अनेकौ रोगको कारण बन्न सक्छ । रुघाखोकीको घरेलु उपाचार दुध र बेसार: राती सुत्नु भन्दा अगाडि तातो दुधमा आधा चम्चा ध्यु र आधा चम्चा बेसार मिसाएर पिउनुस् । कमसेकम ३ दिन सम्म यसको सेवन गनुस् रुघा कम हुन्छ । ल्वाडः यदी राती सुत्ने बेला खोकी आको आए गरेर हैरान गर्छ भने
कोरोना भाईरस (कोभिड–१९) संक्रमण भई उपचारार्थ नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक (डीएसपी) ले ज्यान गुमाएका छन् । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएको डीएसपी राजकुमार केसीको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गएराती निधन भएको हो । कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिन अगाडी नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डीएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।
जिवछ उदासी कोरोना सङक्रमण जति बढ्दै छ,त्यति नै राजनीति सङकट पनि गहिरिँदै गइरहेको छ । सङकटबाट निकास र मुलुकको विकासको चाहना पुरा हुनुपर्छ यो जन चाहना रहेकोछ । सङकटबाट पार पाउनको लागि राजनीति सहमति संवाद र एकता आवश्यक भएपनि नेपालको राजनीतिमा प्रति सकेकेण्ड फेरबदल भइरहेकबो छ । पाँच वर्षको लागि स्थायी सरकार चलाउने जिम्मा पाएको नेपाल कम्युनिष्ट पार्टी अंशवण्डा भएर फेरि विभाजित अवस्थामा पुगि सकेपछि गैर बामपन्थी बैशाखीबाट सरकार चलाउने बाध्यता आइपुगेको छ । दशकौ मेहनत र कार्यकर्ताको सम्पर्णबाट बामपनथीले सरकार चलाउन पाएको अवसर आफ्नै कारणले रक्षत्मक अवस्थामा आइपुग्नु चिन्ताको विषय भएको छ । कम्य्नि
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A