समृद्धिपथ समाचारदाता, लहान । निष्ठा र कठोर ब्रत लिएर मनाइने हिन्दु धर्मावलम्बीहरुको साझा सांस्कृतीक प्रतिविम्बको चाड छठ पर्व बुधबारदेखि विधिवत सुरु भएको छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पर्व बुधबारदेखि विधीवत सुरु भएको हो। मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।
जिवछ उदासी लहान,लहान नगरपालिका प्रमुख मुनि साहले खेलकुदको माध्यमबाट समाजिक एकता र सदभावलाई मजबुत बनाउन सकिने बताउनु भएको छ । लहान ११ का पिडरबोनी फुटबल क्लवले आयोजना गरेको प्रथम पि एफ सी फुटवल प्रतियोगिताको उद्घाट्न गर्नु हुँदै यस्तो बताउनु भएको हो । उद्घाटन समारोहमा नगरप्रमुख साहले भन्नुभयो, ‘पिडरबोनीको युवाहरुमा समाजको प्रगति एकता र सद्भावको भावना कायम गर्न खेलकुदको माध्यमकाट अघि बढ्न खोजेको छ जुन अन्य सामाजको लागि प्रेरणाको श्रोत पनि हो ।’ फुटबल खेलप्रति पुनः युवाहरुमा चासो देखिएको नगरप्रमुख साहले भन्दै फ्ुटबल खेललाई बढाबा दिन २४ वटै वडामा नगरपालिकाबाट प्रोत्साहित गर्ने सोच
जिवछ उदासी लहान,सिरहा सुसखीपुर निवासी लुम्बिनी प्रदेशप्रमुख धर्मनाथ यादवले याृेजनावद्ध परिश्रमलेमात्रै भाग्य फेरिने बताउनु भएको छ । लहान नगरपिालिका १३ नम्बर वडाले आयोजना गरेको गएको दशैं आउनै लागेको दिपावली र छठपर्वको अवसरमा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । प्रत्येक वर्ष गरीव धनी र गरीवले लक्ष्मीपूजा गरेपनि गरीव झन् गरीव हुँदैजानु र धनि झन सम्पन्न हुँदै गइरहेकोले व्यक्तिगत , सामाजिक र देशकै भाग्य भविष्य बदलिनको लागि योजनाबद्ध परीश्रम गरेमात्रै भाग्य बदलिने प्रमुख यादबले बताउनुभयो । दशैंमा सत्यकर्म गनेर्् संकल्प लिनुपर्छ भने दिपावली लक्ष्मीपूजाले अज्ञानरुपी अन्ध
लहान । लहान नगरपालिका वडा नं ६ राधाकृष्ण चौक नजिकै नयाँ बजारमा प्रकाश स्वीट हाउस नयाँ स्वरुपका साथ सञ्चालनमा आएको छ । लहानका नयाँबजार, ग्रामिण चौक नजिकका ग्राहकहरुलाई मध्यनजर गर्दै मिठाइँ पसल सञ्चालनमा ल्याएको स्वीट हाउसका संचालक विजय साहले बताउनु भयो । यस भेगका मिठाइँ, छोला भटौरा, छोलासमोसा, दुध, दही, डेरी उत्पादनका सामानहरु पुरानो बजार जानु पर्ने समस्या हटेको मिठाइँ पसलमा बिभिन्न परिकारको स्वाद लिन आउनु भएको ग्राहक जिवछ यादवले बताउनुभयो । कतै नभएको स्वादमा छोला समोसा, विभिन्न किसिमका मिठाई खुवाउने र ग्राहकहरुलाई खुसी पार्ने पसलका साहुजी विजय साहले बताउनु भयो । हाम्रो पसल लहानमा पुरानो
दुर्गा परियार, लहान । जिल्ला सरकारी वकिल कार्यालय सिरहा, नवराजपुर गाउपालिका, इलाका प्रहरी कार्यालय महेशपुर पतारीको आयोजना र इन्सेक, ओरेक, मुत्ति नेपाल र समग्रजनउत्थान केन्द्रको सहकार्यमा बुधबार महिला हिंसा तथा बोक्सीको आरोप सम्बन्धी कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बढदो महिला हिंसा र बोक्सीको आरोपमा महिलाहरु माथी भैरहेको दुरव्यवहार कम गर्न कानूनी ज्ञान प्रदान गर्न इन्सेक लगायत अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुको सहकार्यमा जिल्ला सरकारी वकिलको कार्यालयले नवराजपुर गाउपालिकामा कार्यक्रम संचालन गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि नवराजपुर गाउपालिकाको उपाध्यक्ष शोभा यादवले आफनै गा
जिवछ उदासी लहान, लहान १ दरबार होटेलको पूर्वपटि रहेको अरुण ट्रेडर्समा आइतबार राती अगाडिको ढोकोको ताला र झ्यालको रड काटेर चाँदी , बियर र नगद सहित तीन लाख्य मूल्य बराबरको चोरी भएको छ । अरुण ट्रेडर्सका संचालक अरुण कुमार महतोको अनुसार सुखीपुर नगरपालिका १० पिताको कोरोना संङ्क्रमणले पिताको मृत्यु भएपछि मृत्यु संस्कारको लागि सुखीपुरको पुरानो घर गएको मौका छोपी चोरी गरिएको हो । एकातिर पिता मृत्युको शोक अर्कोतर्फ पसलमा लाखौ मूल्य बराबरको चोरी यो भन्दा विपत्ति के नै होला ? सोमबार विहान छिमेकीहरुले जानकारी गराएपछि घट्नाबारे इलाका प्रहरी कार्यालय लहानलाई जानकारी गराएको अरुण महतोले भन्दै लहानको लोकमार्गस
जिवछ उदासी लहान, कातिक २३ गते । युवाहरु समाजको विकासको लागि र सामाजिक विकृति हटाउन रचनात्मक कार्य गरिरहे लहान नगरपालिकाबाट सहयोग भइरहने लहान नगरपालिका प्रमुख मुनि साहले बताउनु भएको छ । लहान नगरपालिका ११ पिडरबोनीमा स्थानीय पडिरबोनी फुटवल क्लवका युवाहरुले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नगरप्रमुख साहले भन्नुभयो,‘म लहानको समृद्धि र विकासको लागि ललायिात छु । विकासको माहोल बनाउन युवाहरुमा रचनात्मक सोच आवश्यक छ जुन सोच पीडरबोनीका युवाहरुमा पाए । तपाई युवाहरु रचनात्मक कामहरुको थाल्नुी गर्नुस मेरो आवश्यक्ता जतिवेला महसुस हुन्छ, एक कल फोन गर्
जिवछ उदासी लहान, नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले गोलबजार नगरपालिका ७ मा सुविधा सम्पन्न १५ शैयाको अस्पताल र असाहय वृद्ध सेवा सदन भवनको शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममाा मन्त्री श्रेष्ठले स्थानीय तहबाट भ्याउने स्थानीय कामहरु स्थानीय तहले गर्ने , मझौला कामहरु प्रदेश सरकारले र ठूला कार्यहरु संंघीय सरकारबाट गरिने बताउनुभयो । उहाँले भन्नुभयो,सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अस्पताल वृद्धा आश्रम निर्माण गरेर यस भेगका जनाताको लागि नगरपालिकाले राम्रो कार्यको थालनी गरेको छ । शिलान्यास भएपछि दु्रत गतिमा निर्माण कार्य सम्पन्न होस् । नौ करोड मूल्य
जिवछ उदासी लहान,सामु्दायिक विद्यालयको साँख उठाउन लहान नगरपालिकाले काम गरिरहेको नगरप्रमुख मुनि साहले बताउनु भएको छ । विजया दशमी दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना सहित लहान नगरपालिकाको प्रमुखद्वारा भवन शिलान्यास कार्यक्रको सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा रहेको ५९ वटै सामुदायिक विद्यालयहरु संस्थागत विद्यालयको तुलनामा राम्रो गर्नुपर्ने प्रमुख साहले भन्दै उत्तरी भेगमा सगरमाथा माविलाई नमूना विद्यालय बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको प्रष्टयाउनुभयो । उहाँले भन्नुभयो,‘उत्तरी भेगमा नमूना विद्यालयको रुपमा सगरमाथा माविका वयवस्थापन समिति , शिक्
सिरहा । नेपाल सारकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सिरहा ३ का सांसद लिलानाथ श्रेष्ठ नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनु भएका श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शितल निवासमा आयोजित समारोहमा सिफारिस गरिएका तीन जनाले पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A