काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्। केन्द्रीय सदस्य महेन्द्र लावतीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा समर्थकसहित भेला भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जाने कार्यक्रम तय गरेका छन्। मन्त्री पदबाट राजीनामा दिएका घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रिया भाँडिएपछि आफ्नै दलमार्फत आगामी निर्वाचनमा भाग लिन लागेका हुन्। उज्यालो नेपाल पार्टीले काठमाडौं–३ सहित देशभर उम्मेदवार उठाउने तयारी अघि बढाएको जानकारी पनि पार्टीले दिएको छ। घिसिङको उम्
जनकपुरधाम । स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेपाली कम्युनिस्ट पार्टी छाडेका नेता रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। जनकपुरधाममा आयोजित परिवर्तन उद्घोष सभामा उनीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको हो। जनकपुरधामस्थित तिरहुतियागाछीमा जारी ठूलो जनसभामा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)लगायतका शीर्ष नेताहरूको उपस्थितिमा सिंह र अन्सारीले पार्टी प्रवेश गरेका हुन्। अन्सारी माओवादी केन्द्रबाट मधेश प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनले गत पुस २४ गते माओवादी केन्द्रका संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहा
काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक तथा जेनजी अगुवा सुदन गुरुङ गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रने भएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार बनेका हुन्। गुरुङ भोलि मंगलबार बिहान गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको जनाएको छ। बिहान ९ बजे गोरखकाली मन्दिरमा विशेष पूजा–अर्चना गर्ने र त्यसपछि ११ बजे मनोनयन दर्ता गर्ने तयारी गरिएको छ। विगतदेखि सामाजिक सेवामा सक्रिय गुरुङलाई स्थानीयस्तरमा युवामैत्री नेतृत्वका रूपमा हेरिएको छ। उम्मेदवारी घोषणा संगै गोरखा–१ को चुनावी माहोल थप चहलपहल भएको छ।
फिरोज सिद्दिकी लहान, माघ ४ गते । जिल्लामा समाचार संकलनमा खटिएका पत्रकारहरूको कार्यमा हस्तक्षेप बढ्दै गएको भन्दै नेपाल पत्रकार महासंघ सिराहा शाखाले कडा आपत्ति जनाएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले पछिल्लो समय पीडक पक्षको प्रभावमा परेका कथित मिडियाकर्मीहरूले तथ्य आधारित रिपोर्टिङलाई कमजोर पार्ने प्रयास गरेको र पत्रकारिताको मर्यादामाथि आघात पुर्याउने गतिविधि बढिरहेको उल्लेख गरेको हो। महासंघका अनुसार हालै ‘सुकुम्वासी ठगी’ प्रकरणमा पीडित भुट्टा यादवले पैसा लेनदेनसम्बन्धी मुद्दामा सिराहाका एक नेताको नाम कान्तिपुर टेलिभिजन तथा पत्रिकामार्फत सार्वजनिक गरेपछि, केही व्यक्
फिरोज सिद्दिकी लहान । लहानमा माघे संक्रान्तिको अवसर यस वर्ष पनि उत्साह, उमंग र सांस्कृतिक रौनकसँगै मनाइएका छन्। थारु समुदायको प्रमुख पर्व मानिने माघे संक्रान्तिलाई लक्षित गर्दै लहान नगरपालिकाका विभिन्न वडाहरूमा माघी महोत्सव तथा परम्परागत मेलाहरूको आयोजना गरिएको हो। चुरे क्षेत्रदेखि तराईका बस्तीहरू झकिझकाउ सजिए, परम्परागत भेषभूषामा सजिएका थारु महिलाजत्तिहरूको र्याली र सांस्कृतिक झाँकीले लहान बजार आज एकापट्टि सांस्कृतिक गलैँचा बनेर फैलिएको अनुभूति गरायो। लहान नगरपालिका–९ खुट्टीपारीस्थित लहानगोठ माघी मेला महोत्सवको औपचारिक उद्घाटन नगरप्रमुख महेशप्रसाद चौधरीले गरे। प्रमुख आतिथ्य
जीवछ उदासी लहान,पुस १४ गते लहान नगरपालिका वडानम्बर ६ मा रहेको लिटिल स्टार माध्यमिक विद्यालयबाट कक्षा १२ उतीर्ण गरेका तीन जना विधार्थीलाई विद्यालयले एक औपचारिक कार्यक्रमबीच सम्मान गरिएको छ । एमबिबिएसमा नाम निकाल्न सफल भएको ओम प्रकाश दास र विएससि नर्सिङगमा नाम निकाल्न सफल सरस्वती साह र मनिषा कुमारी दासलाई विद्यालयका प्रिन्सिपल जय प्रकाश साह र पमि साहले सम्मान गर्नु भएको छ । लहानबाट गुणस्तरीय शिक्षाको लागि पलायन भइरहेको विधार्थी रोक्न लहानका माध्यमिक विद्यालयहरु सक्षम भइसकेको प्रिन्सिपल साहले विश्वास व्यक्त गर्नुभयो ।''२७ वर्षमा यस विद्यालयले उत्पादन भएका विधार्थीहरु
फिरोज सिद्दिकी लहान, पौष २ गते । जिल्ला उद्योग वाणिज्य संघ, सिरहा–लहानको ३५ औँ वार्षिक साधारण सभा तथा निर्वाचनसँग सम्बन्धित विषयमा उत्पन्न असहमति टुंगिएको छ। आज बुधबार जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानमा दुवै पक्षबीच भएको छलफलपछि सहमतिका आधारमा निर्वाचन सम्बन्धी विवाद समाधान गरिएको हो। वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक रेमानीको संयोजकत्वमा सम्पन्न संयुक्त बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइली, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, मधेस प्रदेश उद्योग वाणिज्य संघका कोषाध्यक्ष
फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानका व्यवसायीहरूले संघको आगामी निर्वाचन प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन्। सम्पूर्ण व्यवसायीहरूको सामूहिक आवाजका रूपमा आयोजित उक्त प्रदर्शनमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनको सुनिश्चितता गर्न माग गरिएको हो। प्रदर्शनकारी व्यवसायीहरूले हालको निर्वाचन समिति सड्यन्त्रकारी र असक्षम भएको आरोप लगाउँदै तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्। उनीहरूले संघको विधान विपरीत निर्णयहरू लिइएको, उम्मेदवारी रद्द गरिएको तथा विधानको खुला उल्लङ्घन भएको दाबी गरेका छन्। व्यवसायीहरूको मुख्य मागहरूमा जिल्ला उद्योग व
जीवछ उदासी लहान,पुस १ गते सिरहा क्षेत्र नम्बर १ बाट जनता समसवादी पार्टी नेपालले प्रत्यक्षतर्फ सत्य नारायण यादवको एकल नाम सिफारिस गरेको छ ।क्षेत्रीय कमिटिको बैठक लहान १ स्थित गोपाल सेवा समितिमा बसेको बैठकले उहाँको एकल नाम सिफारिस गरेको छ । यसैगरी समानुपातिकतर्फ पूर्व बिना विभागीय मन्त्री राजलाल यादव,खडग नारायण चौधरी,जितेन्द्र प्रकाश महतो,भोला प्रसाद चौधरी र ललिता यादवको नाम सिफारिस गरिएको छ । प्रत्यक्ष तर्फ सिफारिस हुनु भएको यादव मधेश आन्दोलनको समयमा नेकपा एमाले छाडेर तत्कालिन मधेशी जनअधिकार फोरम,पछि फोरम छाडेर नेकपा एकिकृत समाजवादी र केहि महिना अघि जनता सम
काठमाडौँ । लुम्बिनी रोयल्सले एनपीएलको उपाधि जित्दै इतिहास रचेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ८५ रनमै समेट्दै लुम्बिनीले सहज जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमै ८५ रनमा अलआउट भयो। सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएलको संयुक्त रूपमा चौथो न्यून स्कोर हुनुका साथै एनपीएल फाइनलको सबैभन्दा कम योगफल हो। लुम्बिनीका बलरहरूको धारिलो प्रदर्शनले सुदूरपश्चिमको इनिङ्स तहसनहस बनायो। कप्तान रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए। रोहित पौडेलले ११औं ओभरमा लगातार
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A