समाचार

    Showing ७७१-७८० of १,२६८ items.
  • करार कर्मचारी हटाउँदै सिरहाका स्थानीय तह

    फिरोज सिद्दिकी, सिरहा । सिरहा जिल्लाका केही स्थानीय तहले करारमा रहेका कर्मचारीलाई धमाधम हटाउन थालेका छन् । ती स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० देखि करार सम्झौता नगर्ने जनाएका हुन् । लहान नगरपालिकाले करार कर्मचारीलाई हटाएको सूचना जारी गरेको केही दिनपछि गोलबजार नगरपालिका, नरहा गाउँपालिका, अर्नमा गाउँपालिका, विष्णुपुर गाउँपालिकालगायतका पालिकाहरुले पनि सूचना जारी गर्दै करारमा काम गरिरहेका कर्मचारीको म्याद थप नहुने जानकारी दिएको हो । लहान नगरपालिकाले एक सूचना जारी गरी असार ३१ गतेभित्र म्याद थप नभएका करारका कर्मचारीहरु साउन १ गतेबाट हाजिर नगर्न जानकारी गराएको छ । म्याद थप नभएका करारका कर्म

    • प्रकाशित मितिः असार ३२, २०७९
    • १,२४२ पटक पढिएको
    • समृद्धिपथ
  • प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन्। प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै सत्ता गठबन्धनबाट साँझा उम्मेदवार भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्। भुसाल नेपाली कांग्रेसको सचेतक थिइन्। भुसालले १४८ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्। १ मत तटस्थ रहेको थियो। उपसभामुखका लागि दुईटा उम्मेदवारी परेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनमा लगेका थिए। संविधानसभा सदस्यसमेत रहेकी भुसालले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी छन्। भुसाल कानुनविद् पनि हुन्। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्

    • प्रकाशित मितिः असार ३१, २०७९
    • ४९१ पटक पढिएको
    • समृद्धिपथ
  • हजयात्रालाई सहज र सुलभ बनाउन नेपाल मुस्लिम इत्तेहाद संगठनको माग, माग पूरा नभए आन्दोलनको चेतावनी

    सिरहा । साउदी अरेवियाको मक्का मदिना हजगर्न जाने नेपाली हजयात्रीका लागि सरकारले निर्धारण गरेको शुल्क अव्यावहारिक भएको भन्दै सिरहाका मुस्लिम समुदायको ध्यानाकर्षण भएको जनाएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र धार्मिक स्थल मक्कामदिनामा हज गर्न जाने नेपालीका लागि नेपाल हज कमिटीले तोकेको चर्को शुल्कप्रति आपत्ति जनाउँदै नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले तत्काल सच्याउन सरकारसँग माग गरेका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत गृह मन्त्रालयलाई पठाइएको ज्ञापन पत्रमा तोकिएको चर्को शुल्कसम्बन्धी निणर्यको घोर निन्दा एवं भर्तसना गर्दै विगतको भन्दा दोब्बर शुल्क ब

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • ५७८ पटक पढिएको
    • समृद्धिपथ
  • नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप, प्रहरीले गर्‍यो हवाइ फायर

    काठमाडौं। बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ। दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो। बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो। तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ। झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन्। धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • ४१६ पटक पढिएको
    • समृद्धिपथ
  • तराई मधेशमा ‘बटसावित्री’ पर्व मनाइदै

    लहान । पतिको दीर्घायुको कामना गर्दै तराई मधेशका जिल्लाहरुमा बटसावित्री ’बरसाइत’ पर्व मनाएका छन्। पतिको लामो आयु तथा दीर्घायु जीवनको कामना गर्दै सोमबार सिरहाको लहानमा पनि विवाहित महिलाले बटसावित्री पर्व मनाएका हुन्। आफ्ना पतिको दिर्घायु र सु-स्वास्थ्यको कामना गर्दै यस क्षेत्रका महिलाले यो पर्व मनाउने गर्छन् । वरको बृक्षमा धागो बाँधेर विधीपूर्वक पूजापाठ गर्दै यो पर्व मनाइन्छ । महिलाले बटवृक्षको नजिक पूजा गर्दा पतिको आयु लामो र स्वास्थ्य राम्रो हुने धार्मिक जनविश्वास रहि आएको छ। बटसावित्री पूजालाई मिथिला भाषामा ’बरसाइत’ पनि भन्ने चलन रहेको लहान ९ का व्रतालु लक्ष्मी साह

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १,१६९ पटक पढिएको
    • समृद्धिपथ
  • जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन, जहाजको खोजीमा हेलिकोप्टर परिचालन

    काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको छ । जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना सवार थिए ।जहाज बिहान ९ बजेर ५५ मिनेटमा २ विदेशी, ४ भारतीय, १३ जना नेपाली ३ जना चालक दलका सदस्य थिए। जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए।यात्रुहरुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजीना श्रेष्ठ थिए । यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामा

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • ४२४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाका मेयर यादव आफैं झारु लिएर सफाई गर्न निस्केपछि

      जीवछ उदासी  लहान,जेठ १४ गते ।  सिरहा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएको केहि दिनपछि डा नविन यादव आफै झारु लिएर सरसफाईको लागि निस्कनु भएको छ ।  सुन्दर विकसित सिरहा नगरपालिका बनाउने प्रतिवद्धता गरेर मेयरमा सिरहा नगरवासीले जिताएकोले परिवर्तन र विकासको लागि सधैं अगुवाई गरिरहने उहाँले बताउनु भएको छ ।  मेयर नहुँदा सिरहा स्थित चन्द्र माध्यमिक विद्यालयलाई भौतिक र शैक्षिक परिवर्तनको लागि योगदान गरेकोले सिरहा नगरपालिकाको विकास र समृद्धिको लागि नगरवासीले सुम्पेको जिम्मेबारी पुरा गरि छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख यादवले भन्नुभयो,'शिक्षा स्वास्थ्य र कृष

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ६०२ पटक पढिएको
    • समृद्धिपथ
  • जनताको सेवक भएर इमान्दारिताका साथ काम गर्छु: राजकुमार यादव

    लालविहारी यादव, लहान । लहान नगरपालिका वडा नम्बर २१ का नवनिर्वाचित वडाध्यक्ष राजकुमार यादवले जनताको सेवक भएर इमान्दारिताका साथ काम गर्ने बताउनुभएको छ । शुक्रबार लहान २१ कालावञ्जर स्थित पदभार ग्रहण गर्दै अध्यक्ष यादवले आफू जनताको सेवक भएर इमान्दारीपूर्वक काम गर्ने बताउनु भएको हो । यस वडालाई समृद्ध बनाउने आफ्नो अभियान रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो - ‘म जनताको सेवक, इमान्दारिताको साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । लहान २१ नम्बर वडालाई समृद्ध बनाउने अभियानमा म निरन्तर इमान्दारीताका साथ काम गर्नेछु भन्ने प्रतिज्ञा गर्छु ।’ पदभार ग्रहण गर्दै वडाध्यक्ष यादवले आफ

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • ८५७ पटक पढिएको
    • समृद्धिपथ
  • सस्तो लोकप्रियताका लागि लहानका मेयरले दिएको भ्रामक अभिव्यक्तिप्रति नेकपा एमाले लहानको चेतावनी

    लहान । सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात लहान नगरपालिकाका नव निर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले सार्वजानिक मञ्चहरुमा दिएको भ्रामक अभिव्यक्तिप्रति नेकपा एमाले लहान नगर कमिटिको ध्यान आकर्षण भएको प्रेस विज्ञप्ती मार्फत जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै नेकपा एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साहले जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्तालगायतका व्यक्तिगत घट्ना दर्तामा स्थानीय सञ्चालन ऐन २०७४ अनुसार पहिलेदेखि नै निःशुल्क रहेकोलाई नगरप्रमुख चौधरीले निःशुल्क घोषणा गर्नु सस्तो लोकप्रियताको लागि भ्रामक अभिव्यक्ति रहेको जनाएको छ । विज्ञप्तीमा भनिएको छ- ज्यालादारीमा काम गर्ने नगर

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • ५,५२१ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार नगरपालिकामा एमालेको मेयर उपमेयर मा शानदार जीत

    जीवछ उदासी  लहान, जेठ १० गते । गोलबजार नगरपालिकाको मेयर उपमेयर दुबै पदमा नेकपा एमाले जीत निकालेको छ । मेयरमा श्याम कुमार श्रेष्ठ र उपमेयरमा मान्ती कुमारी साह निवार्वाचित भएका हुन् ।  मेयर पदमा श्रेष्ठले नेकपा माओवादीका उम्मेदबार देवनाथ साहलाई २,२०७ मतले पराजित गरेको छ । उपमेयरमा मान्ती कुमारी साहले माओवादीकै रेशम कुमारी थापालाई २,०६० मतले पछि पार्नु भएको हो ।  २०७४ सालको स्थानीय चुनावमा देवनाथ साह भन्दा १,३५४ मतले पछि पर्नु भएको श्रेष्ठ यसपटक जीत निकाल्न सफल हुनु भएको छ । नेकपा एमालेको जिल्ला उपसचिव समेत रहनु भएको श्रेष्ठ विकासप्रेमी र जनसेवी छवि बनाएकोले शानदार जीत निक

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • ८४९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A