समाचार

    Showing ८१-९० of १,२६८ items.
  • लहानमा आधादर्जनभन्दा सरकारी कार्यालयमा तोडफोड र आगजनी

    जीवछ उदासी लहान,भदौ २४ गते जेनजीले गरेको आन्दोलन लहानमा उग्र हुँदै गएपछि लहानको आधा दर्जनभन्दा सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेको छ । विहान इलाका प्रहरी कार्यालय लहान आगाडी सडकमा टायर बालेर थालेको आन्दोलन उग्रहुँदै गएपछि लहान -१० मा रहेको लहान नगरपालिका,डिभिजन वन कार्याललहान,घरेलुकार्यालय,यातायात कार्यालय लहान र आन्तरिक राजश्व कार्यालय लहानमा आगजनी र तोडफोड गरेको छ । इलाका प्रहरी कार्यालय आगाडि आन्दोलनकारीहरुले प्रदर्शन जारी राखेको छ । विहानदेखि प्रदर्शन जारी रहेको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • ४५५ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटले सुशान्त केसीलाई ब्रान्ड एम्बासडर घोषणा गर्दै ‘Internet for Dreamers’ अभियान सुरु

    काठमाडौं । लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘Internet for Dreamers’ सुरु गरेको छ। भायानेटले सुरु गरेको उक्त अभियानको उद्देश्य डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू तथा इन्टरनेटमार्फत आफ्नो क्षमता प्रदर्शन गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने रहेको छ। चर्चित कलाकार सुशान्त केसीको संगीत यात्रा इन्टरनेटबाटै सुरु भएको थियो। आफ्ना गीतहरू अनलाइन सार्वजनिक गर्दै लोकप्रिय बनेका केसी आज नेपाली संगीत क्षेत्रमा सफल कलाकारका रूपमा स्थापित छन्। सोही कारण भायाने

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ६४७ पटक पढिएको
    • समृद्धिपथ
  • भानु आविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्याम सदाय

    जीवछ उदासी  लहान,भदौ १८ गते  लहान नगरपालिका -२ स्थित श्री भानु आधारभुत विद्यालयमा डाकिएको अभिभावक भेलाबाट आज श्याम सदाय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएको छ ।  सदस्यहरुमा क्रमश: चौठी महतो,वविता राम,देवनाथ यादव सियाराम यादव शिक्षक प्रतिनिधि चाँदनी यादव र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक किन्त्रराज प्रसाद गुप्ता रहेका छन् ।  २०३९ सालमा स्थापना भएको भानु आधारभुत विद्यालयको हाल बेहाल भएपछि विद्यालयको सुधार गर्न र पुरानो साँख फिर्ता ल्याउन युवा प्रधानाध्यापक किन्त्रराज प्रसाद गुप्ता (सन्तोष ) लाई पठाएको लहान नगरपालिका शिक्षा शाखा प्रमुख अमिरी यादवले बताउनुभय

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ८१४ पटक पढिएको
    • समृद्धिपथ
  • मृतक सदाय परिवारलाई राहत वितरण

    जीवछ उदासी  लहान,भदौ १८ गते  लहान-१९ कटहाका मृतक सदाय परिवारको घरमा पुगेर लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले राहत वितरण गर्नु भएको छ ।  गएको शनिबार भदौ १४ गते विद्युत सिटि रिक्सामा करेन्ट लागेर ४७ वर्षिय चमकलाल सदायको मृत्यु भएको थियो ।  लहान वडा नम्बर -१९ का वडाध्यक्ष मो कमरुदिनले मृतक सदायको मृत्यु भएको जानकारी लहान नगरपालिकामा गराएपछि आज बुधवार १ क्विन्टल चावल ५ किलो दाल ३ किलो नुन र ३ लिटर तेल लिएर मृतक सदायको घर पुगेर राहत वितरण गर्नुभयो ।  राहत ग्रहण गर्दै मृतक सदस्यको पत्नी सावित्री सदस्यले कक्षा १२ उतीर्ण गरेको छोरा कृष्ण सदायलाई नगरपालिकामा रोजगारी

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ५३५ पटक पढिएको
    • समृद्धिपथ
  • सहरमा नहर विवाद

    जीवछ उदासीलहान,भदौ १८ गते लहान नगरपालिका वडा नम्बर १० मा खुटी नहरको पानी निकासको लागि निर्माण भएको हेडवक्र्स सञ्चालनमा नआउँदै सहरी क्षेत्रमा खुटी नहरको विवाद पेचिलो बन्दै गइरहेको छ । चार वर्ष अघि आठ करोड ७२ लाखको लागतमा निर्माण भएको हेडवक्र्सबाट नहरमा पानी निकास भए दक्षिण भेगका ९३५ विगहामा सिँचाई हुने लक्ष्यको साथ निर्माण गरिएको हेडवक्र्सबाट पानी निकास हुने खुटी नहर किसान संघर्ष समिति प्रयासरत रहेको छ भने नहरमाथि र नदी गहिरो हुँदै गएकोले यसबाट पानी बग्न नसक्ने तर्क सहरी क्षेत्रका स्थानीयहरुले गर्दै आइरहेका छन् । चन्द्र शमशेरको पालामा नै गौरवको नौ वटा आयोजनाहरुमध्ये एक लहानको खुटी नहर सञ्चाल

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ७४५ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकलाई करारको म्याद थप्ने कार्य सहय छैन : उपाध्यक्ष काम्ती

    जीवछ उदासी  लहान भदौ १६ गते  नेपाल राहत शिक्षक समितिका केन्द्रिय उपाध्यक्ष शिब शङकर काम्तीले राहत शिक्षकको करार म्याद थप्ने कार्य स्वीकार्य नभएको बताउनु भयो ।  गएको शनिबार नेपाल राहत शिक्षक समितिले राहत शिक्षकको समस्यामा प्रधानाध्यापकहरुको सहयोग विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको थियो ।  राहत शिक्षक दरबन्दीमा नै नरहेकोले अस्थायी प्रकृतिको शिक्षक जस्तै ६ / ६ महिनामा करार म्याद थप्नुपर्ने पालिकामा रहेको शिक्षा शाखाहरुले दुख दिइने र मानसिक तनाव थप्ने कार्य बन्द गर्न उहाँले आग्रह र चेतावनी दुबै दिनुभयो । उहाँले भन्नुभयो,' नयाँ शिक्षा ऐन आएपछि सबै कुरा प्रष

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ८२३ पटक पढिएको
    • समृद्धिपथ
  • गोपाल सेवा समिति लहानद्वारा वृक्षारोपण

      जीवछ उदासी  लहान,भदौ १६ गते गोपाल सेवा समिति लहानले २४ औ स्थापना दिवसको अवसरमा जेएस मुरारका बहुमुखी क्यामपस लहानको खुल्ला मैदानमा वृक्षारोपण गरेको छ ।  वृक्षा रोपण कार्यक्रममा मधेश प्रदेशका वन तथा पर्यावरण मन्त्री सन्जय यादव लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी गोपाल सेवा समितिका अध्यक्ष गणेश यादव जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादव समाजसेवी सत्य नारायण यादव वातावरणविद् दिनेश यादव क्यामपस प्रमुख सन्जय चौधरी सहायक क्यामपस प्रमुख सजन कुमार साह जेएस मुरारका माध्यमिक विद्यालय संयोजक जीवछ उदासी,सदस्य सुदिप महतो लगायतका विभिन्न दलका नेता कार्यकर्ताहरु सहभागी भएका थिए

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ६४७ पटक पढिएको
    • समृद्धिपथ
  • भूमि विधेयक खारेजीको माग गर्दै सिरहाको लहानमा विरोध प्रदर्शन

    फिरोज सिद्दिकी लहान (सिरहा) । सरकारले ल्याएको भूमि विधेयक गरिब, दलित र भूमिहीनहरूको हितविपरीत रहेको भन्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहाले कडा आपत्ति जनाउँदै आइतबार लहानमा बृहत् विरोध प्रदर्शन तथा कोणसभा गरेको छ। लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको र्‍याली विभिन्न नाराबाजी गर्दै बजार परिक्रमा गरी सहिद पार्क अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रम क्षेत्र नं.–१ का क्षेत्रीय अध्यक्ष प्रयागलाल यादवको अध्यक्षता रहेको थियो। वक्ताहरूले भूमि विधेयक लागू भएमा चुरे क्षेत्रको विनाश, वन संहार, पानीको हाहाकार र मधेशमा खडेरी जस्ता गम्भीर समस्या निम

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ५९१ पटक पढिएको
    • समृद्धिपथ
  • लिटिल स्टार स्कूलमा रक्तदान कार्यक्रम सम्पन्न, विद्यार्थी–शिक्षकको उत्साहपूर्ण सहभागिता

    फिरोज सिद्दिकी लहान, भदौ १३ गते । लहान–६ स्थित रहेको लिटिल स्टार सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूलमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको आफ्नै सभा हलमा आयोजित कार्यक्रममा विद्यार्थी र शिक्षक कर्मचारीहरूले रक्तदान गरेका हुन्। विद्यालयका प्रिन्सिपल जयप्रकाश चौधरीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले भने, 'हाम्रो पनि सामाजिक उत्तरदायित्व छ। विद्यालयमा अध्ययनरत २ हजार विद्यार्थी र ११३ जना शिक्षक कर्मचारीलाई कहिल्यै रगतको आवश्यकता पर्न सक्छ वा समाजमा पनि आवश्यक हुन सक्छ। केही हदसम्म भएपनि हामीले आफ्नो उत्तरदायित्व पूरा गर्ने प्रयास

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • १,६१९ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा भव्य मोहम्मद डेको जुलुसको तयारी, झण्डा अनिवार्य, मोटरसाइकल र डिजे साउन्डमा रोक

    फिरोज सिद्दिकी  लहान । लहानमा यस वर्षको मोहम्मद डेको जुलुस आगामी भदौ २० गते शुक्रबार (जुमाको दिन) बिहान ८:३० बजे निकालिने भएको छ । जुलुस बाख्रा बजारबाट सुरु हुने जनाइएको हो। यसका लागि बिहीबार बिहान युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल, लहान मुस्लिम समाज र विभिन्न मदरसाका प्रतिनिधिहरूबीच विशेष बैठक बसेको थियो । बैठकमा जुलुसलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन नियम बनाइएका छन् । बैठकले यसपटकको जुलुसलाई अझ अनुशासित बनाउन केही कडाइ गर्ने निर्णय गरेको छ । महिलाहरूलाई जुलुसमा सहभागी नगराइने, मोटरसाइकल लिएर आउन नपाइने, साउन्ड सिस्टम ठूलो स्वरमा बजाउन नपाइने नियम तोकिएको छ । त्यस्तै, हरेक

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ८०० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A