३ असार, लहान । सिरहा प्रहरीले काठसहितका दुई वटा मिनि टिफर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाले सोमबार राति करिब १० बजे मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७, फुलबरियाबाट ती गाडीहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा कटारीतर्फबाट मिर्चैयातर्फ काठ ल्याइँदै गरेको थाहा पाएपछि सवारी जाँचका क्रममा म.प्र.०३–००१ च.७१४४ र अर्को एउटा मिनि टिफर गाडी नियन्त्रणमा लिइएको हो। गाडीका चालकहरूलाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर सन्तोष कुमार बुढाथोकीले जानकारी दिनुभयो। प्रहरीले काठ वन कार्यालयलाई बुझाउन
२ असार, लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघ, लहान, सिरहा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाऔं महाअभियानले साना उद्यमी, श्रमजीवी, किसान र विपन्न वर्गको हितका लागि ९ बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। लहानमा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबार जारी विज्ञप्तिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक तथा सरकारको मौजुदा आर्थिक नीतिलाई जनविरोधी र पूँजीपति–मुखी भन्दै कडा आलोचना गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “मुलुकको आर्थिक विकासले गति लिन नसक्नुमा वित्तीय माफियाको चलखेल, बैंक तथा वित्तीय संस्थाको मनोमानी ब्याजदर, अराजक ऋण नीतिहरू जिम्मेवार छन्।”
१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार मधेश प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री सुनिल कुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन्। बजेटमध्ये १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ चालू खर्चतर्फ र ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। यो वर्षको बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता दिइएको देखिन्छ। स्रोत व्यवस्थापन यथापि चुनौतीपूर्ण बजेटका लागि ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ आन्तरिक राजस्वबाट उठाउने लक्ष्य राखिएको छ। संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदानमार्फत
फिरोज सिद्दिकी १ असार, लहान । लहान नगरपालिकाका उप–प्रमुख रामचलितर महतोले नगरपालिकामा भइरहेको अनियमितता, गैरजिम्मेवार गतिविधि र आफूलाई गरिएको गलत व्यवहारको विषयमा प्रमुख प्रशासकीय अधिकृत जयकान्त झासँग लिखित जवाफ माग गरेका छन्। उप-प्रमुख महतोले पालिकाभित्र योजना छनोटदेखि बजेट विनियोजन, कार्यान्वयन प्रक्रियामा पारदर्शिता नहुनु, उप–प्रमुखको भूमिकालाई योजनाबद्ध रूपमा पन्छाउने प्रयास तथा पालिकाको आधिकारिक बैठक र निर्णयहरूमा समेत उपेक्षा गरिएको भन्दै गम्भीर आपत्ति जनाएका हुन्। उनले भने- संघीय लोकतान्त्रिक संरचनाअनुसार उप–प्रमुखको भूमिकालाई कानुनी रूपमा सुनिश्चित गरिएको भए पनि कार
जनकपुरधाम, जेठ ३० । नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यसमितिको तेस्रो बैठक शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ। करिब पाँच घण्टा लामो छलफलपछि सम्पन्न भएको बैठकमा उपाध्यक्ष अम्बिका दाहालसहित कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। बैठकले पत्रकारिता क्षेत्रको समग्र हितका लागि १३ महत्वपूर्ण निर्णयहरू पारित गरेको हो। बैठकले महासंघको प्रदेश कार्यालय भवन निर्माण कार्यलाई तीव्रता दिने निर्णय गर्दै सञ्चार क्षेत्रको विकाससँगै भौतिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिएको जनाएको छ। साथै, आमसञ्चार प्राधिकरणमार्फत पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई प्रदान गरिने विज्ञापन रकममा
काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारको टोलीले उनलाई राजधानी काठमाडौंको अनामनगरबाट पक्राउ गरेका हुन्। कुशवाहा महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहिसकेका छन्। यसअघि अख्तियारले १२ जेठमा कुशवाहाको घरमा छापा मारेको थियो। छापाको क्रममा अख्तियारले विभिन्न योजना सम्बन्धी कागजातहरू बरामद गरेको थियो भने उनका मोबाइलहरू नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो। त्यसै दिन
एजेन्सी अहमदावाद, भारत । बिहीबार अपराह्न भारतीय राष्ट्रिय ध्वजावाहक कम्पनी एयर इन्डियाको लन्डन ग्याटविकका लागि उडेको विमान (उडान संख्या AI171) टेकअफ गरेको केही क्षणमै दुर्घटनामा परेको छ। विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न १:३८ बजे उडेको यो बोइङ ७८७–८ ‘ड्रिमलाइनर’ विमानले उडानपछि केही सेकेन्डमै “Mayday” संकेत गरेको थियो। त्यहीबेला विमान रडारबाट हराएको थियो। केही समयपछि विमान अहमदावादको मेघानीनगरस्थित आवासीय क्षेत्रमा ठोक्किएको पुष्टि भएको हो। दुर्घटनामा मानवीय क्ष
फिरोज सिद्दिकी लहान, जेठ २९ गते । सरकारद्वारा सुनचाँदी गहनामा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै लहानका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाइमा विहीबार लहानमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएका हुन्। व्यवसायीहरूका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी गहनामा गरिएको कर वृद्धि व्यवसायमै संकट निम्त्याउने खालको रहेको छ। सरकारको निर्णयविरुद्ध आज र भोलि देशभरका सम्पूर्ण सुनचाँदी पसल बन्द रहने संघले जनाएको छ। लहान सुनचाँदी व्यवसायी संघ लहानका अध्यक्ष नन्दकिशोर गुप्तासहित प्रतिनिधिमण्डलले इ
फिरोज सिद्दिकी लाहान, जेठ १५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लाहान-३ स्थित अस्पताल चोकमा नवनिर्मित ‘फेमिली डेन्टल क्लिनिक’को उद्घाटन गरेका छन्। बिहीबार एक विशेष समारोहबीच नगरप्रमुख चौधरीले रिबन काटेर क्लिनिकको औपचारिक शुभारम्भ गरेका हुन्। स्वस्थ दाँत तथा मुख स्वास्थ्यप्रति जनचेतना र पहुँच वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको उक्त क्लिनिकले आधुनिक प्रविधियुक्त उपकरणमार्फत सेवा प्रदान गर्ने जनाएको छ। क्लिनिकका सञ्चालक डाक्टर मो. अफरोजले आधुनिक उपकरण तथा प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा दिने उद्देश्यसहित क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुस
सिराहा । सिरहाको भगवानपुर गाउँपालिका–२, गमहरियामा नयाँ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। एक विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले उक्त भवनको शिलान्यास गरेको हो। शिलान्यास समारोहमा बोल्दै अध्यक्ष यादवले हरेक नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य चौकीको निर्माण प्रक्रिया सुरु गरिएको जानकारी दिए। ‘गाउँवासीलाई आधारभूत स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष यादवले भने, ‘स्वास्थ्य पहुँच नागरिकको मौलिक अधिकार हो, यसलाई सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध छ।’गाउँपालिका स्रोतका अनुसार
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A