समाज

    Showing २०१-२१० of ८५९ items.
  • ‘खुटी नहरको विवाद समाधान सहमतिबाटै खोजौ’

    जीवछ उदासीखुटी नहर सञ्चालन गरेर लहानको दसवटा वडाका ९३५ विगहा खेतमा पानी पुरयाउन माग सहित किसानहरुले लहानमा प्रदर्शन गरेपछि लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले आन्दोलित पक्षसँग सम्वादबाट समस्याको समाधान सहमतिबाटै खोज्न आग्रह गर्नु भएको छ । कातिक ११ गते खुटी नहर सञ्चालनको लागि गठित संघर्ष समितिले प्ले कार्डसहित लहानमा प्रदर्शन गरेपछि नगरपालिकाबाट आधिकारिक धारणा राख्न सोमबार लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले पत्रकामर सम्मेलन गरेर सम्बादबाट समस्यउाको समाधानको लागि आग्रह गर्नु भएको हो । लहान नगरप्रमुख महेश प्रसाद चौधरीले पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुस

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • ४०७ पटक पढिएको
    • समृद्धिपथ
  • आज लक्ष्मी पूजा : धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै

    लहान । आज नेपालीहरूले धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मी पूजाको पर्व धूमधामका साथ मनाउँदैछन्। तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पूजाको दिन, साँझ पख घरको सफा गरेर, झ्यालढोकामा रंगीन बत्ती र फूलमालाले सजाई देवी लक्ष्मीलाई आमन्त्रित गर्ने परम्परा छ। यस अवसरमा मानिसहरूले आ–आफ्ना घर, कार्यालय, पसल र वित्तीय संस्थाहरूलाई विशेष रूपमा सजाउँछन्। यस पर्वको विशेषता भनेको धन र ऐश्वर्यको प्रतीक मानिने देवी लक्ष्मीलाई आह्वान गर्नु हो। परम्परागत मान्यताअनुसार यस दिनले आर्थिक समृद्धि र सुख–शान्ति ल्याउने विश्वास गरिन्छ। घरको सबैभन्दा सफा कोठामा लक्ष्मीको प्रतिमा राखी तेलको दियो, मखमल

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • ४९५ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरप्रमुखद्वारा खुट्टी नहर विवाद समाधान गर्न वार्ताको आह्वान

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले खुट्टी नहर सिंचाई समस्याको दीर्घकालीन समाधानका लागि वार्ता र सहकार्यको माध्यम अपनाउन आग्रह गरेका छन्। आज नगरप्रमुखकै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा हालसम्म सिंचाई सुविधाबाट वञ्चित रहेका किसानलाई पानीको पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै यो विषयमा सबै पक्षसँग समन्वय गर्ने प्रयास भइरहेको जानकारी गराएका हुन्। नगरप्रमुख चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै खुट्टी नहरसँग सम्बन्धित विवादलाई वार्ता र सहमतिबाट समाधान गर्न आग्रह गर्दै उनले भने, “हामी विकल्पका माध्यमबाट समस्याको समाधान खोज्न इच्छुक छौं,

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ४०४ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा किसानद्वारा खुट्टी खोला सिंचाई नहर संरक्षणका लागि विरोध र्‍याली

    फिरोज सिद्दिकी लहान । किसानहरूले खुट्टी खोला सिंचाई नहरलाई ढलका रूपमा प्रयोग गर्ने लहान नगरपालिकाको कार्यको विरोध गर्दै आज लहानमा एक विशाल र्‍याली निकालेका छन्। खुट्टीखोला नहर सिंचाई संघर्ष समितिको अगुवाइमा आयोजित र्‍यालीले “नहरलाई ढल बनाउन पाइदैन”, “किसान विरोधी मेयर चाहिदैन” र “किसानको माग पुरा गर” जस्ता नाराका साथ विरोध र्‍याली निकालेका हुन्। र्‍यालीको सुरूवात लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट भएको थियो, जहाँ सयौं किसानहरूको उत्साहपूणर् सहभागिता देखिएको थियो। नगरका विभिन्न भागको परिक्रमा गर्दै र्‍याली शहिद चौ

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ६१४ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकामा सिंचाई समस्याबारे छलफल, सर्वपक्षीय संयन्त्र गठन

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकामा सिंचाई समस्या र अन्य जनसरोकारका विषयमा आवश्यक निणर्य गर्न नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिहरूबीच एक संयुक्त बैठक सम्पन्न भएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीको अध्यक्षतामा बसेको यस बैठकमा सिंचाई सुविधा, किसान अधिकार तथा अन्य स्थानीय मुद्दामा छलफल भएको हो। बैठकमा नगरप्रमुख महेशप्रसाद चौधरी, मधेस प्रदेश सांसद राजेन्द्रप्रसाद चौधरी, नेकपा एमालेका नगर इन्चार्ज राजेन्द्र प्रसाद शाह, नेकपा एमाले लहानका नगर अध्यक्ष राजकुमार साह, नेपाली कांग्रेसका उपसभापति सुनिल महतो, लहान १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अरुण केसी,

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • ३१९ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा विद्यार्थी नेता सन्तोष यादवमाथि हमला, २४ घण्टाभित्र कारवाहीको माग

    फिरोज सिद्दिकी  लहान । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सिराहाका सदस्य तथा विद्यार्थी नेता सन्तोष यादवमाथि भएको आक्रमणपछि स्थानीय विद्यार्थी नेताहरू आन्दोलित भएका छन्।  लहान नगरपालिका-१९ निवासी यादवलाई यही कार्तिक ०३ गते राति आफ्नै घरमा बसिरहेको अवस्थामा केही समूहले घरेलु हतियार प्रयोग गर्दै आक्रमण गरेको घटनालाई प्रहरीले बेवास्ता गरेको भन्दै आन्दोलित भएका हुन्।  उक्त आक्रमणबाट यादव गम्भीर घाइते भएका छन् र उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रेस विज्ञप्ति मार्फत जनाएको हो। विद्यार्थी संघले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउ

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • ३७२ पटक पढिएको
    • समृद्धिपथ
  • लहानको नहरमा ढल निर्माण रोक्न मधेश सरकारको निर्देशन

    फिरोज सिद्दिकी  लहान । मधेश प्रदेश सरकारको जलस्रोत तथा सिंचाइ विकास डिभिजन, सिराहाले लहान नगरपालिकालाई खुट्टी खोला सिंचाइ योजनाको नहरमा ढल निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको छ।  डिभिजन प्रमुख हसमत अन्सारीद्वारा हस्ताक्षरित पत्र अनुसार, खुट्टी खोला सिंचाइ योजनाको हेडवर्क्स निर्माण कार्य पूरा भइसकेको छ र अब नहरहरुबाट पानी प्रवाह गर्दै कृषियोग्य जमिनमा सिंचाइ सुविधा प्रदान गर्न आवश्यक रहेको बताइएको हो। योजनाको लागि चालु आर्थिक वर्षमा बजेट नछुट्टाइएकाले थप बजेट माग गरिएको पत्रमा उल्लेख छ। तर, हाल सो नहरमा ढल निर्माण भइरहेको जानकारी प्राप्त भएकोले यसले नहरको पानी प्रदूषित हुने र

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • ७८५ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगर प्रमुखको विज्ञप्तिप्रति नेकपा एमालेको गम्भीर आपत्ति

    लहान । लहान नगर प्रमुखद्वारा हालै जारी गरिएको प्रेस विज्ञप्तिप्रति नेकपा एमाले लहानले गम्भीर आपत्ति जनाउँदै खेद व्यक्त गरेको छन्।  नेकपा एमाले लहानका अध्यक्ष राजकुमार साहले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले कुनै पनि योजनाको निर्माण कार्य अघि बढाउनु अघि आवश्यक डिजाइन, इष्टिमेट तथा जानकारी सार्वजनिक नगरी गैरजिम्मेवारीपूर्ण तरिकाले काम अघि बढाएको भन्दै आलोचना गरेका हुन्। नेकपा एमाले लहानका नगर अध्यक्ष साहले खुट्टी खोलामा बनेको हेड बक्सभन्दा १.५ किलोमिटरको दूरीमा निर्माण भइरहेको अन्डरग्राउण्ड ढल/नहर कुनै पनि बेला खोलाबाट आउने बालुवाले भरिएर बन्द हुन सक्ने जोखिम रहेको बताएका छन्। यसले बजार

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • ४३१ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा पत्रकार पक्राउको पत्रकार महासंघद्वारा भत्सना

    फिरोज सिद्दिकी सिरहा । सिरहाबाट प्रकाशित हुने पत्रिका “दस्तक खबर’’ का सञ्चालक विजय साहलाई इलाका प्रहरी कार्यालय लहानका प्रमुख विष्णुप्रसाद सोतीको नेतृत्वमा पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गम्भीर आपत्ति प्रकट गरेको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार साहको गिरफ्तारीलाई प्रेस स्वतन्त्रताको घोर उल्लङ्घन भएको ठहर गर्दै यस घटनाको घोर भत्सना र निन्दा गरेको हो। पत्रकार महासंघका महासचिव श्याम बञ्जाराले जारी गरेको विज्ञप्तिमा श्रमजीवी पत्रकारमाथि गुण्डागर्दी शैलीमा कार्यालयबाटै पक्राउ गरिनु दुःखद र गम्भीर विषय भएको उल्लेख छ। बडा दशैंको अवसरमा

    • प्रकाशित मितिः कार्तिक ३, २०८१
    • ६५९ पटक पढिएको
    • समृद्धिपथ
  • प्रेस चौतारी नेपाल केन्द्रीय समितिद्वारा पत्रकार साहको पक्राउको कडा विरोध

    फिरोज सिद्दिकी सिरहा । प्रेस चौतारी नेपाल केन्द्रीय समितिले सिरहा जिल्लाका सदस्य तथा दस्तक खबरका सञ्चालक विजय साहको पक्राउको कडा विरोध गर्दै घटनाको निन्दा गरेको छ। इलाका प्रहरी कार्यालय लहानका प्रमुख विष्णुप्रसाद सोतीको नेतृत्वमा साहलाई दस्तक खबरको कार्यालयबाट पक्राउ गरिएको घटनालाई प्रेस स्वतन्त्रता र मानव अधिकारको उल्लंघनको रूपमा लिएको हो। प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिमा प्रहरीद्वारा श्रमजीवी पत्रकारमाथि ‘गुण्डागर्दी शैली’ मा गरिएको गिरफ्तारी अत्यन्तै दुखद र गम्भीर भएको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रता, मानव अधिकार र स

    • प्रकाशित मितिः कार्तिक ३, २०८१
    • ५३१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A