जिवछ उदासी / फिरोज सिद्दिकी लहान । मंगलबार लहान नगरपालिकाका विभिन्न वडाका दस जना एकैदिन कोरोना जितेर घर फर्केका छन् । लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवका अनुसार फर्केका लहान ७ का २१ वर्ष र लहान २४ का २० वर्षका युवक जनकपुरधाम उपमहानगरपालिका गोपाल धर्मशाला र वाँकी आठ जना धनगडीमाई ११ स्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालबाट घर फर्केका हुन् । यसैगरी सिरहाको धनगडीमाई नगरपालिका ११ मा अवस्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालबाट आज मंगलबार कोरोना सङ्क्रमित २० जना डिस्चार्ज भएको अस्पतालका प्रमुख सुभाष मण्डलले जानकारी दिनु भएको छ । उ
जिवछ उदासी लहान। केहि दिन यता लकडाउनलाई खुकुल्लो पारेकोले बजारमा अत्यधिक भीड देखिन थालेको छ । सामाजिक दुरीको पालना न गरी भइरहेको भीडले कोरोना संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गर्न थालेको हो । लहानमा शुक्रबार लागेको तरकारी बजार र माछा बजारमा भएको भीडले ठूलो जोखिम आउन सक्छ ठम्याएर लहान वडा न ५ का वडाअध्यक्ष सुलेमान अन्सारीले मंगलबार वडास्तरीय निर्णय गरी शुक्रबार र सोमबार लाग्ने लहानको हाट बजारमा भीड भाड नगरी सामाजिक दुरीको पालना र अनिवार्य मास्क लगाएर मात्रै आउन जनहितमा जारी सूचना प्रकाशित गरेको बताउनुभयो । लकडाउनले व्यापारीहरु ठूलो मारमा परेको भन्दै भद्
फिरोज सिद्दिकी लहान । मारवाडी सेवा समिति लहानले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधी निःशुल्क वितरण गरेको छ । कोरोना भाइरसको महामारी फैलिएको समयमा होमियोप्याथिक चिकित्सा पद्दतीमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि मंगलवार मारवाडी सेवा सदन लहानमा निःशुल्क वितरण भएको हो । हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न रोग प्रतिरोधात्मक शक्ति वृद्धि गरेमा रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहेको छ । ‘सेवा परमो धर्म’ भन्ने ध्येयका साथ नेपाल राष्ट्रिय मारवाडी परिषद् र मारवाडी सेवा समिति काठमाडौंको सौजन्यमा वितरण गरिएको औषधि सबैले लिन स
जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ। निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एक–एक र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब ‘सेटअप’ गर्ने एक गरी चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। समितिले परीक्षण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ। यसका साथै समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिए
जिवछ उदासी लहान,जेठ २६ गते । लहान नगरपालिका ११ नम्बर वडा कार्यालय भवन निर्माण कार्यको सोमबार नगरप्रमुख मुनि साहले शिलान्यास गर्नु भएको छ । लहान नगरपालिकाले २०७६÷७७ मा पाँचौ नगरसभाले यस वर्ष चार वटा वडा कार्यालय भवन निर्माणको लागि विनियोजित गरेको एक करोड बजेट अन्तर्गत ११ नम्बर वडा कार्यालय भवन निर्माणको लागि २५ लाख विनियोजित गरेको हो । लहान नगरप्रमुख मुनि साहले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो,लहान नगरपालिकामा १० वटा वडाहरुमा वडा कार्यालय छैन । यस वर्ष चार वटा कार्यालयहरु निर्माणको लागि एक करोड रकम विनियोजन गरिएको छ । ११ नम्वर वडामा आज शि
काठमाडौं, जेठ २६ गते । कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी भूमिमा रोकिएका नेपालीका शव स्वदेश ल्याउने तयारी भएको छ । विदेशमा रहेका नेपाली नागरिकहरूको उद्धारसँगै शव पनि ल्याउने तयारी भएको हो । कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनै पर्ने अवस्थामा रहेका नेपालीलाई सहजीकरण गर्ने आदेश २०७७ मा जहाज चार्टड भएको बेला अलपत्र शव ल्याउने व्यवस्था परराष्ट्र र श्रम मन्त्रालयले मिलाउनुपर्ने उल्लेख गरिएको छ । ल्याइएका शव परिवारसम्म पु¥याउने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्नुपर्ने पनि उल्लेख गरिएको छ । नेपालमा लकडाउ
रौतहट, २६ जेठ । रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । आज थप ११ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ४ सय १० पुगेको हो । आज संक्रमण पुष्टि भएका सबैजना हालसालै भारतका विभिन्न सहरबाट रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमितहरु मध्ये परोहा नगरपालिकाकाका ५ जना, गढीमाइ नगपालिकाका ४, इशनाथ नगरपलिकाका १ जना र गौर नगरपालिकाका १ जना प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आज संक्रमण पुष्टि भएका सबै स्थानीय पालिकाहरुको क्वारेन्टाइनमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार सोमबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वार
समृद्धिपथ समाचारदाता लहान, जेठ २५ गते । सिरहाको गोलबजार नगरपालिका ९ स्थित मारुती सिमेनट फैक्ट्रीमा काम गर्ने ४० वर्षिय एक मजदुरले अचानक लडेर घाइते भएपछि थप उपचारको लागि फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लग्ने क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहा प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार आइतवार भारत विहारको बक्सर जिल्ला गुहाटी घर भएको मोहर अलि फैक्ट्रीमा रहेको प्रि हिटरमा पाइप लगाउने क्रममा अचानक लडेर घाइते भएपछि उपचारको लागि मिर्चैया स्थित मंगलम अस्पतालमा ल्याएको थियो । थप उपचारको आवश्यक्ता देखिएपछि कर्जन्हा स्थित फूलकुमारी मेमोरिय
काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ । उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् । यसैबीच कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको नियमित प्
जिवछ उदासी/फिरोज सिद्दिकी लहान, जेठ २४ गते । लहान नगरपालिका १५ ढोडनामा रहेको धार्मिक पर्यटकीय क्षेत्र पञ्चावती राजदेवी मन्दिर जाने पक्की सडकको निर्माण कार्य प्रारम्भ भएको छ । लहान नगरप्रमुख मुनि साहले खुटी पारी लहान १८ भदैयादेखि लहान १५ स्थित राजदेवी मन्दिरसम्मको साढे चार किलोमिटर पक्की सडक निर्माण कार्यको शिलान्यास गर्दै प्रारम्भ गरेको हो । शिलान्यास गर्दै प्रमुख साहले भन्नुभयो, ‘पक्क्ी सडक निर्माणले राजदेवी मन्दिरमा आउने जाने धार्मिक पर्यटकहरुको लागि मात्रै सहज नभएर उत्तरी भेगको विकासमा समेत कोसे ढुङगा सावित हुनेछ । ग्रामीण र शहरी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सबै योजनाहर
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A