राष्ट्रिय

    Showing २११-२२० of १,०९६ items.
  • पत्रकार थपलियाद्वारा हत्या योजना बनाएको दाबी, सुमित श्रेष्ठले गरे कारबाहीको माग

    फिरोज सिद्दिकी सिरहा, चैत १७ गते । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सुमित श्रेष्ठले पत्रकार अर्जुन थपलियाले आफ्नो हत्या योजना बनाएको आरोप लगाएका छन्।  श्रेष्ठले आइतबार गोलबजार स्थित मिथिला थाली होटलको सभा हलमा पत्रकार सम्मेलन गरी एक प्रेस विज्ञप्ति जारी गर्दै दवानल अनलाइन पत्रिकाका सम्पादक अर्जुन थपलियाले आफूलाई ज्यान मार्ने योजना बनाएको अडियो सार्वजनिक भएको दाबी गरेका हुन्। श्रेष्ठका अनुसार २०८१ चैत १६ गते सजिलो न्यूज अनलाइनमा सार्वजनिक समाचारमा अर्जुन थपलियाले आफूलाई ज्यान मार्ने, हातखुट्टा काट्ने तथा सुपारी दिने योजना बनाएको उल्लेख गरिएको छ। यस खबर सार्वजनिक भएसँगै आफू असु

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ७८८ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश प्रदेशबाट मिश्र र बराल निर्विरोध निर्वाचित

      जीवछ उदासी  काठमाण्डौ,चैत १७ गते  प्रेस सेन्टर नेपालको जारी ५ औ महाधिवेशनबाट समावेसी उप महासचिवमा अनिल मिश्र र भूगोल सचिवमा सुनिता बराल निर्विरोध भएका छन् ।  दोस्रो दिन ९९ सदस्यीय केन्द्र समितिको लागि अघि बढेको निर्वाचन प्रक्रियाको उम्मेदवारहरुको प्रकासित नमावलीमा मधेश प्रदेशबाट मिश्र र बराल निर्विरोध हुनु भएको हो । नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष रहनु भएको मिश्र र महोत्तरी शाखाको अध्यक्ष रहनु भएकी बराल प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनबाट पदाधिकारीमा चयन हुनु भएका छन् । 

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ५२० पटक पढिएको
    • समृद्धिपथ
  • लहानका उपप्रमुखमाथि भएको दुर्व्यवहारप्रति सात दलको आपत्ति, कारबाहीको माग

    लहान, १६ चैत । लहान नगरपालिकाकी उपप्रमुख राम चलितर महतोमाथि नगरपालिकाकै कार्यालयमा भएको दुर्व्यवहार र हातपातको घटनाप्रति सात राजनीतिक दलहरूले आपत्ति जनाएका छन्। उनीहरूले यस घटनाको घोर निन्दा गर्दै दोषीहरूमाथि कडा कानूनी कारबाहीको माग गरेका हुन्। मंगलबार नगर कार्यालयमा उपप्रमुख महतो आफ्नो कार्यकक्षमा रहेका बेला लहान नगरपालिकाका मेयर महेश चौधरीको निर्देशनमा वडा नं. २२ का वडा अध्यक्ष श्याम अधिकारी (थारु) सहित अन्य व्यक्तिहरूले दुर्व्यवहार, गालीगलौज तथा हातपात गरेको सात दलले आरोप लगाएका छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (ए

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ५४७ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकामा संचालित योजनाको विवरण सार्वजनिक गर्न माग

    फिरोज सिद्दिक लहान । लहान नगरपालिकाका नगर उपप्रमुख राम चलितर महतोले आर्थिक वर्ष ०८१/०८२ मा संचालित योजनाहरुको विवरण सार्वजनिक गर्न प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेका छन्। पटकपटक सूचना माग गर्दा पनि योजनाका सम्बन्धमा जानकारी उपलब्ध नगराइएको भन्दै नगर उपप्रमुख महतोले असन्तुष्टि जनाएका हुन्।   पत्रमा उल्लेख भएअनुसार, आर्थिक वर्ष ०८०/०८१ मा सम्पन्न भएका नगरस्तरीय योजना, विशेष गरी सडक ढलान तथा अन्य निर्माण कार्यहरू गुणस्तरहीन रहेको पाइएका छन्। एक वर्ष पूरा नहुँदै सडक चर्किने तथा भत्किने समस्या देखिएको भन्दै योजनाहरूको गुणस्तरप्रति गम्भीर प्रश्न उठाइएको छ।   योजनाहरू कु

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ६९९ पटक पढिएको
    • समृद्धिपथ
  • पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणविरुद्ध पत्रकार महासंघ सिरहा शाखाको प्रदर्शन

    फिरोज सिद्दिक लहान, चैत १६ गते। पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ सिराहा शाखाले शनिबार लहानमा विरोध र्याली निकालेका छन्। राजधानी काठमाडौंमा राजावादीहरूको आन्दोलनको क्रममा पत्रकार सुरेश रजक जलेर मृत्यु भएको घटनालाई गम्भीर अपराधको रूपमा लिँदै महासंघले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध र्याली गरेका हुन्। लहानको सहिद चोकबाट निकालिएको विरोध विरोध र्याली लहान बजारको परिक्रमा गरी पुनः सहीद चोकमा कोणसभा गरी पत्रकार सुरक्षाको माग गरिएको थियो। विरोध र्यालीमा सहभागी पत्रकारहरूले 'पत्रकार हत्या बन्द गर, पत्रकारितामाथिको हम

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ६१७ पटक पढिएको
    • समृद्धिपथ
  • पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने सरकारी प्रक्रिया अघि बढ्यो

    काठमाडौं – सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। सरकारी स्रोतका अनुसार शाहले विदेश पलायन हुन सक्ने आशंका गर्दै उनको राहदानी रद्द गर्न आवश्यक प्रक्रिया थालिएको हो। सरकारले हालै देशका विभिन्न स्थानमा भएका हिंसात्मक आन्दोलनको निर्देशन पूर्वराजाले नै दिएको आशंका गरेको छ। हिजोको आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड तथा हिंसात्मक गतिविधिमा शाहकै निर्देशनमा तोकिएका जनकमाण्डर तथा संयोजकहरू संलग्न रहेको सरकारी पक्षको दाबी छ। पूर्वराजामाथि हिंसात्मक आन्दोलनलाई प्रोत्साहन गरेको आरोपमा छानबिन अघि बढ्ने तयारी भइरहेको छ। एक उच्च सरकारी अधिकारीका अनु

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ४१५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका उप–प्रमुखमाथि आक्रमण, राष्ट्रिय स्वतन्त्र पार्टीको घोर भर्त्सना

    फिरोज सिद्दिकी  लहान, १६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी, लहान नगर समितिले लहान नगरपालिकाका उप–प्रमुख राम चलितर महतोमाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ। लहान नगरपालिकाको कार्यकक्षमै उप–प्रमुख महतोमाथि लहान न.पा. वडा नं. २२ का वडा अध्यक्ष श्याम अधिकारीको नेतृत्वमा आएका समूहले नियोजित रूपमा आक्रमण गरेको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। रास्वपाको लहान नगर समितिले उप–प्रमुख महतोमाथि आक्रमण हुनु गम्भीर विषय भएको बताएको छ। समितिका अनुसार नगरपालिकामा विभिन्न योजनाहरू सञ्चालन गर्दा उप–प्रमुखलाई जानकारी नद

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ५५६ पटक पढिएको
    • समृद्धिपथ
  • तीनकुने घटनामा संगीन कसुर अन्तर्गत अनुसन्धान अघि बढ्यो

      काठमाडौं, चैत १६ । शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई संगीन प्रकृतिको कसुर आकर्षित हुने गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार, व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराध अन्तर्गत घटनाको छानबिन भइरहेको छ। शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकमा हिंसात्मक र आपराधिक क्रियाकलापबारे गम्भीर छलफल भएको थियो। त्यसपछि शनिबार बिहानैदेखि प्रहरीले प्रमाण संकलनको कार्य अघि बढाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण प्रदर्शनप्रति सरकारको कुनै आपत्ति नरहेको तर तोडफोड, आगजनी, लुटपाट र ज्यान जाने गरी भएको हिंसात्मक

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३८३ पटक पढिएको
    • समृद्धिपथ
  • काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

    काठमाडौं, चैत १५ । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो। प्रशासनका अनुसार आजै राति १० बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। सुरक्षा संवेदनशीलताका कारण सरकारले कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ। यसअघि राजावादी आन्दोलनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको व्यापक उपस्थितिसहित विभिन्न सुरक्षा रणनीति अवलम्बन गरिएको थियो। प्रशासनले कर्फ्यु उल्लंघन गरे कानूनी कारबाही हुने चेतावनी दिएको छ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ४८७ पटक पढिएको
    • समृद्धिपथ
  • सरकारले भ्रष्टाचारी र कालाबजारीलाई संरक्षण गर्यो : नेत्री पम्फा भुसाल

    काठमाडौं, शुक्रबार । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले सत्तारूढ नेकपा एमाले–नेपाली कांग्रेस नेतृत्वको सरकारलाई भ्रष्टाचार र कालोबजारी प्रवर्द्धन गरेको आरोप लगाएकी छन्। काठमाडौंको भृकुटीमण्डपमा चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेतृ भुसालले वर्तमान सरकार संविधान कार्यान्वयनको विपक्षमा रहेको र भ्रष्टाचारी तथा माफियाहरूलाई संरक्षण गरिरहेको बताइन्। ‘अहिले मन्त्रीहरू विभागमा कार्यालय खोल्छन्, माफियाहरू मन्त्रालय चलाउँछन्,’ उनले भनिन्, ‘सरकार आफ्नो गतिविधि सच्चाओ, अन्यथा जनता विद्रोह गर्न बाध्य हुनेछन्।’ भुसालले सरकारको गतिव

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ४४३ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A