राष्ट्रिय

    Showing ३०१-३१० of १,०९६ items.
  • ‘घोङ्गी खान भोटियाटोल जाने लर्को

    जीवछ उदासी लहान,पुस ४ गते । लहानको मुख्य चोकदेखि दुई किलोमिटर पश्चिममा रहेको भोटियाटोल चोकमा खुलेका आधा दर्जन होटेलहरुमा घोङगी खान वेलुका लर्को नै लागेको हुन्छ । घोङ्गी खाने रहर जाग्यो भने लौ जाउ घोङ्गी खान भोटियाटोल भने भनाइ नै भएको छ । उमेश साह र दिनेश साहले एक दशकभन्दा बढी समयदेखि भोटिया टोलमा चलाई रहेको होटेलमा अहिले घोङगीको खपत पहिलेको तुलनामा हवातै बढेको छ । उमेश साह भन्नुहुन्छ,‘भोटिया टोल चोकमा खुलेको आधा दर्जन हेटेलहरुमा दिनको एक क्विनटल घोङ्गी खपत भइरहेको छ । स्थानीय र छिमेकी जिललाबाट आउने घोङगीले पुग्थ्यो । अहिले भारतको विहारबाट घोङ्गी मगाउनु परिरहेको छ ।’ प्रति पलेट ७

    • प्रकाशित मितिः पुस ४, २०८१
    • ७८९ पटक पढिएको
    • समृद्धिपथ
  • पत्रकारितालाई मर्यादित बनाउने सङ्कल्प

    जीवछ उदासीलहान,३ गते । नेपाल पत्रकार महासङ्घको २७ आंै अधिवेशनबाट सिरहा शाखाबाट निर्वाचित पत्रकारहरुले सिरहाको पत्रकारतिलाई मर्यादित बनाएर उचाइमा पुरयाउने साझा सङ्कल्प गरेका छन् । निर्वाचन समिति सिरहाले सोमबार आयोजना गरेको प्रमाणपत्र वितरण र सम्मान कार्यक्रममा प्रमाणपत्र र सम्मान ग्रहण गर्दै निर्वाचित पत्रकारहरुले यस्तो सङ्कल्प गरेका हुन् । सिरहा शाखाका चार पटक अध्यक्ष हुनु भएको प्रमुख अतिथि दिनेश्वर प्रसाद गुप्ताले पत्रकारहरुले आवाज विहिनहरुको आवाज उठाउन साझा सङकल्प लिएर अघि बढ्न आग्रह गर्नुभयो ।‘सिरहा जिल्लाको पत्रकारिताको धार परिवर्तनको पक्षमा भएपनि आपसी खिचातानीले सङगठित रुपमा आवाज

    • प्रकाशित मितिः पुस ३, २०८१
    • ४६४ पटक पढिएको
    • समृद्धिपथ
  • संगठित अपराधमा संलग्न फरार भारतीय नागरिक पक्राउ

    फिरोज सिद्दिकी  सिरहा । नेपालका विभिन्न जिल्लामा डाका र संगठित अपराधमा संलग्न भनी फरार घोषित भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेनलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासवानको कमाण्डमा खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका १७ माडरस्थित नेपाल–भारत सीमा क्षेत्र (दसगजा) नजिक घाइते अवस्थामा रहेका आरिफलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, आरिफको हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला परेपछि उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको थियो। उपचारपश्चात उनलाई जिल्ला प्

    • प्रकाशित मितिः पुस १, २०८१
    • ६७६ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक जीवछ यादवको लगातार सरुवाप्रति प्रश्न, अन्यायमा परेको गुनासो

    फिरोज सिद्दिकी  लहान । सिरहाको लहान नगरपालिकाका राहत शिक्षक जीवछ यादवलाई एक वर्षको अवधिमा चार पटक सरुवा गरिएको घटनाले विवादको रुप लिएको छ। शिक्षक यादवले यसलाई आफूप्रति अन्यायपूर्ण व्यवहारको संज्ञा दिँदै न्यायका लागि अपिल गरेका हुन्। यादवलाई सुरुमा बेतहा विद्यालयमा सरुवा गरियो। केही समयपछि उनलाई बथनाहा पठाइयो। त्यहाँबाट फेरि गुदिगाउँ सरुवा गरिए। तर, हाल उनलाई दरबन्दी नै हटाएर भसुवा सरुवा गरिएको छ। यादवले यो प्रक्रियालाई नियोजित र प्रतिशोधपूर्ण भन्दै नगरपालिकाको निर्णयको विरोध गरेका छन्। शिक्षक यादवले अन्यायपूर्ण सरुवाले आफ्नो व्यक्तिगत र पारिवारिक जीवनमा गम्भीर असर पारेको बताएका छन्। उन

    • प्रकाशित मितिः पुस १, २०८१
    • ७७३ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको सलमपुरमा आगलागी, दुई पसल जलेर नष्ट

    सिराहा। सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर ३, सलमपुरमा गए राति भीषण आगलागी हुँदा दुईवटा किराना पसल र ग्यास डिलर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।  सुलिन्दर दासको एकतले पक्की घरमा भरत साहले सञ्चालन गर्दै आएको किराना पसल र प्रिमा ग्यास डिलरमा ग्यास लिकेजका कारण आगलागी भएका हुन्।  आगलागीका क्रममा ग्यास डिलरमा रहेका ६ थान ग्यास सिलिन्डर विस्फोट भएका थिए। आगलागीबाट किराना पसलमा राखिएका खाद्यान्न, रिचार्ज कार्ड, तेल, चाउचाउ, मलजस्ता सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी विरेन्द्र पासमानले जानकारी दिए।   भरत साहको पसलमा मात्रै ५

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • ४४१ पटक पढिएको
    • समृद्धिपथ
  • समता स्कुलद्वारा "मौलिक पहिरन उत्सव" भव्य रूपमा सम्पन्न  

    लहान । लहानसहित पूर्वी नेपालका समता स्कुलहरूले २०८१ सालको "मौलिक पहिरन उत्सव" भव्य रूपमा सम्पन्न गरेका छन्। "परम्परा र पहिचान: सांस्कृतिक पहिरनको सम्मान" नाराका साथ समता पूर्वी कन्सर्टियमको पहलमा आयोजित यो उत्सवले नेपाली मौलिकता र विविधतालाई उजागर गरेका हुन्।   उत्सवमा विद्यार्थीहरू आ-आफ्ना धर्म, समुदाय र संस्कृतिलाई झल्काउने परम्परागत पोशाकमा विद्यालय आएका थिए। रंगीन पोशाक र सांस्कृतिक झल्कोले विद्यालय परिसरलाई सांस्कृतिक मेलास्थलजस्तो बनाएको थियो।   समता पूर्वी कन्सर्टियमका प्रमुख सन्तोष श्रेष्ठले नेपाली मौलिक पोशाकको प्रवर्द्धन गर्दै विविधतामा एकताको सन्देश प्रवाह गर्न

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • ९८२ पटक पढिएको
    • समृद्धिपथ
  • महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज दीप प्रज्वलन

    फिरोज सिद्दिकी  लहान । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज १२औं दिन सिरहाको लाहानमा सहिद महिलाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।  मानव अधिकार संरक्षण सञ्जाल, सिरहाको आयोजनामा भएको कार्यक्रममा सहिद महिलाको बलिदान र योगदानलाई स्मरण गर्दै दीप प्रज्वलन गरिएको हो।   कार्यक्रममा विभिन्न अधिकारकर्मी र पत्रकारहरूको उपस्थिति रहेको थियो। अधिकारकर्मी गंगा अधिकारीले महिला हिंसाका घटनाको अन्त्य गर्न सबैले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याउदै महिला हिंसाविरुद्धको अभियानलाई सफल बनाउन सबैले सामूहिक प्रयास गर्नुपर्ने बताए। पत्रकार जिबछ उदासील

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • ५६७ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल पत्रकार महासङघलाई एक गोलले जित

    जीवछ उदासी लहान समाचारदातालहान,मङ्सिर २० गते । लहान सिटि जेसिस र नेपाल पत्रकार महासङघ सिरहा शाखाले विकृति र कुलतमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउन खेलेको मैत्रीपुर्ण फुटवल खेलमा पत्रकारको समूह जीत हासिल गरेको छ । लहान नगरपालिका –१० मा रहेको खेल मैदानमा बुधबार विहान सम्पन्न खेलमा नेपाल पत्रकार महासङघ सिरहाका समूहले दुई गोलको विरुद्ध तीन गोल गरेर जित निकालेको हो । नेपाल पत्रकार महासङघ तर्फबाट पत्रकारहरु लालविहारी यादव,विरेन्द्र विरु यादव र अनुभक्त चौधरीले एक एक गोल गरेर जीत हासिल गरेको थियो । लहान सिटी जेसिसको तर्फबाट शम्भु चौधरी र नित्यानन्द साहले एक एक गोल गरेर जवाफी प्रहार गरेको

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • १,२९१ पटक पढिएको
    • समृद्धिपथ
  • नगर उपप्रमुखद्वारा कर्मचारीलाई धम्की दिएको घटनाको विरोधमा ज्ञापनपत्र 

    लहान । लहान नगरपालिकामा कार्यरत कर्मचारीहरूले नगर उपप्रमुख राम चलितर महतोद्वारा एक असिस्टेन्ट सब-इन्जिनियरलाई धम्की र अभद्र व्यवहार गरिएको घटनाको विरोधमा ज्ञापनपत्र बुझाएका छन्।   नगरपालिकाको योजना शाखामा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर राजीव कुमार बैठालाई नगर उपप्रमुख महतोले आज बुधबार आफ्नो कार्यकक्षमा बोलाई प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा र कृषि शाखाका प्रमुख प्रकाश साह हलुवाईको उपस्थितिमा अभद्र गालीगलौज गर्दै भौतिक कारवाही गर्ने धम्की दिएको आरोप लगाएका हुन्। यस घटनाले कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना गरेको भन्दै नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले उक्त कार्यको घोर भर्त्सन

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ६६२ पटक पढिएको
    • समृद्धिपथ
  • पद्मोदय फाउन्डेसनद्वारा सिराहाका अपाङ्गहरुलाई व्हीलचेयर वितरण

    फिरोज सिद्दिकी  लहान । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा पद्मोदय फाउन्डेसनले ६४ जना अपाङ्ग व्यक्तिहरूलाई व्हीलचेयर वितरण गरेको छ।  मङ्गलबार धनगढीमाई नगरपालिकाको तरकारी बजारमा डाइनामिक हाइड्रो इनर्जी प्रा. लि.को सौजन्यमा आयोजना गरिएको कार्यक्रममा व्हीलचेयर वितरण गरिएको हो। अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, उनीहरूको क्षमता विकास र सामाजिक सहभागितामा सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ यो कार्यक्रम गरिएको पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले बताउनुभयो। कार्यक्रमको अध्यक्षता गरेका महतोले फाउन्डेसनले भविष्यमा पनि अपाङ्गता भएका व्यक्तिहरूको सहयोगका लागि यस्ता गतिविधि नि

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ६४४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A