राष्ट्रिय

    Showing ३६१-३७० of १,०९८ items.
  • मधेसमा झिझिया नाचको लोकप्रियता बढ्दै : झिझिया संस्कृति कि विकृति?

    लहान । तराई-मधेशको सांस्कृतिक पहिचान झिझिया नृत्य, विशेषतः दशैँ पर्वमा आयोजना हुने यो लोकनृत्य, अहिले आफ्नो मौलिकता गुमाउँदै अश्लीलतामा डुबेको आरोप लाग्न थालेको छ। विगतका वर्षहरूमा यो नृत्यले समाजमा सकारात्मक सन्देश दिने गथ्र्यो, तर हाल भोजपुरी र मैथिलीका अश्लील गीतहरूमा गरिएको प्रदर्शनले यसलाई एक किसिमको विकृतिमा रूपान्तरण गरिरहेको देखिन्छ।  झिझिया नृत्यलाई तराई-मधेशका जिल्लाहरूमा निकै लोकप्रिय मानिन्छ। तर हाल त्यसको गीतहरूमा अश्लील शब्दहरूको प्रयोगले यसले समाजमा गलत सन्देश प्रवाह गरेको छ। युवा पुस्तामा यसको प्रभाव झन् गम्भीर हुन थालेको छ। नृत्यमा प्रयोग हुने गीतहरूमा बोक्सी र धामीजस्त

    • प्रकाशित मितिः असोज २०, २०८१
    • २,११५ पटक पढिएको
    • समृद्धिपथ
  • बजार अनुगमनको नाटक बन्द गर

    सम्पादकिय फिरोज सिद्दिकी हालै लहान बजारमा बजार अनुगमनले गति लिएको देखिएको छ। यसले उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न वस्तुहरू—खाना, मिठाई, तरकारी, पेय पदार्थ आदिको गुणस्तर जाँच गर्न महत्त्वपूणर् भूमिका खेल्दछ। बजार अनुगमन गर्नु भनेको केवल कानुनी बाध्यता मात्र नभई उपभोक्ताको स्वास्थ्य सुरक्षा गर्ने एउटा नैतिक जिम्मेवारी पनि हो। विशेषगरी खानेकुराको गुणस्तर र सुरक्षासँग सम्बन्धित प्रश्नहरूमा, यो अझै सान्दर्भिक र जरुरी बन्न जान्छ। तर प्रश्न उठेको छ, बजार अनुगमन केवल दसैंको समयमा मात्र किन हुन्छ? यो कार्य केवल चाडपर्वको बेला सीमित हुनु उपभोक्ताको लागि पर्याप्त सुरक्षा प

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ५८० पटक पढिएको
    • समृद्धिपथ
  • चाडपर्वमा मात्रै बजार अनुगमन, उपभोक्ता भन्छन्- नाटक मात्र हो

    फिरोज सिद्दिकी लहान, असोज १८ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकाशिएको छ, जसका कारण उपभोक्ताहरू आर्थिक मारमा परेका छन्। तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम् सरकारी निकाय दसैंतिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका हुन्। यो वर्ष मात्रै होइन हरेक वर्ष लहानमा चाडपर्व दसैं अगाडिदेखि बजार अनुगमनको कर्मकाण्ड यही रुपमा चलिरहेको छ। अरु बेला कुम्भकर्ण जस्तो सुतेर बस्ने नियमनकारी निकाय चाडपर्वका बेला एकाएक चल्मलाउँछ। मानौं गुणस्तहीन खाद्यवस्तुले चाडपर्वमा मात्रै मानिसको स्वास्थ्यमा हानी गर्छन्। विगतमा जस्तै चाडपर्वको मुखमा आएर

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ९८९ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाको किसानमारा क्रियाकलाप विरुद्ध किसान र्‍याली

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका किसानहरूले नगरपालिकाको किसानमारा क्रियाकलापविरुद्ध शुक्रबार सिरहाको लहानमा व्यापक विरोध र्‍याली निकालेका छन्। र्‍याली शहिद चौकबाट सुरु भई लहान बजार परिक्रमा गरी लहान नगरपालिकाको गेट अगाडि पुगेर समापन गरिएको थियो। अखिल नेपाल किसान महासंघ, लहान नगर कमिटीको आयोजनामा भएको उक्त र्‍यालीमा सहभागी किसानहरूले लहान नगरपालिकाका मेयर महेश चौधरीविरुद्ध नारा लगाउँदै, आफ्नो माग पूरा नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। किसानहरू नगरपालिकाको केही योजनाहरूले कृषि क्षेत्रलाई असर पारिरहेको आरोप लगाउँदै आक्रोशित बनेका छन्। उनीहरूले प्रमुखतया खुट्टी नह

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ८२१ पटक पढिएको
    • समृद्धिपथ
  • बलान नदी कटान क्षेत्रमा गृहमन्त्री लेखीद्वारा स्थलगत निरिक्षण

    जीवछ उदासी  लहान,असोज १७ गते ।  मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखी लहानको बलान नदी कटान क्षेत्रमा पुगेर स्थलगत निरिक्षण गर्नु भएको छ ।  लहान-४ सुन्दरपुर र इस्लामपुर र लहान-२३ तिलेबोना पुगेर कटानबाट पीडित भएकाहरुलाई उपलब्ध स्रोत साधनबाट सक्दो सहयोगस्वरुप राहत दिइने मन्त्री लेखीले विश्वास दिलाउनुभयो ।   लहान-४ सुन्दरपुर र इस्लामपुरमा केहि वर्ष अघि बसेको दलित विपन्नहरुको बस्तीमा गत वर्षदेखि तटबन्ध कटान गरेर वस्तीमा बाढी प्रवेश गरिरहेको जोखिमताले उठिवासको अवस्था आएको छ । लहान-२३ मा बलान नदीलेगरिरहेको कटानले यस वर्ष आँपको वगैंचा सहित उर्वरभूमि पाँ

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ७४१ पटक पढिएको
    • समृद्धिपथ
  • लायन्स क्लब अफ लहान फुलबारीद्वारा साउण्ड सिस्टम वितरण कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी लहान । लायन्स क्लब अफ लहान फुलबारीद्वारा आयोजित “साउण्ड सिस्टम वितरण कार्यक्रम“ लहान-१० स्थित श्री जनता मावि, वैरिया गुदिगाउँमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम पुष्पा-हरिकिशन सारडा, लहान-७ को सौजन्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन शंकर प्रसाद गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा क्लबका चार्टर प्रेसिडेन्ट लायन राकेश झा रहनुभएको थियो। कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष लायन श्यामसुन्दर साह, तृतीय उपाध्यक्ष लायन मनिष सारडा, महासचिव दिपेन्द्र साह, कोषाध्यक्ष शिवदयाल महतो लगायत डा. रितेश गिरी, डा. बिनय कुमार यादव, डा. मिथ

    • प्रकाशित मितिः असोज १६, २०८१
    • ७१२ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एमाले लहान नगर कमिटीद्वारा मेयरलाई ज्ञापनपत्र, जनविरोधी क्रियाकलाप रोक्न ३० दिने अल्टिमेटम

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीलाई नेकपा एमाले लहान नगर कमिटीले ज्ञापनपत्र बुझाउँदै मेयरको जनविरोधी, अनैतिक र विकास विरोधी क्रियाकलाप तत्काल रोक्न चेतावनी दिएको छ। एमाले लहान नगर अध्यक्ष राजकुमार साहको नेतृत्वमा मंगलबार बुझाइएको ज्ञापनपत्रमा ३० दिनभित्र जनहितका माग सम्बोधन गर्न अल्टिमेटम दिइएको हो। ज्ञापनपत्रमा नगरपालिका प्रमुखले जनताको सेवा गर्नेभन्दा शासकजस्तो व्यवहार गर्दै स्थानीय विकासका कार्यमा बाधा पुर्‍याएको आरोप लगाइएको छ। ज्ञापनपत्रमा मेयरले पूर्वमेयरको पालामा सुरु भएका योजनाहरुलाई रोकेको, सम्पन्न भएका काममा कमिशन लिएर भुक्तानी दिने, झूठो ऋणको भ्र

    • प्रकाशित मितिः असोज १५, २०८१
    • ७७५ पटक पढिएको
    • समृद्धिपथ
  • दलित जनकल्याण युवा क्लब लहानको १८ औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी लहान । दलित जनकल्याण युवा क्लब लहानको १८औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । सोमबार लहान स्थित मारवाडी सेवा सदनको हलमा भएको १८औं बार्षिक सामाजिक लेखाजोखा कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक विनोदकुमार विसुनकेले संस्थाको परिवेश अवधारणा, सँस्थाको परिकल्पना, मुख्य रणनीतीहरु, संस्थाका कार्यक्षेत्र, संस्थाले लक्षित वर्गमा गरेको काम र मुल्य, मान्यता लगायतका बारेमा जानकारी गराउँदै संस्थाले विभिन्न साझेदारी संस्थाहरुसंग गरेका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । दलित जनकल्याण युवा क्लबले स्थानीय अधिकार कार्यक्रम, विकन परियोजना र हरवा चरवा सशक्तिकरण कार्

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ७१० पटक पढिएको
    • समृद्धिपथ
  • सर्वदलीय बैठकको निर्णय: बाढीपहिरो पीडितको पुनर्स्थापना प्रक्रिया अघि बढाइने

    काठमाडौं । बाढीपहिरोबाट प्रभावित भएका घरबास गुमाएका व्यक्तिहरूको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय सर्वदलीय बैठकले गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आइतबार बसेको बैठकले विपद्मा परेकाहरूको उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिने सहमति गरेको हो। बैठकले शहरी विकास मन्त्रालय र राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद् व्यवस्थापन प्राधिकरणबीच समन्वय गरी प्रभावितलाई उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोले हालसम्म १५१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५६ जना अझै हराइरहेका छन्। बाढीका कारण भएको

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ४८७ पटक पढिएको
    • समृद्धिपथ
  • अविरल वर्षाका कारण १४८ जनाको मृत्यु, बेपत्ताहरूको खोजी जारी

    अविरल वर्षाका कारण १४८ जनाको मृत्यु, बेपत्ताहरूको खोजी जारी काठमाडौं । अविरल वर्षाले देशभरि बाढी, पहिरो र डुबानका घटनामा परेर मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ पुगेको हो, जसमा अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका कारण ज्यान गुमाएका छन्। धादिङ जिल्लाको धुनिबेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ। यसैगरी, काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाढी, पहिरो र डुबानका कारण ५५ जना अझै बेपत्ता छन् र खोजी कार्यलाई

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ४७२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A