जिवछ उदासी लहान नगरपालिकाले नीति नीयम सहित ६ वटा कानुन सहित छैठौ नगरसभाबाट दुई अर्वभन्दा बढीको बजेट अगामी आर्थिक वर्ष २०७७÷७८ को लागि बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको छ । असार १० गते नियमित रुपमा छैठौ नगरसभामा पेस गरेका भूमि व्यवस्था सम्बन्धी ऐन २०७७,विद्यापति भानुभक्त वचनालय ऐन,२०७७,फोहोर तथा लेदो व्यवस्थापन नीति २०७७, कर्मचारी व्यवस्थापन ऐन २०७७ र लहान नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन२०७५(चौथो संशोधन) पारित गरिएको लहान नगरपालिका प्रशासकीय प्रमूख खेमनन्दन भूषालले जानकारी दिनुभयो । यसैगरी आगामी आर्थिक वर्षका लागि प्रस्ताविक बजेट चालुतर्फ खर्च रु ८७ करोड ढलाख अर्थात ३७.४
जिवछ उदासी सिरहाको भगवानपूर गाँउपालिकमा यस वर्ष समयमा गाँउ सभा समपन्न गर्न र विकासको लागि भगवानपूर गाँउपालिकाका प्रमुख दुई दल एकै ठाँउमा उभिएका छन् । त्यस गाँउपालिकामा नव गठित जनता समाजवादी पाटीका गापा अध्यक्ष, उपाध्यक्ष सहित दुई वडा र तत्कालिन नेकपा एमाले अहिले नेकपाका तीन वडा र मनोनित सहित बहुमत सदस्यहरु निर्वाचित रहेका छन् । चारवटा गाँउसभा कहिलेपनि समयमा सम्पन्न भएन । समयमा गाँउसभा सम्पन्न नहुँदा समयमा विकास नहुने सास्ती त्यस गाँउपालिकाका स्थानीय र सेवा लिने लाग्राहीहरु समस्या खेप्दै आइरहेको जनगुनासो बढ्दै गइरहेको समस्यालाई ध्यानमा राखेर जनता समाजवादी र नेकपा विकासको लागि सहमति गरेर यस वर
जिवछ उदासी लहान,असार २ गते । लहान २३ बथनाहा चोकमा सोमबार जलेश्वर नाथ महादेव मन्दिर निर्माण कार्यको शिलान्यास लहान नगरप्रमुख मुनि साहले गर्नु भएको छ । स्थानीयहरुले यस चोकमा जलेश्वरनाथ मन्दिरको स्थापनाको लागि पटक–पटक गरेको मागलाई पुरा गर्न एक वर्षमा यस भेगका भव्य मन्दिर बनोस कामना गर्दै उहाँले शिलान्यास गर्नु भएको हो । ७५ लाख लाग्ने खर्चमा निर्माण हुने मन्दिरले यस भेगमा धार्मिक पर्यटकीयहरुलाई समेत तान्न सक्ने जन विश्वास लहान नगरपालिकाले लिएको प्रमुख साहले बताउनुभयो । विगत वर्षहरुदेखि लहानको खुटी खोलामा जल भरेर जलेश्वरनाथ महादेवलाई पूजा गर्दै आइरहेका स्थानीयहरुले महादेव
जिवछ उदासी लहान, जेठ २५ गते । आँपको राजधानीको रुपमा चिनिएको सिरहाको लहानमा कृषकहरुले उचित मूल्य पाउन सकेको छैन । स्थानीय कृषि सहकारीहरु सक्रिय नहुँदा कृषकहरु प्रत्येक वर्ष मारमा पर्ने गरेको छ । कोरोना भाइरसको महामारीले विश्व नै अक्रान्त रहेको वेला नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीले अझै कृषकहरु मारमा पर्ने हो कि चिन्ता सर्वत्र देखिएको छ । लहान नगरपालिकामा २१ वटा कृषि सहकारीहरु दर्ता भएपनि कृषकहरुको हकहितमा काम गर्न नसकिरहेको अवस्था रहेको लहान कृषि शाखाका प्रमुख प्रकाश साहले बताउनुभयो । उहाँको अनुसार एक वर्ष विराएर फल्ने आँप यस वर्ष निकै मज्जर लागेपनि वेलामा कृषकह
इटहरी/ इटहरी उपमहानगरपालिकाले इटहरी नगरक्षेत्रका बजार १० बजे सम्म खुल्ला गर्ने निर्णय गरेको छ । आज इटहरीका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विहान ७ बजे देखि १० बजे सम्म इटहरी बजार खुल्ला गर्ने निर्णय गरेको हो । यस अघि अत्यावश्यक पसलहरु मात्र इटहरीमा खुल्ला गरिदै आएकोमा शैक्षिक संस्था,होटल,मठमन्दिर,गुम्बा,सिनेमाहल,पार्टी प्यालेस,ब्यूर्टि पार्लर,खेलकुद,सार्वजनिक सवारी वाहेक अन्य पसलहरु भोलीबाट खोल्न पाईने इटहरी उपमहानगरपालिकाकी उपमयेर लक्ष्मी गौतमले बताईन । उद्योग बाणिज्य संघ इटहरी,इलाका प्रहरी कार्यलय इटहरी र इटहरी उपमहानगरपालिका बीच सहमती भएको हो । आफ्नो पसल अगाडि साबुन पानी
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A