विचार / ब्लग

    Showing ११-२० of ५७ items.
  • संस्कृति, परम्परा र प्रकृति पूजाको पर्व छठ

    संजय साह, लहान तराई-मधेश क्षेत्रको सांस्कृतिक जीवनशैलीमा गहिरो नाता जोडिएको छठ पर्व एक अत्यन्त महत्वपूणर् लोकपर्व हो। यस पर्वको माध्यमबाट प्रकृति र जीवनको महत्वपूणर् अंशहरूको पूजा गरिन्छ जसले समाजका विभिन्न तहहरूलाई एकसाथ एकताको सूत्रमा बाँध्ने कार्य गर्दछ। यो पर्व विशेष गरी नेपालका तराई क्षेत्र र भारतका बिहार, उत्तर प्रदेश, झारखण्ड जस्ता राज्यमा मनाइन्छ र यसको पृष्ठभूमिमा असीम श्रद्धा र आस्थाको समागम रहेको छ। छठ पर्वमा सूर्य, जल, पृथ्वी, वायु, अग्नि र अन्य पञ्चतत्वको उपासना गर्ने परम्परा छ। यस लेखमा छठ पर्वको सांस्कृतिक महत्व, धार्मिक पृष्ठभूमि र समाजमा यसको योगदानलाई विश्लेषण गर्ने प्रयास ग

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • १,७७० पटक पढिएको
    • समृद्धिपथ
  • झिझिया र भाइरल बाबा: संस्कृति र विकृतिको दोधारमा समाज

    सम्पादकीय जीवछ उदासी  यदि झिझिया सहि हो भने लहानको भाइरल बाबा पनि सहि हो । एउटा विकृति र अर्को संस्कृति । अन्धविश्वास र विकृतिलाई बढावा दलित विपन्न समुदायले चेतनाको आभावमा दिइरहेको छ भने केहि समुदाय विकृतिलाई संस्कृति हो भनेर भ्रमको खेति गरेर दुनो सोझ्याउदैछ । समाजको प्रगति ज्ञान विज्ञानबिना संभव छैन् । समाजमा धर्म र जातिको जहर घोल्नेहरु विकृतिलाई मलजल गरेर गरीव विपन्नलाई सधै गरीव र विपन्न बन्न भाग्यले नै हो भने बुझाउन खोजिरहेको छ जब कि यो सत्य होइन् । देशमा गणतन्त्र र संघीयता किन ल्यायौ यहि विकृतिको सहारामा शासन गर्नेहरुको मनोवल बढाउनलाई । एकपटक गम्भीर भएर सोचौ । शिक्षा स्वास्थ्य

    • प्रकाशित मितिः असोज २१, २०८१
    • ८८० पटक पढिएको
    • समृद्धिपथ
  • खुट्टि सिँचाइ नहरको इतिहास, संघर्ष र वर्तमान चुनौतीहरू

    राजकुमार साहखुट्टि सिँचाइ नहरको निर्माण र यसको इतिहास लहान नगरको विकास र कृषिमा महत्वपूणर् योगदान पुर्‍याउने एउटा मुख्य परियोजनाको रूपमा चिनिन्छ। यसको सुरुवात २००६/००७ सालमा भएको थियो, चन्द्र शमशेरका पालामा, तर बाढीले हेडबक्स भत्किएको कारणले गर्दा यो परियोजना लामो समयसम्म रोकियो। यो घटना त्यसबेला खुट्टि सिँचाइ नहरलाई धेरैले सुख्खा नदि वा निरर्थक मान्दथे, तर केही दृष्टिवान् व्यक्तिहरूले यसलाई पुनःसञ्चालन गर्न सकिने सम्भावना देखे। यो लेख खुट्टि सिँचाइ नहरको ऐतिहासिक पृष्ठभूमि, यसका समस्याहरू, पुनर्निर्माण प्रयासहरू, राजनीतिक संघर्ष र वर्तमान चुनौतीहरूमा आधारित छ। नहरको विकास प्रक्रिया कस्ता

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ६९५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका जनप्रतिनिधिको विदेश भ्रमण र जनआक्रोश

    सम्पादकीय * फिरोज सिद्दिकी लहानका जनप्रतिनिधिले हालै आफ्नो थाइल्याण्ड, सिङ्गापुर र मलेसिया भ्रमणका तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्तामा गहिरो असन्तुष्टि देखिएको छ । यस असन्तुष्टिको मुख्य कारण जनप्रतिनिधिले आफ्नो व्यक्तिगत मोजमस्ती र यात्रामा नागरिकले तिरेको करको दुरुपयोग नै हो । सामाजिक सञ्जालमा प्रश्न उठाउने नागरिकलाई जनप्रतिनिधिले जवाफ दिनुको सट्टा आ-आफ्नो फेसबुक पेजमार्फत आफूले रमाइलो गरेको जानकारी दिदै आएका छन् । यस्तो प्रवृत्तिले जनताको भावनाको अपमान मात्र गर्दैन, जनप्रतिनिधिलाई जनताका समस्या र प्रश्नको वास्ता नगरेको पनि देखाउँछ । अर्कोतर

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ८२८ पटक पढिएको
    • समृद्धिपथ
  • लोकतन्त्रमा लोकको कल्याण होस्

    धर्मेन्द्र झा काठमाडौँ, ११ वैशाख : सम्पूर्ण देशवासीका लागि आजको मङ्गलबार निकै महत्वपूर्ण छ । आज नेपालका जनता लोकतन्त्र दिवस मनाइरहेका छन् । दोस्रो जनआन्दोलनका रुपमा चर्चित र स्थापित २०६२/६३ को राजनीतिक आन्दोलन सफल भएको दिन हो आज अर्थात वैशाख ११ । यस तिथिमा मनाइने यो दिवस नेपाल र नेपालीका लागि विशेष छ । थुप्रै शहीदको शहादतपछि आम नेपालीका माझ आएको यो दिनको महत्व हाम्रा लागि भावनात्मक रुपमा विस्तारित छ । यस दिनपछि मात्र नेपालीले स्वयंलाई देशको सम्प्रभू नागरिकका रुपमा स्थापित र परिभाषित गर्ने अवसर प्राप्त गर्न सकेका हुन् । यस दिवसलाई औपचारिकतामा सीमित नराखी कर्तव्यबोध गर्ने दिनका रूपमा सबैले मनन्

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ७७७ पटक पढिएको
    • समृद्धिपथ
  • 'गठबन्धन मजबुत बनाउन जिम्मेबार हुनुपर्छ'

                                        जीवछ उदासी                                     लहान,चैत ११  नेपालमा सता समिकरण फेरिएको छ । बामपन्थीहरु सरकारमा सहभागी भएर बाम लोकतान्त्रिक गठबन्धन बनेको छ । यो गठबन्धन कतिदिन चल्ने ? भन्ने प्रश्न यत्रतत्र उठिरहेको छ । विगतमा पनि सबैबाम एक ठाम भएर फुटेको ताजा इतिहास छ । टुटफुट नेपालको राजनीतिमा संस्कृति नन्दै गइरहेको छ । सुशासन समृद्धि र विकासको लागि स्थीर सरकार चाहिएको

    • प्रकाशित मितिः चैत ११, २०८०
    • १,०९८ पटक पढिएको
    • समृद्धिपथ
  • सबै बाम एक ठाम स्वभाविक र प्राकृतिक गठबन्धन

    तीन बाम एक ठाम प्रकृतिक बाम गठबन्धन                                     जीवछ उदासी लहान                                         फागुन २८ गते । हामी अहिले उन्नत लोकतान्त्रिक अभ्यासमा छौं । अभ्यासको क्रममा त्रुटिहरु हुन जान्छ । त्रुटि कमजोरीहरुबाट सिकेर अघि बढ्नुपर्छ । जमेको पोखरीको पानीभन्दा बगिरहेको नदीको पानी सङगलो हुने गर्दछ । संसदीय व्यवस्था सदनमा टाउको गनेर बहुमत पुरयाउने भएकोले सरकार बनाउन

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • ९०८ पटक पढिएको
    • समृद्धिपथ
  • राजनीतिका चतुर खेलाड़ी प्रधानमन्त्री प्रचण्डको नयाँ गठवन्धन

    फिरोज सिद्दिकी लहान, २१ गते फागुन । राजनीतिका चतुर खेलारी प्रचंडले फेरी एक पटक पाशा आफ्नो पक्षमा पलटाएका छन् । कांग्रेससंगको गठबन्धन भत्काएर एमालेलगायतका पार्टीहरुसंग नयाँ गठवन्धन बनाएका छन् । कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा गएका छन् । गत पुस १० मा बालकोटलाई छिरकनी हाने र देउवा क्याम्पमा मिसिएका प्रचण्डले अंततः देउवालाई चकमा दिएर फेरी बाल

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • १,३०८ पटक पढिएको
    • समृद्धिपथ
  • फगुन ७ प्रजातन्त्रको जननी : लगनलाल चौधरी

    जीवछ उदासी लहान, फागुन ७ गते । ८४ वर्षिय लगानलाल चौधरीले फागु ७ गतेलाई प्रजातन्त्रको जननीको रुपमा मनाउन आवश्यक रहेको बताउनु भएको छ । २००७ साल फागुन ७ गते राणा शासनको अन्तय भएपछि बल्ल प्रजातान्त्रिक माहोल बन्दै गएको हो । लहानको मटियर्वा डौरहीका लगनलाल चौधरी आफ्नो जीवनको महत्पूर्ण कालखण्ड पञ्चायतकालमै ब्यतित गरेपनि २०७४ सालमा नेकपा एमालेमा प्रवेश गरी सिरहा –१ प्रदेशबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइ ज्येष्ठ सदस्यताको लागि सभामुखको भूमिका समेत निर्वाह गर्नु भएको थियो । उहाँ भन्नुहुन्छ,‘पञ्चायतकालमा आवरणमा पञ्च देखिएपनि विचारले प्रजातन्त्र पक्षधर नै थिए ।’२०२२ सालमा सिरहा जिल्ला

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • १,०९५ पटक पढिएको
    • समृद्धिपथ
  • घुर ताप्ने जनताको सरोकार

    सत्येन्द्र लाल कर्ण जाडो छल्न र शीतलहरको प्रकोपबाट जोगिन पुस-माघ महिनातिर मधेस-तराईका मधेसी बहुल गाउँहरूमा घुरा ताप्ने समाज र संस्कृतिभित्रको यथार्थलाई बुझ्नु आवश्यक छ। घुर तापिरहेका मधेसी गाउँलेहरूको मन र भावनालाई बुझ्दा मधेसको अन्तर्कथा र व्यथाका सत्य र तथ्यहरूलाई उपेक्षा गर्न सरकार र नागरिक समाजको लागि असम्भव छ। मधेस तराईतिर घुरा ताप्ने कार्यलाई रचनात्मक र जीवन उपयोगी तथा मानव स्वास्थ्यका लागि आवश्यक कार्यको रूपमा लिने चलन छ। अधिकांश मधेसीहरूले घुरा ताप्ने गर्दछन्। जिउ तताउने र तङ्ग्राउने र समाज तथा संस्कृतिभित्रका गुढतम् रहस्यपूर्ण घटना कथाहरू र सामाजिक अनुभवका कुराहरूलाई अर्थ्याउने कार्

    • प्रकाशित मितिः माघ २६, २०८०
    • ५२८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A