समाचार

    Showing २११-२२० of १,२६८ items.
  • समाजको उज्यालो भविष्यका लागि बालिका शिक्षित हुनुपर्छ : प्रिन्सिपल हासिम राईन

    राबिया बसरिया एजुकेशनल एकेडेमी (कन्या विद्यालय), लहानका संस्थापक प्रिन्सिपल मो. हासिम राईनले बालिका शिक्षामा गुणस्तरीय शिक्षा र व्यावसायिक तालिमको महत्वलाई उजागर गर्दै विद्यालयको विकास यात्रा प्रस्तुत गरेका छन्। हाम्रा सहकर्मीले उनीसँग गरिएको यस विशेष कुराकानीमा विद्यालयको स्थापना, नाम परिवर्तन र भविष्यका योजनाबारे विस्तृत चर्चा गरिएको छ। कुराकानीका केही संपादित अंशः ० विद्यालय स्थापना कहिले र किन गर्नुभयो?— विद्यालयको स्थापना सन् २०१६ मा जामिया राबिया बसरिया लिलबनातको नामबाट गरिएको थियो। यो विद्यालय खोल्ने मुख्य उद्देश्य बालिका शिक्षालाई प्राथमिकता दिनु र उर्दु शिक्षालाई प्रवद्र्धन गर्

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • १,५६९ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको लहानमा न्यायको माग गर्दै विरोध र्‍याली

     फिरोज सिद्दिकी  लहान, माघ ११ गते । सिरहाको लहानमा बलात्कार, हत्या र जातीय छुवाछुतविरुद्ध न्यायको माग गर्दै विरोध र्‍याली निकालिएको छ। विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको र्‍याली रमेश महतो चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। विरोध प्रदर्शनमा सहभागीहरूले 'दण्डहीनताको अन्त्य गर', 'रिंकु सदालाई न्याय दे', 'कानूनी शासन सुनिश्चित गर', 'न्याय किनबेच गर्न पाइँदैन' जस्ता नारासहित प्रदर्शन गरेका थिए। कोण सभामा महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय अध्यक्ष श्यामकुमारी साहको विशेष उपस्थिति रहेको थियो। वक्त

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • ६२० पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाको वार्ता आह्वान ‘नाटक’ मात्र भएको संघर्ष समितिको आरोप

    फिरोज सिद्दिकी  लहान, माघ १० गते । लहान नगरपालिकाद्वारा वार्ताका लागि गरिएको आह्वान एक नाटक मात्र रहेको खुट्टी नहर संघर्ष समितिका संयोजक धर्मराज चौधरीले बताएका छन्।  शनिबार प्रेस विज्ञप्ति मार्फत नगरपालिकाले वार्ताका लागि आह्वान गरिरहेको भए पनि वास्तविक रूपमा वार्ताको वातावरण नबनाएको आरोप संघर्ष समितिले लगाएका हुन्। मेयर महेश चौधरीले हालै प्रेस विज्ञप्ति जारी गर्दै संघर्षरत पक्षलाई वार्ताका लागि आग्रह गरेका थिए। तर, संयोजक धर्मराज चौधरीले उक्त आह्वानलाई ‘झुटो आश्वासन’ भन्दै नगरपालिकामाथि गम्भीर आरोप लगाए। उनका अनुसार, मेयर चौधरी पटकपटक वार्ताका नाममा केवल आश्वासन बाँड्

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • ५३३ पटक पढिएको
    • समृद्धिपथ
  • आफू आत्मनिर्भर अरुलाई रोजगारी दिन सफल मुकेश

    जीवछ उदासी फागुन ११ गते नवराजपुर गाउँपालिका –४ का मुकेश यादव अहिले मङगल दिप अजरवत्ती उद्योग चलाएर आफू आत्मनिर्भर हुनुको साथै अन्य चार जनालाई समेत रोजगारी दिन सफल हुनु भएको छ । नवाजपुर गाँउपालिकामा कम्प्युटर अपरेटरमा करारामा कार्यरत मुकेश यादवको करारको जागीर गाउँपालिका अध्यक्षमा अर्को दलले चुनाव जितेपछि म्याद नथपिदिएपछि बेरोजगार हुन पुगेको थियो मुकेश यादव । एउटा जागिर खेसिएपछि अर्को जागिर गर्न निकै प्रयाररत रहेको उहाँले सुनाउनुभयो । ‘केहि दिन रोजगारीको लागि निकै भौतारिए तर जागिर नभएपछि कुनैबेला विदेश नै जाने मनपनि भयो । विदेश जानुभन्दा आफ्नै गाउँ ठाउँमा केहि गर्न पाए हुन्थ्यो कि च

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • ३८६ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिका विरुद्ध सात दलद्वारा संयुक्त आन्दोलनको घोषणा

    फिरोज सिद्दिकी  लहान, माघ ८ गते । लहान नगरपालिकाले खु‌ट्टी नहरलाई ढलमा परिणत गर्ने ठेक्का दिएको विरोधमा सात राजनैतिक दल र विभिन्न किसान संघ संगठनहरूले संयुक्त रूपमा आन्दोलन गर्ने घोषणा गरेका छन्। विगत केही महिनादेखि स्थानीय किसान र विभिन्न दलले पटकपटक विरोध जनाउँदै ज्ञापनपत्र बुझाए पनि नगरपालिकाले मागको बेवास्ता गरेको आरोप संयुक्त पत्रकार सम्मेलन मार्फत लगाइएका हुन्। खुट्टी नहर सिचाइ उपभोक्ता किसान संघर्ष समितिले दुई चरणको आन्दोलन र जनजागरण अभियान चलाइरहेको भए पनि नगरप्रमुख महेश प्रसाद चौधरीले सहमति उल्लङ्घन गर्दै प्रहरी प्रशासनको बलमा केही भागमा होम पाइप राखेर नहर पुर्न थालेको कि

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ५५७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा प्रतिबन्धित महुर प्रजातिको माछा नियन्त्रणमा, सशस्त्र प्रहरीद्वारा नष्ट

    फिरोज सिद्दिकी  सिरहा, माघ ७ गते । सिरहाको ठाडीस्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको टोलीले बुधबार नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको प्रतिबन्धित महुर प्रजातिको भुरा माछा नियन्त्रणमा लिई नष्ट गरेको छ।   सशस्त्र प्रहरी निरीक्षक राजेश आचार्यका अनुसार भारतबाट नेपालतर्फ ल्याउन खोजिएको करिब १५ केजी महुर प्रजातिको माछालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालय हाताभित्र नष्ट गरिएको हो।   महुर प्रजातिको माछा नेपालमा स्वास्थ्य जोखिमको कारणले प्रतिबन्धित छ। यस माछाको सेवनले क्यान्सरजस्ता गम्भीर रोगहरू निम्त्याउन सक्ने भएकाले नेपाल सरकारद्वारा यसको

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ५४६ पटक पढिएको
    • समृद्धिपथ
  • लहान एभरेस्ट कलेजको रजत जयन्ती भव्य रूपमा सम्पन्न

    फिरोज सिद्दिकी  लहान, माघ ७ गते । लहान एभरेस्ट कलेज तथा माध्यमिक विद्यालयले आफ्नो स्थापना कालको २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले आफ्नो इतिहास र प्रगतिको यात्रालाई स्मरण गर्दै विशेष कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा लहानका विभिन्न क्षेत्रका व्यक्तित्व, पत्रकार, समाजसेवी, पूर्व मन्त्री, मधेस प्रदेशका सभा सदस्यहरू, लहानका सरकारी तथा निजी विद्यालयका प्रतिनिधिहरू र लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोको उपस्थिति रहेको थियो। उनीहरूलाई समारोहमा सम्मानपत्र र मायाको चिनो प्रदान गरियो।   विद्यार्थीहरूको सक्रिय सहभागितामा विविध

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • १,०१९ पटक पढिएको
    • समृद्धिपथ
  • 'लहानका मेयर महेश चौधरीको प्राइभेट लिमिटेड कम्पनीजस्तै छ नगरपालिका'

    फिरोज सिद्दिकी  लहान, माघ ७ गते। लहान नगर उपप्रमुख राम चलितर महतोले नगर प्रमुख महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन्। उनले लहान नगरपालिकालाई महेश चौधरीको "प्राइभेट लिमिटेड कम्पनी" जस्तै चलाइएको दाबी गर्दै प्रमुख चौधरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। बुधबार लहानस्थित एभरेस्ट कलेजको २५औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्।  कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख महतोले भने, "लहान नगरपालिका प्रणाली, कानुन, विधि र विधानको आधारमा होइन, नगर प्रमुख चौधरीको व्यक्तिगत स्वार्थअनुसार सञ्चालन भइरहेको छ। नगर प्रमुखले आफूलाई चाकडी गर्ने शिक्षकलाई मात्

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • १,०२५ पटक पढिएको
    • समृद्धिपथ
  • लक्ष्मीपुर पतारी गाउँपालिकामा सि.अ.हे.व./सि.अ.न.मी. संघर्ष समिति गठन

    फिरोज सिद्दिकी  लहान, ६ गते फागुन । मधेश प्रदेश सरकारले पारित गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को व्यवस्थाले वृति विकासमा रोक लाग्ने भन्दै लक्ष्मीपुर पतारी गाउँपालिकाका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्।   नेपाल स्वास्थ्य सेवा नियमावली, २०५३ बमोजिम सहायक चौथो तहमा अ.हे.व. पदमा नियुक्ति हुँदा अनिवार्य २ तह स्तरवृद्धिको व्यवस्था भए पनि नयाँ ऐनले उक्त सुविधा कटौती गरेको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरूले दबाबमूलक लोकतान्त्रिक संघर्ष गर्ने निर्णय गरेका छन्।   गाउँपालिका स्तरीय सि.अ.हे.व./सि.अ.न.मी. संघर्ष समिति गठन गर्दै आन्दोलनको तयारी थालिएको छ। हरिन

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • ८५७ पटक पढिएको
    • समृद्धिपथ
  • ‘जिम्मेबार पत्रकारिता आजको आवश्यक्ता’

    जीवछ उदासी लहान ५ गते । समाजका विभिन्न क्षेत्रको सत्यतथ्य बाहिर ल्याउन जिम्मेबार पत्रकारिता आवश्यक रहेको सरोकारवालाहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । फागुन ७ गते ६४ औं वर्षमा प्रवेश गर्ने अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले देश्व्यापी रुपमा मनाउने लागेको वार्षिकोत्सव कार्यक्रम अन्र्तगत सिरहाको लहानमा आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन । कार्यक्रमको प्रमुख अतिथिको रुपमा मधेश प्रदेशसभा सदस्य राजकुमार गुप्ताले समाचारको विश्वसनीयताको लागि पत्रकारिता क्षेत्रलाई जिम्मेबार बन्न आवश्यक रहेको समयमा राष्ट्रिय समाचार समिति सिरहाले जिम्मेबार पत्रकारिता र राससको भूमिका विषयक अन्तरक्रि

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ३९४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A