समाचार

    Showing ३५१-३६० of १,२६८ items.
  • मधेश प्रदेशका मुख्यमन्त्री सिंहले गरे लहान अस्पतालको आकस्मिक निरीक्षण, स्वास्थ्य सेवा सुधार गर्न निर्देशन

    फिरोज सिद्दिकी लहान । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शुक्रबार राति लहानस्थित रकुमार शारदा उमाप्रसाद मुरार प्रादेशिक अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको अभावका कारण उपचारमा कठिनाइ भएको स्थानीयको गुनासो बढेपछि उक्त निरीक्षण भएको हो । मुख्यमन्त्री सिंहले राति ९ बजे अस्पतालको आकस्मिक कक्ष, प्रसूति वार्ड र प्रयोगशालाको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले ड्युटी चार्ट अवलोकन गर्नुका साथै त्यहाँ तैनाथ चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति पनि जाँचे । सिंहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग पनि सोधपुछ गर्दै अस्पतालको सेवाका बारेमा जान

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • ४५३ पटक पढिएको
    • समृद्धिपथ
  • आर्थिक सुधारका १२ वटा माग सहित नेपाल उद्यमी व्यवसायी कल्याण संघले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र

    फिरोज सिद्दिकी लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघले नेपाल बैंकका गर्भनर र संघिय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । मुलुकको वर्तमान आर्थिक तथा वित्तीय नीतिप्रति कडा आपत्ति जनाउदै संघर्ष समितिले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा संघले नेपाल सरकारले लागू गरेको जनविरोधी आर्थिक नीतिका कारण साना उद्यमी, किसान र गरिब जनता ठूलो संकटमा परेको आरोप लगाएको छ । बैंकको स्वेच्छाचारी व्याज असुली र वित्तीय संस्था तथा लघुवित्त कम्पनीको अत्याधिक दबाबका कारण देशका एक हजार ५ सयभन्दा बढी साना उद्यमीले आत्महत्या गर्नुका साथै धेरै परिवार घरबारविहीन भएको संघको भनाइ छ । ज्ञा

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • ७२८ पटक पढिएको
    • समृद्धिपथ
  • विधार्थीसँग मेयर कार्यक्रम सुरु

    जीवछ उदासी  लहान,भदौ १३ गते । लहान सिटी जेसिसको आयोजनामा विधार्थीसँग मेयर कार्यक्रमको सुरुवात गरेको छ । कार्यक्रमको सुरुवात लहान-१९ स्थित श्री जनता माध्यमिक विद्यालय सोनमति मझौराबाट सुरु गर्नु भएको हो ।  कार्यक्रममा नगरप्रमुख विधार्थीहरुले राखेका समस्या नगरप्रमुखले सुन्नु भएको थियो । बिधार्थीले राखेका समस्या सुनेर नगरप्रमुख चौधरीले भौतिक पक्षलाई व्यवस्थित र शैक्षिक पक्षकलाई उत्कृष्ट बनाउन लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । एक कक्षा एक शिक्षक एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम ल्याएर अघि बढिरहेको नगरप्रमुख चौधरीले भन्दै लहान सिटि जेसिसले आय

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • ६२५ पटक पढिएको
    • समृद्धिपथ
  • स्वच्छता कार्यक्रम सञ्चालनमा ल्याउन शिक्षक शिक्षिकालाई तालिम

    जीवछ उदासी लहान, भदौ १२ गते । लहान नगरपालिका शिक्षा शाखा, विकन परियोजना अन्तर्गत दलित जनकल्याण युवा क्लव पहल र वाटरएडको सहयोगमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । विद्यालयमा स्वच्छता र व्यवहार परिवर्तनको लागि दिएको तीन दिनको तालिमले थप व्यवहारिक र शैक्षिक ज्ञान हासिल भएको लहान–१० स्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रङगलाल साहले बताउनुभयो । उहाँले भन्नुभयो,‘अब दस महिनापछि म अवकास पाउनेछु । जागीरको उतराद्र्धमा लिएको यो तीन दिने तालिम विद्यालयको हकमा त कोसे ढुङगा सावित हुन्छ नै साथै अवकासपछि जीवनको लागि समेत उपयोगी तालिम रहयो । विद्यालयलाई हराभरा, स्वच्छ खानेपानी , भएको

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ५१९ पटक पढिएको
    • समृद्धिपथ
  • स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहद्वारा प्रादेशिक अस्पताल लहानमा छड्के अनुगमन

    फिरोज सिद्दिकी लहान । मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानमा सोमबार छड्के अनुगमन गरेका छन् । मधेश प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालहरुमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासो बढिरहेको बेला स्वासथ्यमन्त्री सिंहले अस्पतालहरुको अनुगमनमा तिब्रता दिएका हुन् । ्स्वास्थ्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशालालगायतका स्थानहरुमा निरीक्षण गर्दै उनले अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरेका थिए । निरीक्षणकाक्रममा स्वास्थ्यमन्त्री सिंहले अस्पतालका सेवा व्यवस्थित

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • ४७२ पटक पढिएको
    • समृद्धिपथ
  • भ्रामक, असत्य र तथ्यहिन समाचारप्रति नगरपालिकाको असन्तुष्टि

    फिरोज सिद्दिकी सिरहा । दावनल डटकम अनलाइन खबरका कार्यकारी सम्पादक अर्जुन थपलियाले प्रकाशित गरेको ‘राजस्व उठाउँदै खल्तीमा हाल्दै’ भन्ने समाचारको गोलबजार नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले यो समाचारलाई पूणर्तया भ्रामक, असत्य र तथ्यहिन रहेको बताएको छ । गोलबजार नगरपालिकाले आइतवार पत्रकार सम्मेलन गर्दै सो कुरा जनाएको हो । नगरपालिकाले ६ महिनाअघि विज्ञप्ति जारी गरी सबै भ्रम हटाउने प्रयास गरेको तर त्यसका बाबजुद पनि नगरपालिकाको छवि धमिलो पार्ने र कर्मचारीको मनोबल गिराउन यस्ता समाचार फैलिएको नगरपालिकाका प्रवक्ता संजित लामाले पत्रकार सम्मेलनमा बताए । प्रवक्ता लामाले भन

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • ४५१ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल उद्यमी व्यवसायी कल्याणकारी संघद्वारा सरकरलाई चेतावनी, माग पुरा नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने

    फिरोज सिद्दिकी लहान । नेपाल उद्यमी व्यवसायी कल्याणकारी संघ, लहान सिरहाले एक विज्ञप्ति जारी गर्दै नेपाली अर्थतन्त्रमा गम्भीर आरोप लगाउदै नेपालको अर्थतन्त्र वित्तीय माफियाको नियन्त्रणमा रहेको भन्दै संघले १५ सयभन्दा बढी साना उद्यमी, किसान र समाजसेवीले आत्महत्या गरेको आरोप लगाएका छन् । बुधबार सिरहाको लहानमा पत्रकार सम्मेलन गर्दै जारी गरिएको प्रेस विज्ञप्ति मार्फत सो आरोप लगाएका हुन् । संघका अध्यक्ष खडग नारायण चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- बैंक तथा वित्तीय संस्थाहरुको कारण लाखौं महिला घरबारविहीन भएका छन् भने १० लाखभन्दा बढी साना किसान र व्यापारीहरू जीविकोपार्जनका साधनबाट वञ्चित भए

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • ९८६ पटक पढिएको
    • समृद्धिपथ
  • सिङगै बस्ती लालपुर्जा विहिन,दुखनीको परिवार नागरिकता विहिन

    जीवछ उदासीलहान समाचारदातालहान,भदौ ३ गते । लहान नगरपालिका –२४ सलहेस धार्मिक पर्यटकीय क्षेत्र रहेको मानिकदहको उत्तरी डिलमा रहेको झाुटकी गाउँका ५० घरपरिवार सिङिगै गाउँ लालपुर्जाविहिन रहेका छन् भने गाँउकी दुखनी सदायको सिङगै परिवार नागरिकता विहिन रहेको छ । गाउँलेलाई बस्ने जमीनको लालपुर्जा नभएर चिन्तित छन् भने दुखनीको परिवारको पाँचै जनाले नागरिकता नहुँदा सरकारी सुविधा र सामाजिक सुरक्षा भताबाट बञ्चित भएका छन् । ७० वर्षिय दुखनी सदाय आफू कति दिन नै बाँच्ने ? छोरा राजकुमार सदाय नाति र बुहारीहरु समेत नागरिकता नपाएको पीडाले छटपटाइ रहेको उहाँले पीडा पोख्नुभयो ।‘गाउँमा मेरै उमेरका दस जनाले बृद

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ४२५ पटक पढिएको
    • समृद्धिपथ
  • शिलान्यास भएको पाँचवर्ष बित्यो, अझैपनि शीतभण्डार निर्माण कार्य अलपत्र

    जीवछ उदासीलहान,भदौ २ गते । कृषकहरुले माग गर्दै आइरहेको शीतभण्डार निर्माणको माग पुरा गर्न मधेश प्रदेश सरकारको अनुदान सहयोगमा लहान–११ पडरियामा शीतभण्डार निर्माण कार्यको शिलान्यास भएको पाँच वर्षभन्दा बढी समय बितिसक्दापनि निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । तत्कालिन प्रदेश न २ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले २०७५ साल फागुन ११ गते एक सार्वजानिक कार्यक्रमकोबीच शिलानयास गर्नु भएको थियो । शीत भण्डार निर्माणको लागि शुभ नारायण कृषि व्यवसायिक फार्म विषणुपुर –१ खुरहुरीया सप्तरीको साझेदारीमा निर्माण कार्य सुरु भएको थियो । शीतभण्डार निर्माणको लागि लहान

    • प्रकाशित मितिः भदौ २, २०८१
    • ८५५ पटक पढिएको
    • समृद्धिपथ
  • ‘करोडौंको भवन निर्माण भयो तर दाइजो हटाउनेबारे चर्चा भएन’

    जीवछ उदासीलहान, साउन २९ गते । तराई मधेशको जिल्लाहरुमा दाइजोप्रथा सनसनी रुपमा बढिरहेको छ । यसको अन्तय हुनेपर्ने चर्चापनि त्यतिकै भइरहेको छ । जातीय संघ संस्थाहरु आफ्नो मान सम्मान र पहिचानको लागि करौडौं चन्दा सङकलन गरेर भवन सदन निर्माण गरेपनि दाइजो हटाउन गम्भीर नभएको चर्चाले गति लिइरहेको छ । मधेश प्रदेशको ठूला शहरहरुमा दलित समुदाय बाहेक अरु समुदायहरुको भवन र सदन निर्माण भएको छ, यस्ता भवन निर्माणको लागि करोडौं खर्च भएको देखिन्छ । भवन निर्माणको लागि सुरुवाती हुँदा यसले जातीय विकृतिहरुलाई अन्तय गर्ने विश्वास समेत लिएको थियो तर जातीय र समाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा हटाउन कुनै पहल नै नभएको

    • प्रकाशित मितिः साउन २९, २०८१
    • ५५० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A