जीवछ उदासी लहान,कातिक १० गते लोक आस्था र सामाजिक एकता एवं सद्भावको पर्व छठको पहिलो दिन छठघाटमा साँझको अर्घ भक्तजनहरुले दिइरहेका छन् । लहान नगरपालिकाको वडा नम्बर ४,५,६,७,८,९ र १० बजार क्षेत्रका भक्तजनहरु खुटी खोलामा छठ पर्व मनाउँदै आइरहेका छन भने लहान १ र ३ का भक्तजनहरु लहान -३ स्थित पुरनी पोखरी र लक्ष्मण ललिता कुशवाहा माविको पोखरीमा विशेष सजावटका साथ छठ पर्व मनाइरहेका छन् । ललकु माविको पोखरीमा २ सय र पुरनी पोखरीमा ३ सय गरी ५ सय घर परिवारले छठ मनाइरहेको पुजा समितिले जनाएका छन् ।
आज मधेसका विभिन्न जिल्लाहरु धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहटदेखि पर्सासम्म गाउँदेखि सहरसम्म भरदुतिया अर्थात् भाइटिका पर्व धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक स्नेहका साथ उल्लासपूर्वक मनाइँदै छ। दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, स्नेह र रक्षा सम्बन्धको प्रतीकका रूपमा यो पर्व मिथिला समाजमा विशेष महत्त्वका साथ मनाइन्छ। पौराणिक कथा र धार्मिक महत्त्व भरदुतिया पर्व कार्तिक शुक्ल पक्षको दोस्रो तिथि अर्थात् दुतियाको दिन मनाइन्छ। पौराणिक कथाअनुसार, मृत्युका अधिपति यमराज आफ्नो बहिनी यमुना (यमी)लाई भेट्न स्वर्गबाट पृथ्वीमा आएका थिए। यमलाई स्वागत गर्न यमीले आरती, टिका, पुष
लहान । यमपञ्चकको तेस्रो दिन आज साँझ अधिराज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा–भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ । हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई वर्षकै सबैभन्दा शुभ र उज्यालो रातका रूपमा मनाउने परम्परा रहिआएको छ । ‘बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन्’ भन्ने प्रचलित भनाइअनुसार आज बिहानैदेखि नै घर–आँगन सफा–सुग्घर पार्ने, भित्तो–छानो धुने, कौसी, भर्याङ, दैलो र सङ्घारसम्म सफा गरी बत्ती बाल्ने तयारी सुरु भएको छ । साँझपख घर–घरमा तेल र मैनबत्तीको उज्यालो छर्ने क्रमसँगै देवी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्
जनकपुरधाम । मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनार नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले जसपा नेपाल, लोसपा, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीको समर्थनसहित सरकार गठनको दाबी प्रस्तुत गरेका थिए। मुख्यमन्त्री नियुक्त भएपछि सोनारले प्रदेशमा सुशासन र स्थायित्व कायम गर्न प्रतिबद्ध रहने बताएका छन्। उनले भने, “जेन–जी आन्दोलनपछि प्रदेश राजनीति शून्यतामा पुग
लहान–१५ बेतहाकी ४२ वर्षीया धनकुमारी राईले १२ सन्तान जन्म दिएर नयाँ रेकर्ड कायम गरेकी छन्। सुन्दा अचम्म लाग्ने यो घटनाले लहान नगरमा मात्र होइन, सम्पूर्ण समाजमा स्वास्थ्य शिक्षा र जनचेतनाको अभावबारे गम्भीर प्रश्न उठाएको छ। धनकुमारी राईले हालै लहानस्थित रामकुमार–सारडा–उमाप्रसाद स्मारक अस्पतालमा १२औं सन्तानका रूपमा एक छोरीलाई जन्म दिएकी हुन्। उनीसहित हाल उनका ९ जना सन्तान (४ छोरा र ५ छोरी) जीवित छन् भने ३ सन्तानले जन्मिएलगत्तै संसार देख्न पाएका छैनन्। सुत्केरीको अवस्थाबारे जानकारी पाएपछि लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी अस्पताल पुगेर धनकुमारीको स्वास्थ्य अवस्थाबारे जानक
लहान । जेन–जी आन्दोलनका क्रममा लहानमा तोडफोड, आगजनी र लुटपाटका कारण क्षतिग्रस्त सरकारी कार्यालयहरूको लहान नगरपालिकाले स्थलगत अनुगमन गरेको छ। नगर प्रमुख महेशप्रसाद चौधरीको नेतृत्वमा गरिएको अनुगमनपछि नगरपालिकाले जनतालाई सेवा प्रवाह गर्नका लागि तत्काल आवश्यक फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका विद्युतीय सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। अनुगमन टोलीमा इलाका प्रशासन कार्यालयका प्रमुख उपसचिव वेदनिधि खनाल, लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राई, संचारकर्मीलगायतको सहभागिता रहेको थियो। टोलीले घरेलु तथा साना उद्योग कार्यालय, डिभिजन वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, ना
फिरोज सिद्दिकी लहान । सामाजिक उत्तरदायित्वका रूपमा लिटिल स्टार सेकेन्डरी इंग्लिश स्कुल, लहानले लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ। स्कुलले बिहीबार अस्पतालमा उपचाररत ८८ जना बिरामीहरूलाई केरा, स्याउ, हर्लिक्स, बिस्कुट र फ्रूटी जुससहितको फलफूल वितरण गरेको हो। फलफूल वितरण कार्यक्रम स्कुलका फाउन्डर प्रिन्सिपल जय प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्कुलका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको समेत उपस्थिती रहेको थियो। प्रिन्सिपल चौधरीका अनुसार, समाजसेवा र मानवताको भावना जगाउने उद्देश्यले हरेक
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छिन्। सिंहले मंगलबार मधेस प्रदेशसभाको बैठकमै रोष्टमबाट विश्वासको मत सामना नगरी राजीनामा घोषणा गरेका थिए। प्रदेश प्रमुखको कार्यालयले आज (मंगलबार) सार्वजनिक गरेको विज्ञप्ति अनुसार सिंहको राजीनामा नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) बमोजिम स्वीकृत गरिएको हो। विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८२ साल असोज
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेशसभाको बैठकमै रोष्टमबाट आफ्नो राजीनामा घोषणा गरेका छन्। विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन परेको आज उनले विश्वासको मत सामना नगरी सीधै राजीनामा दिने घोषणा गरेका हुन्। प्रदेशसभामा सम्बोधनका क्रममा सिंहले आफ्नो वक्तव्यको अन्त्यमा राजीनामाको घोषणा गरेपछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मत विभाजन आवश्यक नपर्ने भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन्। मुख्यमन्त्री सिंहले राजीनामा घोषणासँगै आफ्नो पार्टी जनमतका अध्यक्ष डा. सिके राउतमाथि विभिन्न आरोपहरू लगाएका छन्। उनले पार्टीभित्रको असहयो
फिरोज सिद्दिकी लहान । भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र प्रशासनिक पारदर्शिता सुनिश्चित गर्न जेन–जी संगठन–लहानले सोमबार लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको छ। संगठनले देशव्यापी जेन–जी आन्दोलनको भावना अनुरूप स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको अभ्यास हुनुपर्ने माग राखेको हो। ध्यानाकर्षणपत्रमा गत भदौ २३ र २४ गते भएको ऐतिहासिक जेन–जी आन्दोलनले शासन परिवर्तनसम्मको परिस्थिति निर्माण गरे पनि आन्दोलनका मुख्य मागहरू अझै कार्यान्वयनमा नआएको कारण संघर्ष निरन्तर जारी रहेको जनाइएको छ। संगठनले लहान नगरपालिकामा व्याप्त भ्रष्टाचार, ढिला
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A