जीवछ उदासी लहान,बैशाख १३ गते । लहान नगरपालिका -३ अस्पताल चोकमा ठाडी भगवानपुर जाने सडकको पश्चिम किनारामा दुइ दशकभन्दा आगाडि आफ्नो जग्गामा घर निर्माणसँगै बौन्ड्री पर्खाल पनि लगाइ सकेको श्याम सुन्दरी देवी यादवको पर्खाल दक्षिणतर्फका संधियार उर्मिला यादवनीका छोरा देव कुमार यादवले भत्काइ दिएको छ । श्याम सुन्दरी देवीका पति इन्द्र नारायण यादवको अनुसार एक कठा सबा दुइ धुर जग्गामा घर निर्माणपछि २०६७ माघ १९ गते लहान नगरपालिकाबाट बाउन्ड्री वालको नक्सा पास गराइ घेरेका थिए । नक्सा पास गर्नुभन्दा नगरपालिकाबाट आएका प्रविधिकले मेरो जग्गा छिट्टयाइ दिएको थियो । २०७९चैत ३ गते मेरो पिता
फिरोज सिद्दिकी सिरहा । तोकिएकै पुस्तक पसलबाट पुस्तक किन्नुपर्ने ठेकेदारी प्रथाका कारण सिरहाका अभिभावक मारमा परेका छन् । केही संस्थागत विद्यालयले कमिसनको लोभमा अभिभावकलाई तोकिएकै पुस्तक पसलबाट पुस्तक किन्न बाध्य पारिएपछि सिरहामा यस्तो स्थिति आएको हो । यहाँका नाम चलेका केही विद्यालयले अभिभावकलाई जबर्जस्ती पुस्तकको सूची दिएर अभिभावकलाई तोकेकै पसलबाट पुस्तक किन्न बाध्य पारिरहेकाछन् । यहाँ सञ्चालनमा रहेका अधिकांश विद्यालयमा ठेकेदारी प्रथामार्फत पुस्तक पसलबाट २० देखि ३० प्रतिशतसम्म कमिसन खाने गरेको तथ्य खुलाशा भएको छ । ‘अभिभावकको ढाड सेक्ने गरी यहाँका निजी विद्यालयले महँगो शुल्क असुलेर पनि
बैशाख ११ , काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मदेवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार २ हजा ६ सय मत प्राप्त गरेका छन्। अहिलेसम्म ६ हजार ७६७ मत गणना भएको छ। सुरुवाती दुई नतिजामा अगाडि रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव त्यसपछि दोस्रो नम्बरमा थिए। तर अहिले फेरि उनले अग्रता अघि बढाएका छन्। कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा २ हजार ६७ मत ल्याएर यादवलाई पछ्याइरह
११ वैशाख, बारा । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।
फिरोज सिद्दिकी, लहान । ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ सिरहाको लहान ९ मा रहेको श्री माध्यमिक विद्यालय लहान गोठले विद्यार्थी भर्ना कार्यक्रम अन्तरगत र्याली सम्पन्न गरेको छ । शैक्षिक सत्र २०८० का लागि श्री माध्यमिक विद्यालय लहान गोठका विद्यार्थी र शिक्षकहरुको सहभागीतामा र्याली सम्पन्न गरेको हो । उक्त र्याली बासाजोडी, शोभापुरको सिमाना हुँदै लवका टोल, पुरानो टोल, रामजानकी टोल, पछवारी टोल लगायतका स्थानहरुमा परिक्रमा गरेको थियो । निमित्त प्रधानाध्यापक जितेन्द्र महतोले यस माध्यमिक विद्यालय लहान गोठले प्रत्येक वर्षको शैक्षिक प्
फिरोज सिद्दिकी, लहान । विद्यालय र मदरसाका सबै शैक्षिक सुविधाका साथै सुविधा सम्पन्न आवाशिय व्यवस्था सहित लहन ५ मा अल-अमिन नेशनल एकेडमी संचालनमा आएको छ । आजको द्रुत रूपमा परिवर्तन भइरहेको संसारमा, हाम्रा बच्चाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो जिम्मेवारी मध्येको एक अत्यन्त महत्वपूणर् जिम्मेवारी हो । विशेष गरी शिक्षाको बढ्दो आवश्यकता संग, लहानमा अल-अमिन नेशनल एकेडेमीको स्थापना सही दिशामा एक राम्रो आवश्यक कदम हो । एकेडेमी विशेष गरी मुस्लिम बालबालिकालाई ध्यानमा राखेर संचालन गरिएको हो र यसले यी बालबालिकाहरूलाई उच्च गुणस्तरको शिक्षा प्राप्त गर्ने अनौठो अवसर प्रदान गर्नेछन् जुन उनीहरूको सां
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । छातीमा समस्या भएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको हो । उनको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ ।
काठमाडौं, ६ वैशाख । सरकारले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे हाे । भू–उपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको र यससँगै ‘भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पनि स्वीकृति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यस व्यवसायमा कित्ताकाट रोकिंदा लगानी गर्नेहरुको अर्बौं रुपैयाँ फसेको छ । घरजग्गा व्यवसायमै मन्दी आएको, यसको असर समग्र अर्थतन्त्रमै परेको आशंका गरिएको छ । कित्ताकाट खुला गरेपछि कारोबार सहज हुने छ । यसअघि नियमावली न
सिराहा ५ वैशाख। मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेकाे दुस्प्रचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा नगरलाई बदनाम गर्ने नियतले दुस्प्रचार गरेकाे भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएकाे छ । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको बताएका छ्न्। घरटहरा हटाउन नगरपाल
मुकेश कुमार यादव सिरहा, ४ वैशाख। सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्री जलेर नष्ट भएको हो। ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्रि जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए। उनले भने, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशे
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A