फिरोज सिद्दिकी, लहान । चिसोबाट प्रभावित लहान वडा नम्बर ९ का एक सय ५० जना जेष्ठ नागरिक वृद्ध बृद्धाहरुलाई शनिबार न्यानो कम्बल वितरण गरिएको छ । लहान नगरपालिका ९ का वडा सदस्यद्वय मो. नजिम मियाँ र इश्वर प्रसाद शर्मा अधिकारीको फुटकर शिर्षकबाट सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई सम्मान स्वरुप कम्बल वितरण गरेको हो । केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न वृद्ध वृद्धाहरुलाई असहज भइरहेको अवस्थामा वडा कार्यालयले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । लहान ९ स्थित रहेको आधारभूत विद्यालयको प्राङ्गणमा १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई सम्मान स्वरुप कम्
जिबछ उदासी लहान माघ १३ गते । लहान नगरपालिका २३ तिलेबोनामा जनता आधारभुत विद्यालयको दुई कोठे भवनको लहान नगरप्रमुख मुनि साहले शिलान्यास गर्नु भएको छ । भवन शिलान्यास गर्दै नगर प्रमुख साहले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासको लागि लहान नगरपालिकाले काम गरिरहेको बताउनुभयो । लहान नगरपालिका शिक्षा शाखाले शैक्षिक गुणस्तर सुधारको लागि गरिरहेको कार्यलाई सकारात्मक रुपमा लिन सबैमा उहाँले आग्रह गर्नुभयो । उहाले थप्नुभयो,'लहान नगरपालिकामा रहेको ६० वटै सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि ऐन बनाएर गरेको प्रगतिउन्मुख कार्यहरुलाई सहमति र सहकार्य गरेर अघि बढाउनु पर्नेमा अ
सिरहा । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले विभिन्न नगरपालिकाका प्रमुख, प्रदेशसभा सदस्यलगायतका जनप्रतिनिधिहरु चढने गाडी तोडफोड गरेका छन् । बुधबार मधेश प्रदेशका राजधानी जनकपुरमा कयौं सरकारी गाडीमा तोडफोड गर्नुका साथै चिकित्सकदेखि जनप्रतिनिधिसम्मलाई आक्रमण गरेका हुन् । सोही क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले सिरहाको लहान नगरपालिकाका नगरप्रमुख चडढने गाडी रोकिराखेको अवस्थामा तोडफोड गरेका छन् । नगरप्रमुख राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम गएका थिए । आज राष्ट्रिय सभा सदस्यहरुको लागि भइरहेको निर्वाचनमा मतदान गर्न जनकपुरधाम पुगेकोबेला पिडारीचोक, मुरलीचोक, जानकी मन्दिरको वरि
जिवछ उदासी लहान माघ ९ गते । राष्ट्रिय युवा संघ नेपाल सिरहाले भौतिक निर्माण तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै धनगडीमाइ नगरपालिकामा प्रर्दशन गरेको छ । बलिदानी दिवसको अवसरमा गौरमा आयोजित सभामा गौर घट्ना फेरि दोहोरिने मन्त्री यादवको आपति मन्त्री पदको लागि अशोभनीय र अमर्यादित अभिव्यक्ति कानुन र संविधान विपरित भएकोले प्रधानमन्त्री शेर बहादुर देउवाले तुरुन्त बर्खास्त गर्नुपर्ने युवासंघ सिरहाका संयोजक जय प्रकाश ठाकुरले प्रदर्शनको अगुवाई गर्दै माग गर्नुभयो । पेट्रोलियम पदार्थ गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने र स्थानीय चुनाव कुनै पनि बहानामा सार
जिबछ उदासी लहान,माघ ५ गते । हुलाकी मार्ग निर्माण र सडक बिस्तार कार्य सिरहा नगरपालिका -१ महाबीर चोकमा जग्गा खाली गराउने क्रममा केन्द्रबाट दुबेतिर जग्गा नलिँदा नेवार समुदाय मार्कामा परेको छ । राजमार्ग निर्माणको लागि हामी बाधक छैनौ हेमन्त कुमार प्रधानले भन्दै नेवार समुदाय बसेको बस्तीतर्फ २ कठा जमीन लिएको छ भने दक्षिणतर्फ एक कठा मात्रै खालि गराएको गुनासो गर्नुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार केन्द्रबिन्दुबाट दुबैतिर १५ मिटर लिनुपर्नेमा त्यसो नगरेकोले हामी नेवार समुदाय अन्यायमा परेका प्रधानले दुखेसो पोख्नुभयो । यता हुलाकी सडकमा इन्जिनिय
जिवछ उदासीलहान,पुस २८ गते । नेकपा एमाले सिरहाको १० औ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा १२० सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । चन्देश्वर मण्डलको अध्यक्षतामा चयन भएको कमिटिमा उपाध्यक्ष,सचिव रउप सचिवहरु क्रमशः नविन कुमार यादव,उग्रनारायण यादव शिब शङकर महतो र श्याम श्रेष्ठ चुनिएको निर्वाचन कमिटिका संयोजक रोशन लामाले जानकारी दिनुभयो । २५ गते लहान नगरपालिकाको नगर सभा हलमा अधिवेशनको उद्घाटन एमाले महासचिव शङकर पोखरेलले गर्नु भएको थियो । उद्घाटन मनतब्यमा पोखरेलले सर्वसम्मतिमा रुपमा जिल्ला कमिटि चयनको लागि दिनु भएको निर्देशन अनुसार कमिटि चयन भएको एमाले केन्द्रिय कमिटि सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसा
जिवछ उदासी लहान,पुस २५ गते । लहान नगरपालिकाको पुर्व मेयर प्रकाश केसी एमालेमा प्रवेश गर्नु भएको छ । नेकपा एमाले सिरहाको १० औ जिल्ला अधिवेशनमा एमाले महासचिव शंकर पोखरेलले उहाँलाई फूलमाला लगाइ पार्टीमा प्रवेश गराउनु भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर केसी एमाले प्रवेश गर्दै राष्ट्रियता समृद्धि र विकासको लागि एमाले नै उपयुक्त पार्टी भएकोले एमाले रोजेको केसीले बताउनुभयो । कार्यक्रममा पार्टी स्थायी कमिटि सदस्य सचिव रघुबीर महासेठ, स्थायी कमिटि सदस्य प्रभु साह,पोलिटब्युरो सदस्यहरु लिलानाथ श्रेष्ठ,ज्वाला कुमारी साह,अचुत्य मैनाली केन्द्रिय सदस्यहरु गंगा प्रसाद याद
जिवछ उदासीलहान,पुस २२ गते । प्रदेश –२ का सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रत्येक स्थानीय तहमा पतञ्जलि योग शिविरको लागि व्यस्थित भवन निर्माणको आवश्यक्ता रहेको बताउनु भएको छ । पतञ्जलि योग आश्रम लहान–४ को नव निर्मित भवनलाई बुधबार उदघाट्न गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो । ‘स्वस्थ्य नेपाल, समृद्ध नेपाल’को पवित्र नारा लिएर पतञ्जलि योग शिविर सञ्चालन गरेर प्रदेशलाई नै सहयोग सहयोग हुने कार्यक्रम रहेकोले प्रदेश –२ को सरकार प्रत्येक स्थानीय तहमा योग शिविर भवन निर्माणको कार्यक्रमलाई प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो । उहाँले भन्नुभयो,‘यत्रो ठूलो व
जिवछ उदासी लहान,पुस १५ गते । नेकपा एमाले १०औ महाधिवेशबाट केन्द्रिय समितिमा सिरहाबाट चयन भएका नेताहरुलाई नेकपा एमाले धनगडीमाइ नगर कमिटिले कम्युनिष्ट आन्दोलनको लागि एतिहासिक स्थल सरें अम्बासमा सम्मानित गरेको छ । माहाधिवेशनबाट केन्द्रिय सदस्यमा लिलानाथ श्रेष्ठ ,गंगा प्रसाद यादव, रामरति राम ,प्रमोदनारायण यादव र रामपृत राम चयन हुन भएका छन् । एमाले धनगडीमाई नगर कमिटिले गएको शनिबार एक कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाएर सम्मान गरेको थियो । नेकपा एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवाद कार्यक्रम तत्कालिन महासचिव मदन कुमार भण्डारीले सरे. अम्बासमा सम्पन्न भएको सरेको अम्वासको चौथो महाधिवेशनमा प्रवे
जिवछ उदासी लहान,पुस १३ गते । नेकपा एमाले केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले नेकपा एमाले किसानको हितमा काम गर्ने पार्टी बनाउन आवश्यक रहेको बताउनु भएको छ । नेकपा एमाले लहान नगर कमिटिको बैठक लाई सम्बोधन गर्दै यस्तो बताउनु भएको छ । उहाँले भन्नुभयो,'प्रदेश -२ को किसानहरु ठूलो मारमा परेका छन् । न मल पाउछन न बीउ । प्रदेश सरकार किसानको समस्यालाई नजरअन्दाज गरिरहेको छ । यस्तो अवस्थामा लहान नगरपालिकाले किसानलाई अनुदानमा बीउ,मल उपलब्ध गराउन र सिंचाईको लागि गरेको कार्य सराहनीय रहेको छ । ' नेकपा एमालेका हरेक नेता कार्यकर्ता किसानको समस्या समाधानका लागि आवश्यक परे आन्दोलन
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A