समाज

    Showing ९१-१०० of ८१८ items.
  • थाना चोकदेखि कटहासम्मको कालोपत्रे सडक निर्माण शुभारम्भ

    जीवछ उदासी  लहान,फागुन २७ गते  बहुप्रतिक्षित थाना चोकदेखि कटहा चोकसम्मको कालोपत्रे (अल्फास्ट ) सडक निर्माण कार्यको सुरु भएको छ ।  लहान नपा १,२,३ र १९ नम्बर वडालाई जोड्ने सडक निर्माण नहुँदा स्थानीवासीहरुबाट व्यक्त भइरहेको व्यापक जन गुनासोलाई ध्यानमा राखेर चार करोड पाँच लाख १३ हजार ९१८. ६० मा ठेक्का टेण्डर भइ कार्य शुभारम्भ भएको हो ।  सडक निर्माण बोर्ड पढेर लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी नेपाल पत्रकार महासंघ सिरहा अध्यक्ष मनोज बनैता वडा नम्बर १ र २ का वडाध्यक्षहरु क्रमश: युगल किशोर चौधरी र सियाराम यादव लगायत स्थानीहरुको उपस्थिति रहेको थियो । 

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ५२० पटक पढिएको
    • समृद्धिपथ
  • चैत ३ गतेदेखि मिर्चैया नपाबाट राष्ट्रिय परिचय पत्र वितरण हुने

      जीवछ उदासी  लहान,फागुन २७ गते  सिरहाको मिर्चैया,कर्जन्हा र कल्याणपुर नगरपालिकाको राष्ट्रिय परिचय पत्र चेत ३ गतेबाट वितरण हुने मिर्चैया नगरपालिकाले जनाएको छ ।  फागुन २१ गते बुधबार राष्ट्रिय परिचय पत्र विभाग र मिर्चैया नगरपालिकाबीच सहमति भएर परिचय पत्र बनाउने कार्य हुन लागेको मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवले जानकारी दिनुभयो । सम्झौतामा राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागको महानिर्देशक युवराज कटेल र नगरप्रमुख यादवले हस्ताक्षर गरेपछि चैत ३ गतेदेखि सुरु गर्न थालिएको हो ।  आठ महिनादेखि रोकिएको परिचय पत्र बनाउन आवश्यक कर्मचारी र प्रविधि व्यवस्थापनमा देखिएको समस

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ५३४ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा कार्डियो र डावेटिक सेन्टर सञ्चालनमा

    जीवछ उदासी  लहान,फागुन २६ गते   लहान नगरपालिका -४ मा हृदय रोग निवारण संघद्वारा कार्डियो र डाइवेटिक सेन्टर सञ्चालनमा आएको छ ।  सेन्टरको उद्घाटन लहान नगरप्रमुख महेश प्रसाद चौधरी र मुटु रोग चिकित्सक डा.कुमुद धितालले संयुक्त रुपमा उद्घाटन गर्नु भएका छन् । ठूलो अस्पताल खोल्ने सोचले कार्य अघि बढेको चिकित्सक धितालले वताउनुभयो । लहान नगरपालिका कार्डियो र डाइवेटिक सेन्टर सञ्चालनमा आउनु लहानको लागि एउटा गौरवको योजना आएको नगरप्रमुख चौधरीले भन्दै नगरपालिकाले आवश्यक सहयोग तयार रहेको दृढता व्यक्त गर्नुभयो ।   फागुन २६ र २७ गते दुई दिन नि:शुल्क शिविर आयोजना गरिएको छ । शिविर

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • १,२४९ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल कृषि तथा बागवान क्षेत्र श्रमिक संघ (फापुन)को छैठौँ राष्ट्रिय अधिवेशन लहानमा सुरु

    फिरोज सिद्दिकी, लहान, फागुन २५ गते । "कृषि श्रमिकको एकता, रोजगारी, ज्याला, संवाद र सामाजिक सुरक्षाको सुनिश्चितता" भन्ने मूल नाराका साथ नेपाल कृषि तथा बागवान क्षेत्र श्रमिक संघ (फापुन)को छैठौँ राष्ट्रिय अधिवेशन सिरहाको लहानमा सुरु भएको छ।   आइतबार अधिवेशनको उद्घाटन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले श्रम बजारमा ठूलो परिवर्तन आएको बताउँदै संगठन स्वतन्त्रता, न्यूनतम ज्याला मात्र नभई जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको अधिकार प्राप्त गर्नुपर्ने धारणा व्यक्त गरे।   उनले जबसम्म कृषि मजदुरहरूको जीवनस्तर उकासिँदैन, तबसम्म देश समृद्ध बन्न नस

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ५०७ पटक पढिएको
    • समृद्धिपथ
  • रिङकु सदायको प्रकरणमा आठ अभियुक्त पक्राउ परेको प्रहरीद्वारा सार्वजानिक

    जीवछ उदासी नवराजपुर गाउँपालिका –१ भगवतीपुरका रिङकु सदायको बलात्कृत भइ मृत्यु भएको घट्नामा पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजानिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा पत्रकार सम्मेलन गरी सिरहा प्रहरी प्रमुख रमेश पण्डितले आफ्नै कार्यकक्षमा सार्वजानिक गर्नु भएको हो । फरार भएका मुख्य आरोपी प्रहरीले रुपेश् मण्डल नियणत्रणमा लिई जिल्ला अदालतमा म्याद थप लिइ अनुसन्धान भइरहेको,फरार रहेका अन्य प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा वडा सदस्य नथुनी साह,राम कृपाल मण्डल,बिन्देश्वर साह र राजेन्द्र मण्डल गरी आठ जना पक्राउ परेको छन् । आठै जनालाई पक्राउ गर्न प्रहरीले अहोरात्र

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • ६१३ पटक पढिएको
    • समृद्धिपथ
  • नवराजपुरमा श्रमिक महिला अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सन्जु कुमारी दास, सिरहा, फागुन २२ गते । आउँदै गरेको ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसरमा नवराजपुर गाउँपालिकाको सभा हलमा श्रमिक महिलाहरूको मानव अधिकार सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  नवराजपुर गाउँपालिकाको आयोजना तथा मुक्ति नेपाल गोलबजार, इन्सेक सिराहा, समग्र जनउत्थान केन्द्र, दलित जनकल्याण युवा क्लब लगायत संघसंस्थाको सहकार्यमा कार्यक्रम भएको हो। कार्यक्रमको अध्यक्षता नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उद्गार यादवले गरेका थिए भने उपाध्यक्ष पुनम कुमारी यादव, विभिन्न वडाका अध्यक्षहरू, जिल्ला समन्वय समितिकी सदस्य जानकी यादव, मुक्ति नेपालकी अध्यक्ष देवकुम

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ६२८ पटक पढिएको
    • समृद्धिपथ
  • महिला हिंसाका घट्ना बढ्दै सिरहामा

    जीवछ उदासीलहान, फागुन २१ गतेसिरहाको चार पालिकाहरु गेलबजार, मिर्चैया,कर्जन्हा र सिरहा नगरपालिकामा एक वर्षमा १८३ महिला हिंसाका घटनाहरु घटेका छन । मुक्ति नेपाल सिरहा गाृेलबजारले गरेको सर्वेक्षण अनुसार घरेलु हिंसा ५४,बालविवाह ३७,महिला हिंसा ३३,झैझगडा २१,कुटपिट ८,मानसिक यातना ७,बलात्कार ४,यौन शोषण ४,आत्महत्या २,हत्या २ र अन्य ११ गरी १८३ रहेको मुक्ति नेपालका कार्यक्रम संयोजक सन्जु दासले जानकारी दिनुभयो । हिंसाका घटनाहरुमा सबैभन्दा बढी पतिबाट ९६,सासुबाट २२,बुवाबाट २०,छिमेकीबाट १८,छोरी बुहारीबाट ७,सासुराबाट ५,साथीबाट ५,आमाबाट ४,प्रृमीबाट ४,देवरबाट १ र प्राकृतिक प्रकोपबाट १ रहेको छ भने सबैभन्दा २१ देख

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ५६९ पटक पढिएको
    • समृद्धिपथ
  • रिङकु सदायको न्यायको लागि खबरदारी गरिरहनुपर्छ : मानवअधिकारवादी राउत

    जीवछ उदासी  लहान,फागुन २० गते  नवराजपुर गाउँपालिका -१ भगवतीपुरको रिङकु सदायको बलात्कार गरी मृत्युवरण भएको घट्नामा संलग्नहरुमाथि कर्वाही नभएसम्म खबरदारी गरिरहनु पर्ने मानव अधिकारवादी नेता राजकुमार राउतले बताउनु भएको छ ।  मानवअधिकारवादी राउत र राष्ट्रिय मानव अधिकार संगठन सिरहाको सदस्य बिजय कुमार महतो रिङकु सदस्यको बुबा आमालाई भेटेर घटनाबारे विस्तृत जानकारी लिइ यस्तो बताउनु भएको हो ।  मानव अधिकारवादी नेता राउतले भन्नुभयो,' अहिलेपनि विपन्न दलितहरुमाथि जघन्य अपराधको घट्ना लुकाउने काम भइरहेको छ । मिडिया र अधिकारकर्मीहरुले यो घटनालाई नउठाएको भए सल्टि सकेको हुन्थ्यो । रिङकुको ब

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ६९२ पटक पढिएको
    • समृद्धिपथ
  • अन्ततः लहान नगरपालिकाले किसान संघर्ष समितिसँग गर्यो सम्झौता, ढल निर्माण स्थगित

    फिरोज सिद्दिकी  लहान । लामो रस्साकस्सीपछि अन्ततः लहान नगरपालिकाका मेयर महेश चौधरी र खुट्टी नहर सिंचाई संघर्ष समिति बीच समझदारी कायम भएको छ।  संघर्ष समितिको निरन्तर आन्दोलनका कारण लहान क्षेत्रको शान्ति सुरक्षा तथा सामाजिक सद्भाव प्रभावित भएको भन्दै नगरपालिका र समितिले संयुक्त बैठक गरी सम्झौतामा हस्ताक्षर गरेका हुन्। बिहीबार जिल्ला प्रशासन कार्यालय सिराहामा भएको सम्झौता अनुसार, लहान नगरपालिका क्षेत्रभित्र निर्माणाधीन खुट्टी खोला सिंचाई नहर खुला रूपमा निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहको लगानी जुटाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, हाल भईरहेको नहरमा ढल निर्माण कार्यलाई स्थगित

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • ६८६ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको लहानमा न्यायको माग गर्दै विरोध र्‍याली

     फिरोज सिद्दिकी  लहान, माघ ११ गते । सिरहाको लहानमा बलात्कार, हत्या र जातीय छुवाछुतविरुद्ध न्यायको माग गर्दै विरोध र्‍याली निकालिएको छ। विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको र्‍याली रमेश महतो चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। विरोध प्रदर्शनमा सहभागीहरूले 'दण्डहीनताको अन्त्य गर', 'रिंकु सदालाई न्याय दे', 'कानूनी शासन सुनिश्चित गर', 'न्याय किनबेच गर्न पाइँदैन' जस्ता नारासहित प्रदर्शन गरेका थिए। कोण सभामा महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय अध्यक्ष श्यामकुमारी साहको विशेष उपस्थिति रहेको थियो। वक्त

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • ६०६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A