समाज

    Showing ६८१-६९० of ८५९ items.
  • तराई मुक्ति मोर्चाद्वारा मालपोत कार्यालय लहानमा बम बिष्फोट

    लहान । मालपोत कार्यालय लहानमा बम विष्फोट भएको छ । आइतबार दिउसो १ बजे मालपोत कार्यालयको दोस्रो तलामा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) समुहले बम विष्फोट गराएको हुन सक्ने लहानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. तपन दाहाल जानकारी दिनु भएको छ । घटना स्थलमा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का पम्पलेट भेटिएको थियो । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन् । विष्फोटमा परेर कार्यालयका कर्मचारी शिव कुमार यादव सहित ८ जना घाइते भएका छन् । गम्भिर घाइते भएका एक जना सेवाग्राही दिनेश भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं गलिने तया

    • प्रकाशित मितिः चैत १, २०७७
    • ५,७०२ पटक पढिएको
    • समृद्धिपथ
  • आँखा उपचार शिविर लगतै दोश्रो चरणमा पाठेघरसम्बन्धी निःशुल्क शिविर : नगरप्रमुख साह

    जिवछ उदासी लहान,फागुन २८ गते । लहान नगरप्रमुख मुनि साहले आँखाका विरामीहरुको निःशुल्क उपचार एकदिने शिविर सम्पन्न सम्पन्न भएपछि दोश्रो चरणमा पाठेघर सम्बन्धी शिविर सञ्चालनमा आउने बताउनु भएको छ । विलट साह रौनियार होमियोपैथिक अस्पताल लहान–५ मा एक दिवसीय आँखा उपचार शिविरलाई उदघाट्न गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो । स्वास्थ्य नागरिकबाट मात्रै हाम्रो ‘लहान, समृद्ध लहान’को नारा सम्पन्न हुने भएकोले लहान नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको प्रमुख साहले प्रष्टयाँउदै भन्नुभयो,‘लहान नगरपालिकामा रहेको सगरमाथा चौधरी आँखा अस्पतालले गरिरहेको उपचारबाट अन्य द

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • ७९६ पटक पढिएको
    • समृद्धिपथ
  • मास्टरमिटर जडान गरेपछि कृषि मिटरको बील नगरपालिकाले तिर्ने : नगरप्रमुख साह

    जिवछ उदासी लहान, लहान नगरपालिका प्रमुख मुनि साहले मास्टर मिटर जडानपछि कृषि मिटरको सम्पूर्ण बील लहान नगरपालिकाले तिर्ने उद्घोष गर्नु भएको छ । लहान–१९ छरापटिमा शिब मन्दिरको शिलान्यासपछि आयोजित कार्यक्रममा यस्तो उदघोष गर्नु भएको हो । ‘हाम्रो लहान, समृद्ध लहान’को नारालाई कार्यान्वयन कृषि धार्मिक पर्यटन,शिक्षा,स्वास्थ्य,सडक, खानेपानी लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रमुख साहाले भन्नुभयो,‘लहान नगरपालिको सहरी र ग्रामीण क्षेत्रको विकासलाई सन्तुलनमा राखेर अघि बढ्दा निकै चुनौती र अवरोध खडा भएपनि लहानका जनताका माया स्नेहले स

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • १,४७० पटक पढिएको
    • समृद्धिपथ
  • जन्मभूमि लहानमै उद्योग व्यापार संचालन गर्न शारडा र मुरारका परिवारलाई मन्त्री श्रेष्ठको आग्रह

    जिवछ उदासी/ फिरोज सिद्धिकी लहान, फागुन १९ गते । न्याय कानुन तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले लहानका उद्योगपति शारडा र मुरारका परिवालाई आफ्रनै जन्मभूमि रहेको लहानमा व्यापार उद्योग संचालन गर्न आग्रह गर्नु भएको छ । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको स्वर्ण ज्यन्ती वर्ष २०७७ तथा ३२ औ सधारणसभा समुद्घाट्न कार्यलाई धनगडीमाइ र लहान नगरपालिकाको सीमानामा रहेको बाटिका टुरिज्ममा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । राजनीतिक द्वन्द्वको कारण असुरक्षा महसुस गरेर लहानबाट अन्य शहरमा नै उद्योग व्यापार संचालन गरिरहेका उद्योगपतिद्वय शारडा र मुरारका परिवारलाई पूर्ण सुरक्षा दिन र माहोल बनाउन तयार रह

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • १,०८२ पटक पढिएको
    • समृद्धिपथ
  • चुनावमा गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा हुनेमा दृढ : नगरप्रमुख साह

    जिवछ उदासी लहान, लहान नगरपालिका प्रमुख मुनि साहले चुनावमा लहान नगरपालिकाका जनतासँग प्रतिवद्धता गरेका ९० प्रतिशत कामहरु पुरा गर्ने दृढता व्यक्त गर्नु भएको छ । अहिलेसम्म ७० प्रतिशत काम पुरा हुनै लागेको अवस्थामा पुगेको हो भने बाँकी काम पनि त्रव्र गतिमा अघि बढिरहेको छ । समृद्धिपथ अनलाइनसँग छोटो कुराकानी गर्दै उहाँले लहान–५ मा निर्माण हुन लागेको ग्रीन पार्कमा वृक्षारोपण गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा हवाइमैदान र चिडियाखाना लगायत १० प्रतिशत काम बाहेक सबै कामहरु अगाडि बढिरहेको भन्दै यसको लागि लहान नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी टिम सक्रियताका साथ लागेको प्रमुख साहले जानकार

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • ९०१ पटक पढिएको
    • समृद्धिपथ
  • कला संस्कृतिको उजागर गर्न तेश्रो झण्डा महोत्सव हुँदै

    जिवछ उदासी लहान,सखुवानन्कारकटी गाँउपालिकाले कला संस्कृति उजागर गर्ने उद्येश्यले‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटि हाम्रो पहिचान’ मूल नाराका साथ तेश्रो झण्डा महोत्सव हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । नेकपा प्रचण्ड–माधव समूहको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाट्न गर्नु हुने कार्यक्रम तय भएको सखुवानन्कारकटि गाँउपालिका तेश्रो झण्डा महोत्सव २०७७ का संयोजक गाँउपालिका अध्यक्ष केदारनाथ यादवले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । हेलिकप्टरद्वारा पुष्पवृष्टि,उदघाट्न समारोहको दिन

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • ९९३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान–करैयाको खुल्यो ट्रयाक

    जिवछ उदासी लहान,फागुन १३ गते । लहान नग्पालिकाको वडा नम्बर ३,१९ र २३ जोडने लहान–करैया ट्रायक खुलेको छ । यस ट्रयाकले लहानको दक्षिणी भेगका कृषकहरुको लागि निकै उपयोगी हुने नगरपालिकाले जनाएको छ । लहान नगरपालिकाको सहरी र ग्रामीण क्षेत्रको सन्तुलित विकासको लागि यो ट्रयाक खोलिएको लहान नगरप्रमुख मुनि साहले भन्दै यसले दक्षिणी भेगको विकासमा बढी महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो । लहान–ठाडी सडकमा निकै चाप रहेकोले वैकल्पिक मार्गको रुपमा लहान नगरपालिकाको दक्षिणी भेगको अन्तिम सिमाना रहेको लहान २३ कडरीयासम्मको वैकल्पिक सडकले कृषकहरुको वृहत्तर फाइदालाई ध्यानमा राखेर यो ट्रयाक खोलिएको प्रमुख स

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • ८७४ पटक पढिएको
    • समृद्धिपथ
  • हुकुम्बासीले होइन,सुकुम्बासीले जग्गा पाँउछः अध्यक्ष यादव

    जिवछ उदासीलहान,भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति सिरहाका अध्यक्ष गंगा प्रसाद यादवले यसपटक जग्गा हुकम्बासीले होइन,वास्तविक सुकुम्बासीले पाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सिरहा जिल्ला अध्यक्षमा नियुक्त कामलाई व्यवस्थित रुपमा अघि बढाउन जिल्ला समन्वय समिति सिरहामा कार्यालय रहने गरी पदभार ग्रहण गर्दै यस्तो बताउनु भएको हो  । छोटो समयमा धेरै काम गर्नुपर्ने भएकोले यस आयोगसँग प्रत्यक्ष जोडिएको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, मालपोत कार्यालय र नापी कार्यालय, डिभिजन वन कार्यालय,स्थानीय तहहरु सबैले सहयोग गर्नुपर्ने उहाँले आग्रह गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई कार्

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • १,९४९ पटक पढिएको
    • समृद्धिपथ
  • स्वास्थ्य क्षेत्र प्राथमिकतामा : नगरप्रमुख साह

    जिवछ उदासी नगरवासीको स्वास्थ्य जाँच र उपचार सहज रुपमा पाउन उद्येश्यले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । लहान नगरपालिका–१ मा नव निर्मित आयुर्वेदिक अस्पताललाई उद्घाट्न गर्दै यस्तो बताृनु भएको हो । उहाँले भननुभयो,‘ स्वास्थ्य सेवाविना हाम्रो लहान, समृद्ध लहानको नारा कार्यान्वयन हुन सक्दैन । यस औषधालयलाई निकट भविष्यमै लहान नगरपालिकाले अस्पतालमा बदलिने छ । आयुर्वेदिक, होमियोपैथिक र एलोपैथिकबाट लहानवासीलाई भरपुर स्वास्थ्य सेवा उपलब्ध गराउने छौ । लहान नगरपालिकाको २४ मध्ये २२ वटा वडामा स्वास्थ्य केन्द्र निर्माण कार्य अघि बढिरहेक

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • ९९९ पटक पढिएको
    • समृद्धिपथ
  • इमानदारीपूर्वक जिम्मेबारी निर्वाह गर्नेछु :अध्यक्ष गंगाप्रसाद यादव

    जिवछ उदासी भूमि ब्यवस्था (सुकम्बासी समस्या) आयोगको सिरहा अध्यक्षमा नियुक्त हुनु भएको गंगा प्रसाद यादवले सरकारले दिएको जिम्मेबारी इमानदारीपूर्वक निर्वा गर्ने बताउनु भएको छ । सिरहा जिल्लामा सुकम्बासी समस्या समाधानको लागि २०५१ सालमा नियुक्त हुनु भएको राजेन्द्र प्रसाद चौधरीले राम्रो काम गर्नु भएको स्मरण गर्दैै उहाँले भन्नुभयो, उहाँसँग भएको अनुभव र आफूले पाएको केन्द्रिय निर्देशन अनुसार प्रभावकारी कार्य गर्नेछु । कमाइ खाने भाँडोको रुपमा यसलाई प्रयोग गर्ने छैन । सुकमवासी समस्या समाधान नभइकन समृद्ध नेपाल हुन सक्दैन । यहि मान्यतामा टेकेर अघि बढ्ने छु । सिरहा जिललाका सुकम्वासीहरुको हकहितको लागि सधै संघ

    • प्रकाशित मितिः माघ २४, २०७७
    • १,४४९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A