लहान । कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । रासस
एजेन्सी । प्रहरीले कमेडियन भारती सिंह र उनका श्रीमान्लाई पक्राउ गर्नुको साथै, उनको घर खानतलासी गर्दा लागु औषध गाँजा भेटिएको जनाएको छ । भारतीय टेलिभिजन प्रसारणकी लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागू औषध प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको हो । भारतीलाई शनिबार र उनका श्रीमान हर्षलाई आइतबार गिरफ्तार गरेको हो । र, नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएको बताइएको छ । लागूऔषध प्रकरणमा बलिउडका आधा दर्जन नायिकाले अहिले मुद्दा झेलिरहेका छन् । यो प्रकरणमा शनिबार फेरि अर्की एक हास्य अभिन
लहान । लहान नगरपालिकाका नगरप्रमुख मुनि साहले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को सबैमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नगरवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नु भएको हो । ‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख साहले यो महापर्व स्वच्छता, भाईचारा र मर्यादा पालनको संदेश दिन्छ । कोरोना भाइरस संक्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएको मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मना
जिवछ उदासी लहान,लहान नगरपालिका विकन परियोजना अन्तर्गत वाटरएडको सहयोग र दलित जनकल्याण युवा क्लवको सक्रियतामा विहिबार लहान ११ पडरियामा दलित बस्तीमा लहान नगरप्रमुख मुनि साह सुँडलिे निर्मित आधुनिक शौचालय एक कार्यक्रमकोबीच विहान हस्तान्तरण गर्नु भएको छ । दिउसो खुटी खोलाको डिलमा लहान ४,५, र ६ नम्बरका गरवि दलितहरुले प्रयोग गर्ने उद्येश्यले अर्को शौचालय निर्माणको शुभारम्भ उहाँले गर्नु भएको छ । लहान ११ पडरियामा पासमान र सदाय समुदायका ३० घर परिवारको लागि २८ लाखभन्दा बढीको लागितमा निर्मित शौचालयले खुल्ला दिसामुक्त अभियानबाट पूर्ण सरसफाइको लागि बाटो खोलि दिएको प्रमुख साहले बताउनुभयो । उहाँले भन्नुभयो,
समृद्धिपथ समाचारदाता, लहान । निष्ठा र कठोर ब्रत लिएर मनाइने हिन्दु धर्मावलम्बीहरुको साझा सांस्कृतीक प्रतिविम्बको चाड छठ पर्व बुधबारदेखि विधिवत सुरु भएको छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पर्व बुधबारदेखि विधीवत सुरु भएको हो। मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।
जिवछ उदासी लहान,लहान नगरपालिका प्रमुख मुनि साहले खेलकुदको माध्यमबाट समाजिक एकता र सदभावलाई मजबुत बनाउन सकिने बताउनु भएको छ । लहान ११ का पिडरबोनी फुटबल क्लवले आयोजना गरेको प्रथम पि एफ सी फुटवल प्रतियोगिताको उद्घाट्न गर्नु हुँदै यस्तो बताउनु भएको हो । उद्घाटन समारोहमा नगरप्रमुख साहले भन्नुभयो, ‘पिडरबोनीको युवाहरुमा समाजको प्रगति एकता र सद्भावको भावना कायम गर्न खेलकुदको माध्यमकाट अघि बढ्न खोजेको छ जुन अन्य सामाजको लागि प्रेरणाको श्रोत पनि हो ।’ फुटबल खेलप्रति पुनः युवाहरुमा चासो देखिएको नगरप्रमुख साहले भन्दै फ्ुटबल खेललाई बढाबा दिन २४ वटै वडामा नगरपालिकाबाट प्रोत्साहित गर्ने सोच
जिवछ उदासी लहान,सिरहा सुसखीपुर निवासी लुम्बिनी प्रदेशप्रमुख धर्मनाथ यादवले याृेजनावद्ध परिश्रमलेमात्रै भाग्य फेरिने बताउनु भएको छ । लहान नगरपिालिका १३ नम्बर वडाले आयोजना गरेको गएको दशैं आउनै लागेको दिपावली र छठपर्वको अवसरमा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । प्रत्येक वर्ष गरीव धनी र गरीवले लक्ष्मीपूजा गरेपनि गरीव झन् गरीव हुँदैजानु र धनि झन सम्पन्न हुँदै गइरहेकोले व्यक्तिगत , सामाजिक र देशकै भाग्य भविष्य बदलिनको लागि योजनाबद्ध परीश्रम गरेमात्रै भाग्य बदलिने प्रमुख यादबले बताउनुभयो । दशैंमा सत्यकर्म गनेर्् संकल्प लिनुपर्छ भने दिपावली लक्ष्मीपूजाले अज्ञानरुपी अन्ध
लहान । लहान नगरपालिका वडा नं ६ राधाकृष्ण चौक नजिकै नयाँ बजारमा प्रकाश स्वीट हाउस नयाँ स्वरुपका साथ सञ्चालनमा आएको छ । लहानका नयाँबजार, ग्रामिण चौक नजिकका ग्राहकहरुलाई मध्यनजर गर्दै मिठाइँ पसल सञ्चालनमा ल्याएको स्वीट हाउसका संचालक विजय साहले बताउनु भयो । यस भेगका मिठाइँ, छोला भटौरा, छोलासमोसा, दुध, दही, डेरी उत्पादनका सामानहरु पुरानो बजार जानु पर्ने समस्या हटेको मिठाइँ पसलमा बिभिन्न परिकारको स्वाद लिन आउनु भएको ग्राहक जिवछ यादवले बताउनुभयो । कतै नभएको स्वादमा छोला समोसा, विभिन्न किसिमका मिठाई खुवाउने र ग्राहकहरुलाई खुसी पार्ने पसलका साहुजी विजय साहले बताउनु भयो । हाम्रो पसल लहानमा पुरानो
दुर्गा परियार, लहान । जिल्ला सरकारी वकिल कार्यालय सिरहा, नवराजपुर गाउपालिका, इलाका प्रहरी कार्यालय महेशपुर पतारीको आयोजना र इन्सेक, ओरेक, मुत्ति नेपाल र समग्रजनउत्थान केन्द्रको सहकार्यमा बुधबार महिला हिंसा तथा बोक्सीको आरोप सम्बन्धी कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बढदो महिला हिंसा र बोक्सीको आरोपमा महिलाहरु माथी भैरहेको दुरव्यवहार कम गर्न कानूनी ज्ञान प्रदान गर्न इन्सेक लगायत अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुको सहकार्यमा जिल्ला सरकारी वकिलको कार्यालयले नवराजपुर गाउपालिकामा कार्यक्रम संचालन गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि नवराजपुर गाउपालिकाको उपाध्यक्ष शोभा यादवले आफनै गा
जिवछ उदासी लहान, लहान १ दरबार होटेलको पूर्वपटि रहेको अरुण ट्रेडर्समा आइतबार राती अगाडिको ढोकोको ताला र झ्यालको रड काटेर चाँदी , बियर र नगद सहित तीन लाख्य मूल्य बराबरको चोरी भएको छ । अरुण ट्रेडर्सका संचालक अरुण कुमार महतोको अनुसार सुखीपुर नगरपालिका १० पिताको कोरोना संङ्क्रमणले पिताको मृत्यु भएपछि मृत्यु संस्कारको लागि सुखीपुरको पुरानो घर गएको मौका छोपी चोरी गरिएको हो । एकातिर पिता मृत्युको शोक अर्कोतर्फ पसलमा लाखौ मूल्य बराबरको चोरी यो भन्दा विपत्ति के नै होला ? सोमबार विहान छिमेकीहरुले जानकारी गराएपछि घट्नाबारे इलाका प्रहरी कार्यालय लहानलाई जानकारी गराएको अरुण महतोले भन्दै लहानको लोकमार्गस
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A