समाज

    Showing ७५१-७६० of ८५९ items.
  • निष्पक्ष पत्रकारितामा जोड दिन नगरप्रमुख साहको आग्रह

    जिवछ उदासी लहान,भदौ ३१ गते । लहान नगरपालिकका नगरप्रमुख मुनि साहले निष्पक्ष पत्रकारितामा जोड दिन आग्रह गर्नु भएको छ । सिरहाको लहानमा प्रेस संगठन सिरहाका पत्रकारहरुलाई प्रेस ज्याकेट हस्तान्तरण गर्दै यस्तो बताउनु भएको हो । ‘पत्रकारिता समाजको ऐना र सहि सूचना दिने माध्यम भएकोले यसको विश्वश्वनीयतामा प्रश्न नउठ्ने गरी प्रेस संगठन सिरहाको भूमिका हुनुपर्छ’, उहँले भन्नुभयो । केहि पत्रकार मित्रहरुले राम्रो कामलाई पनि भ्रम सृजना हुनेगरी समाचार सम्प्रेण गरिदिँदा काम गर्न असजिलो महसुस भएको भन्दै सत्यलाई बङगयाउन नहुनेमा प्रेस संगठन सचेत हुनुपर्ने सुझाव दिनुभयो । प्रेस संगठनले चासो देखाएमा लह

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • ४५३ पटक पढिएको
    • समृद्धिपथ
  • आधुनिक शपिङग कम्पलेक्स निर्माणको लागि तरकारी बजारका फुसका घर टहरा हटाइयो

    जिवछ उदासी लहान, लहानको मुख्य चोकमा रहेको अव्यवस्थित तरकारी बजार निर्माणको लागि फुस तथा टहरा घरहरु खाली गराएको छ । आधुनिक तरकारी बजार निर्माण कार्यले चोक व्यवस्थित हुने भन्दै स्थानीयहरु खुसी भएका छन् । न्यू ड्राइगन निर्माण सेवा काभ्रेले भ्याट काटेर चार करोड ११ लाखमा निर्मााण गार्न लिएको ठेक्कामा १५ महिनामा निर्माण सम्पन्न गरिसक्ने निर्माण व्यवसायी शालीकराम गिरीले जानकारी दिनुभयो । यस्तै आधुनिक नयाँ बजार निर्माणको लागि १५ करोडको लागतमा निर्माण हुन टेण्डर हुनै लागेको छ । लहान १ का मनिलाल साह र तरकारी बजारमा रहेको गुप्ता फार्मेसीका संचालक तथा समाजसेवी शंकर प्रसाद गुप्ताले लहान नगरपालिकाले तर

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • १,५८२ पटक पढिएको
    • समृद्धिपथ
  • १२३४ दलित समुदायलाई छाँक टार्न राहत वितरण

    जिवछ उदासी लहान, सखुवानन्कारकटि गाँउपालिकाले दलित समुदायका घरपरिवारलाई राहत वितरण सुरु गरेको छ ।स्थानीय अजय रामको सक्रियचतामा चुजी संस्थाको सहयोगमा राहत वितरण गर्न लागिएको गाँउपालिकाले जनाएको छ । त्यस गाँउपालिकामा रहेको १२३४ दलित घरपरिवारलाई राहत दिन सुरु गरिएको हो । राहतमा जिरा मसिनो चावल २५ किलो, गहुँको पिठो १० किलो, चना १ किलो, मसुरोको दाल १ किलो, तेल १ लिटर र सावुन ६ पीस रहेको छ । पाँच वटै वडामा रहेका दलित समुदायले निशेधाज्ञाको समयमा रोजगारी पाउन नसकेर राहतको लागि गाँउपालिकामा माग गर्न थालेपछि गाँउपालिकाले विभिन्न संघ संस्थाहरुलाई समेत सहयोगको लागि आग्रह गरिएको थियो । गाँउपालिका अध्

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • २५७ पटक पढिएको
    • समृद्धिपथ
  • ‘कोरोना महामारीको वेला पनि विकासको गति रोक्नु भएन ’

    लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने पहिलेको तरेगना गोबिन्दपुर अहिले लहान नगरपालिकाको १६ र १७ नम्वर वडामा परिणत भएको छ । १७ नम्वर वडाका वडाधयक्ष प्रथमलाल चौधरी स्थानीय चुनावमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो । चौधरी लहान नगरपालिकाको पशु संयोजक समेत हुनुहुन्छ । गपभन्दा काममा विश्वास गर्ने स्वभावका चौधरी कोरोना महामारीको कहरमा आइपरेको संकटसँग जुध्दै विकासमा अघि बढिरहनु भएको छ ा  विकास निर्माणमा पनि अघि बढिरहनु भएको छ । उहाँसँग पत्रकार जिवछ उदासीले गर्नु भएको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।  तपाई वडामा निर्वाचित भएपछि जनातासँग गरेका प्रतिवद्धता कतिको पुरा गर्नुभयो

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • ३,१८० पटक पढिएको
    • समृद्धिपथ
  • सहमति भएपछि आइतबार बेलुकादेखि उठ्न थाल्यो फोहोर

    जिवछ उदासी लहान, लहान नगरगपालिकाका सहरी क्षेत्रमा थप्रिएको फोहोर आइतबार सहमति भएपछि फोहोर उठ्न सुरु भएको छ । लहान नगरपालिका,सुरक्षा निकाय र वडा नम्बर ४ बीच सहमति भएपछि फोहोर उठ्न थालेको हो । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल जिल्ला प्रहरी प्रमुख उमा शंकर पजियार र सशस्त्र प्रहरी प्रमुख दिपेन्न्द्र गिरी लहान नगरप्रमुख मुनि साह उपप्रमुख सरियार कुमारी चौधरी सम्पूर्ण वडाध्यक्षहरु र अवरोध सृजना गरेको लहान ४ का वडाध्यक्ष रामनाथ पण्डितबीच भएकोृ सहमति अनुसार तीन महिनासम्म वडा नम्बर ४ को वाटोबाट फोहोर ढुवानी गर्ने गाडीलाई अवरोध नगर्ने हाल रहेको ल्याण्डफिलदेखि उत्तर फाल्ने सहमति भएको लहान नगरपालिका

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • ४६४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा कोरोना संक्रमित मृतकको संख्या चार पुग्यो

    समृद्धिपथ समाचारदाता, लहान ९ गते । लहान नगरपालिका २४ का २२ वर्षिय एक युवकको मृत्युसंगै सिरहामा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या चार पुगेको छ । लहान नगरपालिका स्वास्थ्य प्रमुख रामसुन्दर यादवका अनुसरा लहान २४ गोबिन्दपुरका २२ वर्षिय युवकलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लैजाँदा कोरोना पुष्टि भएको युवकको ८ गते सोमबार उपचारको क्रममा मृत्यु भएको हो । लहान १७ का ६५ वर्षिया एक महिलालाई विराटनगर स्थित नोभेल अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएपछि आइसोलेशनमा राखी उपचार भइरहेको छ । लहानमा अहिलेसम्म ७१ जना कोरोना संक्रमित भएकोमा ३० जना नि

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • ५४५ पटक पढिएको
    • समृद्धिपथ
  • संक्रमित थपिँदै गएपछि लहान सुनसान

    जिवछ उदासी लहान,भदौ ६ गते । कोरोना संक्रमितको संख्या बढ्दै जानथालेपछि लहानमा भीडभाड हुन नदिन र जनहितमा जारी सूचनाको पालना गराउन शनिबार प्रहरीले सक्रियता देखाएका छन् । लहानके मुख्य चोकमा विहान वेलुका हुने भीडभाड र मुख्य सडकमा नै फलफूल व्यापारीहरुले फुटपाथको पसल थपेका थिए । फलफूल र तरकारी खरिद विक्री गर्न हजारौको संख्यामा साँगुरो ठाँउमा लाग्ने भीडभाडले स्थानीय स्तरमा नै संक्रमण हुन सक्ने स्थानीयहरुको माग अनुसार इलाका प्रहरी कार्यालय लहानले शनिबार तरकारी बजार बन्द गराउनुको साथै फलफूलका फुटपाथका पसल समेत हटाएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरद थापा क्षेत्रीले भन्नुभयो,जिल्ला

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • ९३५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा एकै दिन ३२ जना संक्रमित, अधिकांश सुरक्षाकर्मी

    समृद्धिपथ समाचारदाता, लहान । लहानमा एकै दिन ३२ जना कोरोना संक्रमित फेला परेको छ । संक्रमित हुनेमा अधिकांश सुरक्षाकर्मी र थुनुवा रहेका छन् । लहान नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादवका अनुसार साउन ३१ गते ११३ जनाको स्वाव लिएको थियो । शुक्रबार आएको नतिजा अनुसार इलाका प्रहरी कार्यालय लहानका सुरक्षकर्मी र थुनुवा गरी ३१ जना र १ जना पशुपति आदर्श माध्यमिक विद्यालयका क्वाराइनटाइमा रहेका २१ वर्षिय लहान ९ का १७ वर्षिय युवक रहेका छन् । इलाका प्रहरी कार्यालय लहानमा ३९ जनाको स्वाव लिएको थियो जसमा २२ जना सुरक्षकर्मी र ९ जना थुनुवामा संक्रिमित पुष्टि भएको हो । अहिलेसम्म लहानमा ६७ जना संक्रमित

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • १,७८० पटक पढिएको
    • समृद्धिपथ
  • ‘फोहोर उठाउन राजनीतिक सहमतिको लागि प्रयास भइरहेको छ’

    लहान नगरपालिकाको शहरी क्षेत्रको फोहोर उठ्न नसकिरहेको विषयमा पत्रकार जीवछ उदासीले लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ । चाडपर्वको समया अर्कोतर्फ कोरोना महामारीको त्रासयस्तो समयमा लहान नगरपालिकाको शहरी क्षेत्रको फोहोर किन उठन सकिरहेको छैन ? –लहान नगरपालिकाले नियमित फोहोर उठाइरहेको थियो सबैलाई विदितै छ । लगभग एक महिनादेखि फेरि फोहोर किन उठन सकिरहेको छैन ? यसबारे सबैलाई के बुझ्न जरुरी छ भने १६ महिनादेखि लहान ४ मा निर्माण भएको डम्पिंगसाइटमा फाहोर फाल्न स्थानीयहरुले रोक लगायो । यसको लागि निकै पहल पनि भयो । तर राजनीतिक रङग लिएपछि समस्या चर्किदै गयो । नगरपालिक

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • २,६७६ पटक पढिएको
    • समृद्धिपथ
  • धनगढीमाई नगरपालिकाले आफ्नै लगानीमा स्वाव परीक्षण गर्दै

    सिरहा । कोरोणा संक्रमणबाट हुने संभावित खतराबाट नगरलाई जोगाउने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिकाले आफ्नै लगानीमा पीसीआर टेष्ट शुरु गरेका छन् । सिरहामा सम्भवतः आफ्नो लगानीमा आफ्ना नगरपालिका क्षेत्रभित्रकाहरुलाई स्वाव परीक्षण गराउने पहिलो नगरपालिका हो । पहिलो चरणमा गरेको स्वाव परीक्षणमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, कोरेनटाइनमा काम गर्ने स्वास्थ्यकर्मी, समाजसेवी, व्यवासी, कन्ट्याक्ट ट्रेसिंगमा परेका सर्वसाधारण, बढी भीड हुने चियापसलका व्यापारी गरी एक सय ६५ जनालाई स्वाव परीक्षण गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले बताउनुभयो । मागको आधारमा स्वाव परीक्षणको दायरा बढाउँदै जाने नगरपालिक

    • प्रकाशित मितिः भदौ २, २०७७
    • ३४८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A