जीवछ यादव लहान साउन १० गते जहाँ सहमति सहकार्य एकता छ,त्यहाँ विकास भएको देखिएको छ । विकासको लागि सहमति सहकार्य र एकता आवश्यक भएको सरोकारवालाहरुले बताइएका छन् । सिरहाको १७ वटा पालिकाहरुमा १६४ वटै वडाहरुको विकास कार्यलाई अनुगमन गर्दा विकासको लागि सहमति भएका वडाहरुमा ६० देखि ८० प्रतिशत विकास निर्माणको काम भएको जिल्ला समन्वय समिति सिरहाको प्रमुख दिनेश कुमार महतोले बताउनुभयो । उहाँले भन्नुभयो," विकास भनेकै सहमति सहकार्य र एकता हो ।विकासको लागि सबै दलको बिचमा एकता आवश्यक छ ।" देशकै सबैभन्दा बढी वडा भएको लहान नगरपालिकामा ११,१२,१४,१५,१६,१७,२०,२१,२२ र २४ नम्वर वडाहरुमा सहमति र बजेट फ्र
महिला हिंसा बढ्दै नवराजपुर गाउँपालिकामा जीवछ उदासी लहान,साउन ९ गते हुलाकी मार्गमा पर्ने भारतीय सीमासँग जोडिएको मवराजपुर गाउँपालिका महिला हिंसाको चपेटामा परेको अधिकारकर्मीहरुले बताएका छन् । साउन ६ गते नवराजपुर -४ राम शङकर यादव र सुन्दर यादव दाजुभाइ मिलेर अमानीय तरिकाले रड तताएर संजना यादवलाई बेहोस हुनेगरी कुटपिट थिए । पीडित संजनालाई आधारभुत अस्पताल नवराजपुरमा भेटन पुगेका मानव अधिकारवादी राजकुमार राउत र महिला मानव अधिकारकर्मी रेणु कर्ण र गीता साहले यस्तो बताउनु भयो । हिजो शुक्रवार उहाँहरु पीडितलाई भेटेर आएपछि सञ्चारकर्मीहरुलाई यस्तो बताउन
लहान, साउन ७ गते । सिरहाको लहानमा लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष प्रहरी कारबाहीका क्रममा दुई जना गोली लागेर घाइते भएका छन्। प्रहरीले घटनास्थलबाट २४३ ग्राम खैरो हेरोइन बरामद गर्दै लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले भारतबाट नेपालतर्फ खैरो हेरोइन ओसारपसार तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा सीमा क्षेत्र आसपास निगरानी बढाएको थियो। सोही क्रममा बिहीबार लहान नगरपालिका–२ स्थित कटहा चोकदेखि करिब १५० मिटर उत्तर अस्पताल चोक जाने सडकमा संदिग्ध गतिविधि देखिएपछि प्रहरी टोलीले उनीहर
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–४ का एक पुरुषले श्रीमतीमाथि तातेको फलामे रडले निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटनामा घाइते भएकी महिलाको उपचार भइरहेको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका–४ का ३३ वर्षीय रामशंकर यादव रहेका छन्। उनीमाथि आफ्ना भाइ श्यामसुन्दर यादवको सहयोगमा श्रीमती सञ्जनामाथि मंगलबार राति करिब १० बजे घरभित्र अमानवीय यातना दिएको आरोप लागेको छ। पीडित सञ्जनाका अनुसार श्रीमान्को साथीसँग मोबाइलमा कुरा गरेको विषयलाई लिएर विवाद भएपछि घरको झ्यालढोका थुनेर भात पकाउने चुलोमा फलामे रड तताई हातखुट्टा तथा शरी
फिरोज सिद्दिकी लहान, साउन ७ गते । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार कार्यालय परिसरमै पाललाई घुस रकम बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले अडिट प्रक्रिया अगाडि बढाइदिन पाँच लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ। स्रोतका अनुसार पालले आफूभन्दा माथिका कर अध
जीवछ उदासीलहान, साउन ७ गते सिरहा निर्वाचन क्षेत्र –१ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता निर्वाचनको समयमा पटक पटक मतदाताको बिचमा आइरहने प्रतिवद्धता पुरा गर्न कार्य सूची बनाएर नै वडा स्तरीय भेटघाटमा व्यस्त रहनु भएको छ । प्रतिनिधिसभाको बैठक सकिए लगतै उहाँ आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्ने कार्यलाई निरन्तरा दिइरहने कार्यक्रम अन्तर्गत साउन १४ गतेसम्ममा सिरहा निर्वाचन क्षेत्र नम्वर १ को भेटघाटको कार्यसूचीच तयार गरिएको प्रतिनिधिसभा सदस्य गुप्ताको सचिवालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा पर्ने ४१ वटा वडाहरुमध्ये हिजो मङगलबारदेदि देखि भगवानपुर गाउँपालिकाको पाँच वटा वडा र आज लहा
सिरहा । सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट प्रहरीले नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा गरिएको अपरेशनका क्रममा पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो। प्रहरीका अनुसार बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थको तौल प्लास्टिकसहित ६६३ केजी र प्लास्टिक हटाउँदा ६५२ केजी रहेको छ। साथै पिकअ
जीवछ उदासी लहान,साउन २ गते हुलाकी सडक संघर्ष समितिका अभियानी वरिष्ट लेखक रामरिझन यादवको अगुवाइमा सिरहाको बरियारपटिमा हुलाकी बहुभाषिक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । हिजो शनिवार एक दिवससीय कवि सम्मेलनमा पूर्व झापा देखि पश्चिम नेपालगञ्ज सम्मका कवि कवयित्रीहरुको सहभागिता रहेको थियो । नेपाली मैथिली भोजपुरी उर्दु र हिन्दी भाषामा वाचन गरिएको पाँच दर्जनभन्दा बढी कवि कवयित्रीहरुले कविता वाचन गरिएको थियो । मधेशको जीवन रेखाको रुपमा रहेको हुलाकी सडकमा सिरहा र धनुषा जोडने कमला नदीमा २०७८ साल असार महिनामा उद्घाटनको मितिभन्दा अघि नै पुलको पाया भासिएको थियो । भासिएको पुलको पाया
जीवछ उदासी लहान, साउन १ गते पहिलेको बस्तीपुर गाउँपालिका र मलहनमा गाउँपालिकाको सीमाना रहेको पक्कीटेल अहिले लहान नगरपालिका वडा नम्बर १३ र २४ मा पर्दछ । १५० वर्ष अघि खनिएको पक्की इनारबाटै पक्कीटोल बनेको नमाकरण भएको छ । यतिवेला पककीटोल चौतर्फी विकासको लागि चर्चामा रहेको छ । इनारबाट परिचित पककीटोल अहिले विकासका गति लिएर समृद्ध पककीटोल बनाउन नयाँ पुस्ता सक्रिय देखिएको छ । प्रगतिको कारण मधेशी पहाडेको मिश्रित बस्ती हुनुपनि प्रमुख कारण रहेको लहान वडा नम्बर १३ का वडासदस्य मानबीर यादवको बुझाइ छ । उहाँ भन्नुहुन्छ,‘‘विद्यालय वडा कार्यालय,अस्थायी प्रहरी चौकी र रामजानकी मन्दिरलाई आन्तरिक पर्यटक
जीवछ उदासीलहान असार ३२ गते सिरहा जिल्लाको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सरकारी प्रदत्त निकायहरुले सुशासनको महसुस दिउाने गरी कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । सेवाग्राहीहरुको तर्फबाट उठाइको गुनासा, सुझाव तथा जिज्ञासालाई सम्बोधन गर्न मातहतका कार्यालय प्रमुखहरुलाई सुशासनको प्रत्याभुति दिलाउन सुशासन पारदर्शिता र जवाफदेहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उहाँले जोड दिनु भएको छ । सेवा प्रवाह,शन्ति सुरक्षा तथा अपराध नियणत्रण उपभोक्ता हित विकास निर्माण समन्वय तथा सहजीकरण विषहरुमा जिल्ला प्रशासन कार्यालय सिरहत तथा इलाका प्रशासन कार्यालय लहानले हिजो बुधवार। आयोजना गरिएको सार
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A