राष्ट्रिय

    Showing ३९१-४०० of १,०९८ items.
  • लहान मेयरको किसानविरोधी निणर्य, जनसमुदायमा आक्रोश

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीद्वारा लहानको सिंचाइ प्रणालीमा गरिएको विवादास्पद निणर्यप्रति किसान तथा स्थानीय जनसमुदायमा गहिरो आक्रोश देखिएको छ। खुट्टी खोलाबाट लहान नगरपालिका वडा नं. २, ११, १२, १९, २०, २१, २२, र २३ मा सिंचाइ गर्ने नहरलाई ढलमा परिणत गरी बलान नदीमा खसाल्ने निणर्यप्रति जनगुनासो बढ्दै गएको हो। मेयर चौधरीले उक्त नहरलाई ढलमा परिवर्तन गर्न ६ करोडको ठेक्का सम्झौता गरेका छन्। यो निणर्यले वडा नं. २, १९, २०, २१ र २३ मा आउने नहरलाई बन्द गर्ने छ, जसले गर्दा त्यहाँका किसानहरूलाई गम्भीर असर पर्ने अवस्था सिर्जना भएको छ। निणर्यपछि ती वडाहरूमा सिंचाइको सुविधा बन

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ६६५ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरको विकासमा अवरोध: जिम्मेवारी र नेतृत्वको अभाव

    सम्पादकिय फिरोज सिद्दिकी लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सामाजिक सञ्जालमार्फत व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्ने अपील गर्नु भएको छ। उहाँले स्रोतसाधनको सीमाभित्र रहँदै सामूहिक स्वार्थ पूरा गर्न तयार रहेको बताउनु भएको छ। यद्यपि, जनगुनासोले स्पष्ट संकेत गर्छ कि नगरप्रमुखको व्यवहार र नेतृत्वमा ठूला खोटहरू छन्। निर्वाचनका क्रममा नगरवासीलाई दिएका ठूला आश्वासन र भाषणहरू अहिले कार्यान्वयनको पर्खाइमा छन्। "म जितेपछि यो गर्छु, त्यो गर्छु" भन्ने वाचा नगरप्रमुखको लागि मात्र चुनावी रणनीति भएको देखिन्छ, जबकि जितेपछि तिनलाई व्यवहारमा उतार्न असफल भइरहेका छन्। यसले गर्द

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ६९८ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा जनविरोधी क्रियाकलाप रोक्न नेकपा एमालेको चेतावनी

    फिरोज सिद्दिकी लहान — नेकपा एमाले नगर कमिटी लहानले लहान नगरपालिका र वडा कार्यालयहरूद्वारा भइरहेका जनविरोधी गतिविधिहरूको तत्काल अन्त्य गर्न चेतावनी दिएको छ। मंगलबार सम्पन्न नगर कमिटीको ४३औं बैठकमा यसबारे गम्भीर छलफल भएको थियो। बैठकमा सहभागीहरूले नगरपालिकाको जनविरोधी क्रियाकलापले जनतालाई प्रत्यक्ष प्रभाव पारेको भन्दै सुधार नभए सशक्त संघर्षमा जाने निणर्य गरेका छन्। बैठकले लहानका मेयर महेश प्रसाद चौधरी र प्रहरी प्रशासन, विशेषगरी डिएसपीबीचको मिलेमतोले जनतामाथि भइरहेको दमन र उत्पीडनको कडा विरोध गर्दै, त्यस्ता गतिविधिहरू तुरुन्त बन्द गर्न आग्रह गरेका छन्। नेकपा एमाले लहान नगर कमिटीका अध्यक्ष

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ६०९ पटक पढिएको
    • समृद्धिपथ
  • 'नेपालमा बंगलादेश केमा ल्याउनुहुन्छ, हवाईजहाजमा कि रेलमा?'

    काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यंग्य गर्दै देशमा बंगलादेशजस्तो अवस्था ल्याउने भन्दै आलोचना गरेका छन्। मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै मिश्रले प्रचण्डले नेपाल बंगलादेश बन्दैछ भन्ने भ्रम फैलाएको आरोप लगाए। मिश्रले केही समयअघि श्रीलंकाको आर्थिक संकटसँग तुलना गर्दै नेपाल पनि त्यस्तै अवस्थामा पुग्ने हल्ला मच्चाउनेहरू अहिले बंगलादेशको हल्ला गर्दै देशलाई अन्योलमा पार्ने काम गरिरहेको बताए। "पहिले देश श्रीलंका बन्छ भनेर हल्ला मच्चाउनेहरू अहिले बंगलादेशको हल्ला गर्दैछन्," उनले भने, "बंगला

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • ४३० पटक पढिएको
    • समृद्धिपथ
  • सत्तारूढ दलहरूको निशानामा उपसभामुख इन्दिरा राना, राजीनामा माग

    काठमाडौं । सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संवैधानिक परिषद्मा सहजता खोज्ने क्रममा उपसभामुख इन्दिरा रानालाई निशाना बनाएका छन्। संवैधानिक परिषद्मा कुनै पनि निणर्य लिन प्रधानमन्त्रीसहित कम्तीमा ५० प्रतिशत सदस्यको सहमति अनिवार्य छ, तर सत्तारूढ गठबन्धनले दुई तिहाइ बहुमत हुँदासमेत परिषद्मा बहुमतको अभावले समस्यामा परेको छ। संवैधानिक परिषद्मा प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, र उपसभामुख इन्दिरा राना सदस्य छन्। सत्तारूढ दल एमालेका केवल दुई सदस्य, प्रधानमन्

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • ३८५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा २९० किलोग्राम गाँजासहित एक व्यक्ति पक्राउ

    फिरोज सिद्दिकी सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ स्कुल टोलमा सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ सय ९० किलोग्राम गाँजा फेला पारेको हो। प्रहरी चौकी कर्जन्हाका प्रहरी सहायक निरीक्षक तेज प्रसाद अधिकारी र इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले शोभा कुमारी साहको घर पछाडिको बारीमा प्लास्टिकका १९ वटा पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ। घटनास्थलबाट ३७ वर्षीय प्रदीप मुखियालाई शंका लागी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रह

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ७२९ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल वैश्य कल्याण महासंघ सिरहाको प्रमाण-पत्र वितरण तथा सपथ ग्रहण समारोह सम्पन्न

    फिरोज सिद्दिकी लहान । नेपाल वैश्य कल्याण महासंघ सिरहाले नव निर्वाचित कार्यसमितिलाई प्रमाण-पत्र वितरण तथा सपथ ग्रहण गराउने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शनिवार सिरहाको लहानस्थित रौनियार सेवा सदनको सभाहलमा आयोजित समारोहमा नव निर्वाचित कार्यसमितिलाई प्रमाण-पत्र वितरण गरि कार्यक्रम सम्पन्न गरेको हो । नेपाल वैश्य कल्याण महासंघ सिरहाका अध्यक्ष शिव कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ता रहेका थिए। कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष अमरनाथ गुप्ता, विभिन्न जातीय जिल्लाका अध्यक्षहरू, लहान नगरपालिकाका पूर्व मेयर तथा नेपाल सौण्डिक समाज

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ५५८ पटक पढिएको
    • समृद्धिपथ
  • खेलकुदमा मधेश प्रदेश पछाडि : खेलकुदमन्त्री चौधरी

    जीवछ उदासीलहान,भदौ १९ गते ।सङघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेश खेलकुदमा पछाडि परेको बताउनु भएको छ । नेपाली काँग्रेस सिरहा–१ ले सोमबार भदौ १७ गते आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहााले यस्तो यस्तो बताउनु भएको हो । आफू युवा तथा खेलककुद मन्त्री भएपछि मधेश प्रदेशबाट खेलकुदमा सहभागिता र रुचि दुबै नरहेको पाएको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो,‘मधेश प्रदेशको बिरगञ्जमा रहेको नरायाणी रङगशालाको अठार विगहा जग्गा भएपनि व्यवस्थि हुन नसकेको मधेश प्रदेशको राजधानी जनकपुरमा पनि कुनै रङगशाला नरेको अवस्था छ । मधेशका सामुदायिक तथा संस्थागत विद्यालयहर

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • १,२९८ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका राामवृक्ष साह भाइरलबाबा बनेपछि...

      जीवछ उदासी लहान नगरपालिका –२२ जहदी स्थायी घर भएका रामवृक्ष साह डेढवर्षदेखि भाइरलबाबाको रुपमा चिनिन थालेपछि लहान–१ मा को घरमा टाढा टाढाबाटबाट विरामीहरु आउन थालेका छन् । सात वर्ष सिरहा नगरपालिकाको सारश्वर तीन वर्ष चोहर्वा एक वर्ष सखुवानन्कारकटि गाउँपालिकामा जडीबुटीको औषधी बनाएर बाबाशीर (पाइल्स), ग्याष्ट्रिक, निसन्तानहरुलाई सन्तान हुनेहरुलाई उपचार गर्ने रावृक्ष साहको उपचार गर्ने भिडियो एकजनाले सामाजिक सञ्जालमा राखिएपछि त्यो भिडियो भाइरल भयो । भिडियाृ भाइरल भएपछि रामवृक्ष साहको नाम भाइरलबाबा रहन गयो । स्थानीय लहानभन्दा पश्चिममा बारा पर्सा पूर्वमा झापासम्मको विरामीहरु,भारत विह

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ६२८ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका मेयर चौधरी दुर्गा मन्दिरको अध्यक्ष नियुक्तिप्रति स्थानीय नगरवासीको विरोध, आमरण अनशन सुरु

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले लहान स्थित दुर्गा मन्दिरको अध्यक्ष पद सम्हालेपछि स्थानीय नगरवासीहरु र समाजसेवीहरुले तीव्र विरोध जनाएका छन्। नगर प्रमुखले नियम विपरित आफैंलाई मन्दिरको अध्यक्ष बनाएको र यस कदमले मन्दिरको आम्दानीमा भ्रष्ट्राचार हुनसक्ने आशंका व्यक्त गरिएको छ। स्थानीय समाजसेवी ध्रुव साहले मेयर चौधरीको यो कदमप्रति गम्भीर आपत्ति जनाउँदै आमरण अनशन सुरु गरेका छन्। उनले विगतमा भएको मन्दिरको आम्दानीको हिसाब किताब सार्वजनिक गरिनुपर्ने र मेयरको अध्यक्षता खारेज गर्नुपर्ने माग गर्दै आमरण अनशन सुरु गरेका हुन्। दुर्गा मन्दिरको नाममा हाल एक किलो सुन र ६० लाख रु

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ६३८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A