काठमाडौं, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन् । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए। निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डल नेतृत्व गरेकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकोम
काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। तर, एक ठाउँमा एमालेकी उम्मेदवार विजयी भएकी छन्। १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक १८ जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्। तर, कोशीमै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला भने विजयी भएका छन्। उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन्। सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी भएका छन्। मधेस प्रदेशको दुई
फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा ‘लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८०’ संचालनमा आउने भएको छ । लहान स्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको आयोजनामा २०८० चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म लागातार चल्ने ‘लहान एक्स्पो २०८०’ महोत्सव हुन लागेको आयोजक पक्षले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जनकारी उपलब्ध गराउने विशेषताका साथ सञ्चालन हुने महोत्सवमा लगभग १५० स्
जीवछ उदासी लहान,माघ ११ गते ।मिर्चैया नगरपालिकाको ग्रामीण भेगका स्थानीयहरुलाई शहरी क्षेत्रसँग आवत जावत गर्न जिवा खोलामा पूल निर्माण भएपछि खुसी भएका छन् । स्थानीयहरुको अनुसार जिवा खोलामा पूल नहुँदा थप तीन किलोमिटर घुमेर मिर्चैया बजारको कामले र नगरपालिकाको कामले जानुपर्दथ्यो । वर्षातको समयमा रजैया सडक पुरै बन्द रहन्थ्यो । पूल निर्माण भएपछि तीन किलोमिटर बाटो छोटियो । ग्रामीण भेगबाट जाने पूर्व पश्चिम पूर्वमा चोहर्वा सिरहा खण्डका नरहा र विषणुपुर गाँउपालिका देखि बडहरामाल हुँदै कमालासम्म बीस किलोमिटर सडकमा मिर्चैया नगरपालिकाले जीवा खोलामा पूल निर्माण गरि दिएपछि एउटा समस्या टरेको स्थानीय हेम कुमार याद
काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले “बाइ वान गिफ्ट वान फ्री’’ अर्थात एक किन्दा एक उपहार इन्टरनेट योजना सार्बजनिक गरेको छ। नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्था भायानेटले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यो योजना सार्वजनिक गरेको हो । यस योजना अतर्गत भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना नजिकका प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्ने र बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यो योजनामा योग्य हुनको लागि भायानेटका ग
जीवछ उदासी माघ ५ गते । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री समेत हुनु भएको विमलेन्द्र निधिले वर्तमान गठबन्धको सरकार पुरा अबधि पाँच वर्षसम्म नै चल्ने बताउनु भएको छ । लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा पब्लिक क्याम्पस संघको मधेश प्रदेशको अधिवेशन उद्घाटन आउनु भएको नेता निधि अधिवेशनको उद्घाटन गर्न लहान आउनु भएको थियो । उद्य्घाटन कार्य सम्पन्न भएपछि बेलुका जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको सभा हलमा नेपाली काँग्रेसका अगुवा नेता कार्यकर्ताहरुले यो सरकारको भविष्य कहिलेसम्म रहेको प्रश्नको जवाफमा उहाँले यस्तो बताउनु भएको हो । २०८४ कोचुनाव र १५ औं महाधिवेशन
शिक्षण पेसा छाडेर वामपन्थी राजनीतिमा होमिएका रामरिझन यादव अहिले राजनीतिबाट पनि टाढिएका छन् । लामो समय पत्रकारिता अनि माओवादीमा सक्रिय राजनीति गरेका उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत भएका थिए । अहिले उनी बाबुरामको साथमा पनि छैनन् । सामाजिक अभियन्ताको रूपमा तराई मधेसमा सक्रिय रहेका यादव वर्तमान राजनीतिप्रति निकै असन्तुष्ट छन् । अहिलेका नेताहरूप्रति तिखो टिप्पणी गर्ने यादवसँग गरेको कुराकानीको सम्पादित अंश: तपाईं प्राध्यापक हुनुहुन्थ्यो, त्यो छाडेर राजनीतिमा आउनुभयो, पत्रकारिता पनि गर्नुभयो, प्रधानमन्त्रीको प्रेस सल्लाहकारसम्म बन्नुभयो, तर अहिले सबै कुरा छाड्नुभयो
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट हुँदा एक जना घाइते भएको छ। सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ। पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो। छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जा
जीवछ उदासी लहान माघ ४ गते । माघ २ गते लहान –१ नयाँ वसपार्कमा आयोजित सभामा मर्यादा विपरित दिएको अभिव्यक्त दुर्र्गा प्रसाइले नसच्चाए बैंक लघुवित्त र सहकारीको अत्याचार विरुद्धको रिन पीडित संघर्ष समिति सिरहाको सल्लाहकार समतिबाट राजीनमा दिइने जिल्ला उद्योग वाणिज्यसंघ लहान सिरहाका अध्यक्ष विकास शारडाले बताउनु भएको छ ।विहिबार वाणिज्य संघको सभा हल लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । संचारकर्मीहरुसँग पत्रकार सम्मेलनमा अध्यक्ष शारडाले भन्नुभयो,‘आफू व्यापारीहरु तथा व्यवसायीहरुको हकहितमा सदा समर्पित भएर काम गरिरहेको छु । हरेक निर्णय संघको अधिकारिक निर्णयबाट अघि बढ्न
मुकेश कुमार यादव सिरहा ४ माघ । सिरहाको मिर्चैया नगरपालिकाले नगरवासीलाई राहदानी लिनकोलागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ। नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेपछि नगरवासीलाई राहदानी लिनकै लागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । पालिकाबाटै राहदानी पाउन थालेपछी स्थानीयसेवाग्राहीहरु खुशी भएका छ्न् । नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेपछि स्थानीय सेवाग्राहीहरु खुशी भएका हुन् । मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले आज पहिलो दिन मिर्चैया नगरपालिका ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको स
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A